डी भिल्लीयर्सलाई अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन भारतीय मुख्य प्रशिक्षकको आग्रह

२०७७ आश्विन २७, मंगलवार १८:४३

भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक रभी शास्त्रीले पूर्व दक्षिण अफ्रिकी कप्तान एबि डी भिल्लीयर्सलाई सन्यास फिर्ता लिएर पुनः अन्तर्राष्ट्रिय क्रिकेटमा फिर्ता आउन आग्रह गरेका छन्।

सोमबार राति रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्स बिरुद्ध जित दर्ता गर्ने क्रममा डी भिल्लीयर्सले उत्कृस्ट ब्याटिंग गर्दै ७३ रन बनाएका थिए। मात्र ३३ बलमा उनले ४ चौका र ६ छक्का प्रहार गरेका थिए जसपछि बैंगलोरले १९४/२ को योगफल खडा गर्दै शारजाह मैदानमा अन्ततः ८२ रनको सहज जित दर्ता गरेको थियो।

डी भिल्लीयर्सको ब्याटिंग देखेपछि शास्त्रीले ट्वीटरमार्फत उनलाई पुनः अन्तर्राष्ट्रिय क्रिकेटमा फिर्ता आउन आग्रह गर्दै लेखेका छन् –

“हिजो राति जे देखियो त्यो अपत्यारिलो थियो। बिहान उठेपछि पनि भावना त्यही छ। एबि डी भिल्लीयर्सले अन्तर्राष्ट्रिय क्रिकेट फेरी खेल्नुपर्छ। तपाईको आगमनले खेल फेरी उत्कृस्ट हुनेछ।” शास्त्रीले लेखेका छन्।

कोलकाता बिरुद्ध खेलेका थिए अद्भुत इनिंग 

कोलकाता बिरुद्ध ३३ बलमा ७३ रनको इनिंग पछि बैंगलोर कप्तान बिराट कोहलीले डी भिल्लीयर्सलाई ‘सुपर म्यान’ भनेका थिए। किनकि शारजाह मैदानमा ब्याटिंग गर्न अन्य सबै ब्याट्सम्यानहरुलाई निकै असहज भइरहेको थियो। कोहलीले खेलमा २८ बलमा १ चौका प्रहार गर्दै ३३ रन मात्र बनाउन सकेका थिए। सुस्त रहेको पिचमा ब्याट्सम्यानले संघर्ष गर्दा डी भिल्लीयर्सको इनिंग अद्भुत थियो। २२१.२१ को स्ट्राइक रेटले मुस्किल विकेटमा ब्याटिंग गरेपछि कोहलीले साथी खेलाडीको तारिफ गर्दै उत्कृस्ट शब्दहरु खर्चिएका थिए –

“एउटा ‘सुपर म्यान’ लाई छोडेर, पिचमा सबैले संघर्ष गरे। त्यस्तो पिचमा एबिले मात्र त्यस्तो गर्न सक्छन्। यो विशेष इनिंग थियो। हामीले १९५ रन बनाउन सक्यौं त्यसको पछाडी विशुद्धरुपमा विशिष्ट व्यक्तिको हात थियो।” कोहलीले बताएका थिए।

डी भिल्लीयर्सले जारि सिजन तेश्रो अर्धशतक बनाउने क्रममा मुस्किल पिचमा आक्रामक ब्याटिंग गरे

इनिंग पछि डी भिल्लीयर्सले विकेट मुस्किल भएको स्वीकार्दै टिमलाई योगदान दिन पाएकोमा खुसि व्यक्त गरेका थिए “म आफ्नो प्रदर्शनले खुसि छु। पछिल्लो खेलमा डक भएको थिए जुन अफ्टेरो थियो। विकेट मुस्किल थियो तर मलाई लाग्यो १४५-५० पक्कै पर्याप्त थिएन। त्यसैले मैले थप प्रयास गरे, म पनि १९५ सम्म पुग्दा चकित थिए।उनीहरुको बलिंग आक्रमण निकै राम्रो थियो त्यसैले उनीहरुको सानो गल्तिको पनि मैले भरपुर प्रयोग गरे।”

२०१८ मा लिएका थिए डी भिल्लीयर्सले सन्यास 

डी भिल्लीयर्सले २०१८ मे मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए। उनले दक्षिण अफ्रीकाको लागि ११४ टेस्ट, २२८ वानडे र ७७ टि-२० अन्तर्राष्ट्रिय खेलेका छन्। त्यस क्रममा उनले टेस्टमा ५०.६६ को औशतले ८,७६५ रन, वानडेमा ५३.५ को औशतले ९,५७७ रन तथा टि-२० मा २६.१२ को औशतले १,६७२ र बनाएका थिए। उनले टेस्टमा २२, वानडेमा २५ वटा शतक बनाएका थिए।

आईपीएल करियरमा डी भिल्लीयर्सले १६१ खेलमा ४,६२३ रन बनाएका छन् जुन क्रममा ३ शतक र ३६ अर्धशतक प्रहार गरेका छन्। यस क्रममा उनले १५२.६२ को उत्कृस्ट स्ट्राइक रेट र ४०.५५ को औशतमा रन बनाएका हुन्। उनि लिग इतिहासकै छैठौं सर्वाधिक रन कर्ता हुन् भने क्रिस गेल ( ३२६ ) पछि दोश्रो सर्वाधिक छक्का ( २२५ ) हान्ने खेलाडी हुन्।

जारि सिजन डी भिल्लीयर्सले ७ खेलमा ५७ को औशत र १८५.३६ को स्ट्राइक रेटले २२८ रन बनाएका छन् जुन क्रममा ३ अर्धशतक बनाएका छन्।

कोहलीले डी भिल्लीयर्सलाई यस कारण माने “सुपर म्यान”

निको भए गेल, बैंगलोर बिरुद्ध गेल खेल्ने सम्भावना प्रवल, कसलाई गर्लान् प्रतिस्थापन

IPL : फर्म खोजिरहेको चेन्नाईलाई हराउदै हैदरावादलाई शिर्ष-४ पुग्ने अवसर

IPL : बैंगलोर बिरुद्ध कोलकाताले सुनिल नारायणलाई किन खेलाएन

कोलकाता बिरुद्ध विशाल जित दर्ता गर्दै बैंगलोर तेश्रो स्थानमा उक्लियो

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy