रोयल च्यालेन्जर्स बैंगलोरका दुई स्टार अस्ट्रेलियन खेलाडी एडम जाम्पा र केन रिचार्डसनले भारतमा जारि १४ औं इन्डीयन प्रिमियर लिग ( आईपीएल ) छोडेर अस्ट्रेलिया फर्कने निर्णय लिएका छन्। बैंगलोरले जारि लिगमा चेन्नाईसंग ठुलो हार बेहोरेपछि उक्त निर्णय सार्वजनिक भएको हो।
केन रिचर्डसनले लिगमा हालसम्म राजस्थान रोयल्ससंग एउटा मात्र खेल खेलेका थिए जुन खेलमा २९ रन खर्चेर १ विकेट लिएका थिए। एडम जाम्पाले हालसम्म मौका पाएका छैनन्।
रोयल च्यालेन्जर्स बैंगलोरले अधिकारिक घोषणा गर्दै ट्वीटरमा लेखेको छ- “एडम जाम्पा र केन रिचर्डसन व्यक्तिगत कारणले अस्ट्रेलिया फर्कदैछन् जसले गर्दा आईपीएल २०२१ मा अब उपलब्ध हुनेछैनन्। रोयल च्यालेन्जर्स बैंगलोर टिम म्यानेजमेन्ट उनीहरुको निर्णयको सम्मान गर्दै उनीहरुलाई पूर्ण समर्थन गर्नेछ।”
Official Announcment:
Adam Zampa & Kane Richardson are returning to Australia for personal reasons and will be unavailable for the remainder of #IPL2021. Royal Challengers Bangalore management respects their decision and offers them complete support.#PlayBold #WeAreChallengers pic.twitter.com/NfzIOW5Pwl
— Royal Challengers Bangalore (@RCBTweets) April 26, 2021
आजै राति दिल्ली क्यापिटल्सका अफस्पिनर रभीचन्द्रन आश्विनले कोभीड-१९ बिरुद्ध लड्न परिवारलाई साथ दिने भन्दै यो सिजन आईपीएल बाट ब्रेक लिएको घोषणा गरेका थिए। राजस्थान रोयल्सका बलिंग प्रशिक्षक एन्ड्रु टाईले समेत प्रतियोगिता छोड्दै आइतबार अस्ट्रेलिया फर्कीसकेका छन्। यस्तै राजस्थान रोयल्सका इंगलिस क्रिकेटर लियाम लिभिंगस्टोन पनि बायो बबालको थकानको कारण गत हफ्ता घर फर्कीसकेका छन्।
जाम्पा र रिचर्डसन घर फर्कनुको कारण व्यक्तिगत बताईएता पनि लिगको दौरान बायोबबलमा बस्न अफ्टेरो हुनाले खेलाडीहरुले उक्त निर्णय लिएको अनुमान गरिएको छ।
कोलकाता नाइट राइडर्सका सहायक प्रशिक्षक डेभिड हस्सीले भर्खरै एक अन्तर्वार्तामा अस्ट्रेलियन खेलाडीहरु अस्ट्रेलिया फिर्ता जान पाउने छन् या छैनन् भन्ने कुरामा अतालीएको बताएका थिए।
जाम्पा र रिचर्डसन घर फर्कने भएपछि बैंगलोरसंग अब ६ जना मात्र विदेशी खेलाडीहरु रहेका छन्। फिन एलेन, ड्यान क्रिस्चियन, एबि डी भिल्लीयर्स, ग्लेन म्याक्सवेल, कायल जेमिसन र ड्यानियल स्याम्स अब बैंगलोरसंग बाँकी छन्।
यो पनि पढ्नुस
https://wicketnepal.com/ashwin-achanak-liye-ipl-bata-break-wn21/
https://wicketnepal.com/dhoni-ko-sujhaw-jasle-jadeja-37/
https://wicketnepal.com/ipl-m20-srh-vs-dc-report-wn21/
https://wicketnepal.com/kushal-bhanai-after-final-wn21/
