शरद र रभीको शतकीय साझेदारी : भैरहवाले बनायो १४९

Ravi Inder Singh
  • विकेटनेपाल, मङ्सिर-२९ , शनिवार 

एभरेस्ट प्रिमियर लिग ( इपिएल टि-२० ) अन्तर्गत १२ औं खेलमा शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्स र रोहन मुस्तफा कप्तानीको काठमाडौँ किंग्स ११ प्रतिस्पर्धा गरिरहेका छन्।

यस अघिनै ३ वटा लगातार जित हात पार्दै भैरहवा प्ले-अफ चरण प्रवेश गर्ने पक्का भइसकेको छ भने ३ खेलमा २ जित र १ हार बेहोरेको काठमाडौँ पनि आज जितको साथ प्ले-अफ चरण पक्का गर्न चाहन्छ।

खेलमा टस हारेर ब्याटिंग गरेको भैरहवाले खराब सुरुवात गर्यो। ओपनर प्रदिप ऐरि खाता नखोली जितेन्द्र मुखियाको बलमा क्याच आउट हुँदा हरि शंकर शाहलाई पनि ४ रनमा केभिन ओ ब्रायनले क्याच आउट गराए। त्यसपछि रायन टेन डेस्काटेलाई १२ रनको स्कोरमा लेग स्पिनर प्रदिप साहुले एलबिडब्लु आउट गर्दा ८.४ ओभरमा भैरहवा ४०/३ को अवस्थामा पुग्यो।

Sharad Vesawkar & Ravi Inder Singh ( Photo – Bhairahawa Gladiators Facebook )

तेश्रो विकेट पछि भने शरद भेसावकर र रभी इन्दर सिंहले चौथो विकेटको लागि उत्कृस्ट साझेदारी गर्दै टिमलाई उकासे।

१० ओभरमा भैरहवाको योगफल ४६/३ बाट अन्तिम १० ओभरमा शरद र रभीले १०३ रनको साझेदारी गर्दै टिमको योगफल २० ओभरमा १४९/४ पुर्याए। दुवैले चौथो विकेटको लागि १०९ रन बनाए।

इनिंगको अन्तिम बलमा जितेन्द्र मुखियाको बलमा बोल्ड हुनु अघि शरद भेसावकरले ३९ रन बनाए जुन क्रममा ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

रभी इन्दर सिंह ८६ रन बनाएर अविजित रहे जुन क्रममा ६१ बलमा ४ छक्का र ६ चौका प्रहार गरे।

Ravi Inder Singh
Ravi Inder Singh

काठमाडौँको बलिङ्गमा जितेन्द्र मुखियाले २ विकेट ( ४-०-२५-२) लिए भने केभिन ओ ब्रायन ( ४-०-३८-१ )  र प्रदिप साहुले ( ४-०-२८-१ ) १/१ विकेट लिए। रोहन मुस्तफा ( ४-०-२२-० ) र बिक्रम भुसाल ( ४-०-३४-० ) विकेट विहिन रहे।

काठमाडौँ किंग्स ११ का नियमित कप्तान सोमपाल कामि एङ्कलको चोटको कारण पछिल्लो २ खेल देखि बाहिर छन् जसको स्थानमा युएईका कप्तान समेत रहेका रोहन मुस्तफा कप्तानी गरिरहेका छन्। सोमपाललाई ठिक हुन अरु २ दिन लाग्ने विकेटनेपाललाई जानकारी प्राप्त भएको छ।

रभी इन्दरको उत्कृस्ट लय 

प्रतियोगितामा उत्कृस्ट लयमा रहेका भारत पन्जाबका खेलाडी रभी इन्दर सिंहले यस अघि पोखरा राइनोजसंग प्रतियोगिताकै एकमात्र शतक बनाउने क्रममा १२५ रन बनाएका थिए। त्यस खेलमा उनले ६० बलमा १० छक्का र ८ चौका प्रहार गरेका थिए जसको मदतले भैरहवाले पोखराले दिएको २१६ रनको लक्ष्य पछ्याएको थियो।

Ravi Inder Singh
Ravi Inder Singh

रभी इन्दरले इपिएल अघि पोखरा प्रिमियर लिगमा पनि शरदकै टिम पोखरा पल्टनको लागि खेल्ने क्रममा फाइनल खेलमा चितवन राइनोज बिरुद्ध ९० रनको इनिंग खेलेका थिए। पिपिएलमा रबिले प्रतियोगिताकै सर्वाधिक रन बनाउने खेलाडी बन्ने क्रममा ६ इनिंगमा २६० रन बनाएका थिए।

 





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]