‘आईसीसी अरु सरप्राइज छ भने लाज नमानी बाहिर ल्याउनु’ – सिकन्दर राजा

२०७६ श्रावण २२, बुधबार २१:२७

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले ( आईसीसी) जिम्बाबेको पुरुष र महिला दुवै टिमलाई टि-२० विश्वकप छनौटमा सहभागिता जनाउन नदिने निर्णय गरेपछि जिम्बाब्वे क्रिकेटर सिकन्दर राजाले भडास पोखेका छन्।

आईसीसीले जिम्बाब्वे क्रिकेटलाई निलम्बन गरेपछि राजा लगातार आईसीसीको निर्णय बिरुद्ध बोलिरहेका छन्। आईसीसीको निर्णय मंगलबार सार्वजानिक भएपछि राजाले ट्वीटरमा आईसीसीलाई व्यंग्य गर्दै निराशाजनक ट्वीट गरेका छन् –

“आईसीसीको यो निर्णयले अवाक बनाएको छ। आईसीसी यदी अरु पनि सरप्राइजहरु छ भने कृपया लाज मान्नु पर्दैन, सबै बाहिर ल्याउनु, किनकि त्यसो भए हामी बेरोजगार जीवनको योजना अझ राम्रो बनाउन सक्छौ” ट्वीटको अन्तिममा उनले आफ्नो परिचय बेरोजगार, निराश र अवसरविहिन क्रिकेटरको रुपमा दिएका छन्।


आईसीसीले जिम्बाब्वेको सट्टा अफ्रीकाकै टिम नाइजेरिया जो अफ्रीका छनौटमा तेश्रो भएको थियो उसलाई अक्टोबरमा युएईमा आयोजना हुने टि-२० विश्वकप छनौट खेल्ने मौका दिएको छ। यस्तै महिलातर्फ नामिबियालाई उक्त मौका दिएको छ।

Sikandar Raza ( Getty Images)

आईसीसीले जिम्बाब्वेलाई बोर्डमा सरकारी हस्तक्षेप भएको आरोपमा यसै महिना निलम्बन गरेको थियो।  निलम्बन पछि पनि जिम्बाब्वेको लागि १२ टेस्ट, ९७ एकदिवसीय र ३२ टि-२० अन्तर्राष्ट्रिय खेलेका राजाले भावुक हुँदै ट्वीटरमा पोस्ट गरेका थिए-

“कसरि एउटा निर्णयले एउटा टिमलाई अपरिचित बनाएको छ, कसरि एउटा निर्णयले धेरैलाई वेरोजगार बनाएको छ, कसरि एउटा निर्णयले यति धेरै परिवारलाई असर गरेको छ, कसरि एउटा निर्णयले धेरैको करियर बर्बाद गरेको छ, पक्कै पनि यसरी मैले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटलाई विदा गर्न चाहेको थिईन”

“हामि अझै सदमामा छौ यो देखेर कि हाम्रो अन्तर्राष्ट्रिय करियर यसरी अन्त्य हुनेछ भनेर। एउटा खेलाडीको लागि मात्रै हैन, पुरा देशको लागि।”


“मलाई थाहा छैन अबको बाटो के हो। हामीलाई बताईएको छ कि निलम्बन गरिएको छ तर कहिलेसम्म बताईएको छैन।  २ वर्षको निलम्बनले धेरैको करियर बर्बाद हुनेछ। मलाई परिस्थिति थाहा छैन तर हामीलाई क्रिकेट खेल्न पूर्णत निलम्बन गर्नु कसरि सम्भव हुन सक्छ। मलाई थाहा छैन कसरि कसैले यो गर्न सक्छ जुन हामिसंग घटेको छ”

“अब म यहाँबाट कहाँ जाऊँ ? निस्कने बाटो छ ?” राजाले त्यतिबेला बताएका थिए।

जिम्बाबेलाई सन् १९९२ मा आईसीसीले टेस्ट मान्यता प्रदान गरेको थियो। सन् १९८७ देखि २०१५ सम्म लगातार एकदिवसीय विश्वकप खेल्न छनौट भएको जिम्बाबे २०१९ विश्वकप खेल्न भने छनौट हुन असफल भएको थियो। सन् १९९९ र २००६ को विश्वकपमा त जिम्बाबे उत्कृस्ट-६ भित्र पर्न सफल भएको थियो। यस्तै सन् २००७ देखि २०१६ को टि-२० विश्वकप समेत जिम्बाबे खेलीसकेको छ ( २००९ मा नाम फिर्ता लिएको )।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy