‘आईसीसी अरु सरप्राइज छ भने लाज नमानी बाहिर ल्याउनु’ – सिकन्दर राजा

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले ( आईसीसी) जिम्बाबेको पुरुष र महिला दुवै टिमलाई टि-२० विश्वकप छनौटमा सहभागिता जनाउन नदिने निर्णय गरेपछि जिम्बाब्वे क्रिकेटर सिकन्दर राजाले भडास पोखेका छन्।

आईसीसीले जिम्बाब्वे क्रिकेटलाई निलम्बन गरेपछि राजा लगातार आईसीसीको निर्णय बिरुद्ध बोलिरहेका छन्। आईसीसीको निर्णय मंगलबार सार्वजानिक भएपछि राजाले ट्वीटरमा आईसीसीलाई व्यंग्य गर्दै निराशाजनक ट्वीट गरेका छन् –

“आईसीसीको यो निर्णयले अवाक बनाएको छ। आईसीसी यदी अरु पनि सरप्राइजहरु छ भने कृपया लाज मान्नु पर्दैन, सबै बाहिर ल्याउनु, किनकि त्यसो भए हामी बेरोजगार जीवनको योजना अझ राम्रो बनाउन सक्छौ” ट्वीटको अन्तिममा उनले आफ्नो परिचय बेरोजगार, निराश र अवसरविहिन क्रिकेटरको रुपमा दिएका छन्।


आईसीसीले जिम्बाब्वेको सट्टा अफ्रीकाकै टिम नाइजेरिया जो अफ्रीका छनौटमा तेश्रो भएको थियो उसलाई अक्टोबरमा युएईमा आयोजना हुने टि-२० विश्वकप छनौट खेल्ने मौका दिएको छ। यस्तै महिलातर्फ नामिबियालाई उक्त मौका दिएको छ।

Sikandar Raza ( Getty Images)

आईसीसीले जिम्बाब्वेलाई बोर्डमा सरकारी हस्तक्षेप भएको आरोपमा यसै महिना निलम्बन गरेको थियो।  निलम्बन पछि पनि जिम्बाब्वेको लागि १२ टेस्ट, ९७ एकदिवसीय र ३२ टि-२० अन्तर्राष्ट्रिय खेलेका राजाले भावुक हुँदै ट्वीटरमा पोस्ट गरेका थिए-

“कसरि एउटा निर्णयले एउटा टिमलाई अपरिचित बनाएको छ, कसरि एउटा निर्णयले धेरैलाई वेरोजगार बनाएको छ, कसरि एउटा निर्णयले यति धेरै परिवारलाई असर गरेको छ, कसरि एउटा निर्णयले धेरैको करियर बर्बाद गरेको छ, पक्कै पनि यसरी मैले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटलाई विदा गर्न चाहेको थिईन”

“हामि अझै सदमामा छौ यो देखेर कि हाम्रो अन्तर्राष्ट्रिय करियर यसरी अन्त्य हुनेछ भनेर। एउटा खेलाडीको लागि मात्रै हैन, पुरा देशको लागि।”


“मलाई थाहा छैन अबको बाटो के हो। हामीलाई बताईएको छ कि निलम्बन गरिएको छ तर कहिलेसम्म बताईएको छैन।  २ वर्षको निलम्बनले धेरैको करियर बर्बाद हुनेछ। मलाई परिस्थिति थाहा छैन तर हामीलाई क्रिकेट खेल्न पूर्णत निलम्बन गर्नु कसरि सम्भव हुन सक्छ। मलाई थाहा छैन कसरि कसैले यो गर्न सक्छ जुन हामिसंग घटेको छ”

“अब म यहाँबाट कहाँ जाऊँ ? निस्कने बाटो छ ?” राजाले त्यतिबेला बताएका थिए।

जिम्बाबेलाई सन् १९९२ मा आईसीसीले टेस्ट मान्यता प्रदान गरेको थियो। सन् १९८७ देखि २०१५ सम्म लगातार एकदिवसीय विश्वकप खेल्न छनौट भएको जिम्बाबे २०१९ विश्वकप खेल्न भने छनौट हुन असफल भएको थियो। सन् १९९९ र २००६ को विश्वकपमा त जिम्बाबे उत्कृस्ट-६ भित्र पर्न सफल भएको थियो। यस्तै सन् २००७ देखि २०१६ को टि-२० विश्वकप समेत जिम्बाबे खेलीसकेको छ ( २००९ मा नाम फिर्ता लिएको )।

 





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]