रौतहट प्रिमियर लिग असोज ११ देखि

  • विकेटनेपाल – ३१ भदौ, आइतवार

यही असोज ११ देखि २० सम्म रौतहटमा रौतहट प्रिमियर लिग ( आरपीएल ) आयोजना हुने भएको छ। ओमेगा स्कुल, कुमारीपाटि ललितपुरको आयोजनामा आयोजना हुने प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहनेछ।

आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईए अनुसार प्रतियोगिता रौतहटको गरुडामा सन्चाल हुनेछ। गरुडा स्थित श्री सुगर मिल खेल मैदानमा प्रतियोगिताका खेलहरु आयोजना हुनेछन्।

प्रतियोगिताको बिजेताले नगद ३ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्ने छन्। यस्तै उपविजेताले नगद १ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्नेछन्। प्रतियोगिताको क्वार्टरफाईनल पछिको खेलहरु जनता टेलिभिजनले प्रत्यक्ष प्रशारण समेत गर्ने सम्झौता कार्यक्रममा भएको छ।

ट्वान्टी-२० फर्म्याटमा आयोजना हुने प्रतियोगिताका १२ सहभागी टोलीलाई ४ समुहमा विभाजन गरिएको छ। सहभागी टोलीहरु ओमेगा कलेज, धनगढी क्रिकेट एकेडेमी र रौतहट-११ समुह ‘ए’ मा रहेका छन्। यस्तै समुह ‘बि’ तर्फ नेपाल पुलिस क्लब, महाकाली क्रिकेट क्लब र लायन्स युवा क्लब रहेका छन्। समुह ‘सी’ मा ओएसिस क्रिकेट एकेडेमी, नेपाल क्रिकेट स्कुल र मालपोखरी क्रिकेट क्लब रहेका छन्। यस्तै समुह ‘डी’ तर्फ ग्रेट हिमालय क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र गाडीमाई क्रिकेट क्लब रहेका छन्।

समुह चरणबाट प्रत्येक समुहका शिर्ष दुई टोलि अर्को चरणमा प्रवेश गर्नेछन्।

रौतहट प्रिमियर लिगको प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार तथा ट्रफी प्राप्त गर्ने समेत आयोजकले बताएको छ। यस्तै उत्कृस्ट खेलाडीले नगद २५ हजार सहित ट्रफी र प्रमाण पत्र हात पार्दा बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र नवउदयमान खेलाडीले समान १० हजार नगद सहित ट्रफी र प्रमाण पत्र हात पार्नेछन्।

प्रतियोगितामा दर्शकको मनोरञ्जनका लागि ग्राउण्ड कमेन्ट्रि र गित-संगीतको व्यवस्था समेत रहेको आयोजकले बताएको छ। रौतहटमा रहेका प्रतिभावान खेलाडीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खेलीसकेका खेलाडीहरुसगं खेल्ने मौका प्रदान गर्ने आरपिएलको मुख्य उदेश्य रहेको छ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]