रसेल र रानाको विस्फोटक इनिंगले जिताएन कोलकातालाई, कोहलीको शतकमा बैंगलोरको दोश्रो जित

  • विकेटनेपाल, बैशाख ७ 

इन्डियन प्रिमियर लिग अन्तर्गत ३५ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ।

९ खेल खेल्दा दोश्रो जित हात पारेको बैंगलोर अंकतालिकाको आठौँ स्थानमा रहेको छ। ८ खेलमा २ जित र ६ हार बेहोरेको राजस्थान नेट-रन रेटमा बैंगलोर भन्दा माथि रहँदै सातौँ स्थानमा छ। कोलकाता भने ९ खेलमा ४ जित र ५ हार सहित छैटौं स्थानमा रहेको छ ।

कोलकाताको घरेलु मैदान इडन गार्डेन्समा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै बैंगलोरले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताको माथिल्लो क्रमले खराब सुरुवात गर्यो .क्रिस लिन १ रन, सुनिल नारायण १८ रन, शुबमन गिल र रोबिन उथप्पा समान ९ रन बनाएर आउट भए।

११.५ ओभरमा ७९/४ को अवस्थाबाट नितिश राना र आन्द्रे रसेलले विस्फोटक ब्याटिंग गर्दै कोलकातालाई जिततर्फ लैजाने प्रयास गरे।

Nitish Rana

रसेल र रानाको अपत्यारिलो ब्याटिंग 

१४ ओभरमा कोलकाताको योगफल १०१/४ थियो र जितको लागि ६ ओभरमा ११३ र आवस्यक थियो। प्रति ओभर जितको लागि १८.८३ रन आवस्यक थियो जुन असम्भव जस्तो थियो। तर रसेल र रानाले लगातार आक्रामक ब्याटिंग गर्दा कोलकाता जित्ने जस्तो स्थिति पनि देखियो।

युज्भेंद्र चाहलले गरेको १५ औं ओभरमा रसेलले लगातार ३ छक्का प्रहार गरे भने नभदिप सैनीको १६ औं ओभरमा नितिश रानाले २ छक्का र १ चौका प्रहार गरे। १७ औं ओभरमा मोहम्मद सिराजलाई रसेलले १ छक्का र १ चौका प्रहार गरे।

अन्तिम ३ ओभरमा कोलकातालाई जित्न ६१ रन आवस्यक रह्यो। डेल स्टेनले गरेको १८ औं ओभरमा नितिश रानाले २ छक्का र १ चौका प्रहार गरे।

१९ औं ओभरमा रसेलले मार्कस स्टोइनिसलाई लगातार ३ छक्का प्रहार गरेपछि अन्तिम ओभरमा २४ रन जित्न आवस्यक रह्यो।

बैंगलोरको हारको खतारा बढीरहंदा अन्तिम ओभर बलिंग गर्न मोइन अलि आए।

Andre Russel

अलिले अन्तिम ओभरको पहिलो बल डट गरे भने दोश्रो बलमा १ रन लिंदै रसेललाई स्ट्राइक दिए। तेश्रो बलमा रसेल ले छक्का प्रहार गरे भने चौथो बलमा रन बनाउन सकेनन्। पाँचौ बलमा रसेल रन आउट हुन पुगे जसपछि नितिश रानाले अन्तिम बलमा छक्का प्रहार गरे पनि कोलकाता १० रनले पराजित हुन पुग्यो।

नितिशले अविजित ८५ रन बनाए जुन क्रममा ४६ बलमा ९ चौका र ५ छक्का प्रहार गरे। रसेलले २५ बलमा ६५ रन बनाउने क्रममा ९ छक्का र २ चौका प्रहार गरे।

२० ओभरमा कोलकाताले ५ विकेट गुमाएर २०३ रन बनाउन सक्यो।

बैंगलोरको लागि डेल स्टेनले २ विकेट ( ४-०-४०-२ ) तथा नभदिप सैनी र मार्कन स्टोइनिसले १/१ विकेट लिए।

कोहलीको शतक 

टस हारेर ब्याटिंग गर्ने क्रममा बैंगलोरको सुरुवात राम्रो हुन सकेको थिएन। पार्थिब पटेल ११ र अक्षदिप सिंह १३ रन बनाएर आउट भए। तेश्रो विकेटको लागि कप्तान बिराट कोहली र मोइन ९० रनको सहेदारी गर्दै बैंगलोरको इनिंग उकासे। विस्फोटक ब्याटिंग गरेका अलिले ६ छक्का र ५ चौका मदतले २८ बलमा ६६ रन बनाए।

चौथो विकेटको लागि कोहली र मार्कस स्टोइनिशले ६४ रनको साझेदारी गर्दै टिमको योगफल २०० पार गराए।

कोहली इनिंगको अन्तिम बलमा आउट भए जस अघि आईपीएल करियरमा पाँचौ शतक प्रहार गरे। १०० रन बनाउने क्रममा कोहलीले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गरे। स्टोइनिसले १७ रन ( ८ बलमा २ चौका र १ छक्का ) प्रहार गरे।

बैंगलोरले अन्तिम ५ ओभरमा मात्रै ९३ रन बनायो।

कोलकाताको बलिङ्गमा ह्यारी गुर्ने ( ४-०-४२-१ ) , सुनिल नारायण ( ४-०-३२-१ ) , आन्द्रे रसेल ( ३-०-१७-१ ) र कुलदिप यादब ( ४-०-५९-१ ) ले १/१ विकेट लिए।

कोहलीले आईपीएलमा आज सहित कुल ५ शतक प्रहार गरेका छन्। ४ वटा शतक उनले सन् २०१६ आईपीएलमा प्रहार गरेका थिए।

आईपीएल इतिहासमा हालसम्म ५७ वटा शतक प्रहार भएका छन् जसमध्ये किर्स गेलले सर्वाधिक ६ पटक शतक बनाएका छन्। ५ शतक सहित कोहली दोश्रो नम्बरमा छन् भने डेभिड वार्नर र शेन वाटसन ४ शतक सहित तेश्रो स्थानमा छन्। एबि डी भिल्लीयर्सले ३ शतक बनाएका छन्।

यस अघि कोहलीको आईपीएलमा शतक

१०० रन* ( ६३ बल, ११ चौका र १ छक्का ) – बिरुद्ध गुजरात लायन्स ( २०१६ आईपीएल )
१०८ रन* ( ५८ बल , ८ चौका र ७ छक्का ) – बिरुद्ध राइजिङ्ग पुने सुपर जायन्ट ( २०१६ आईपीएल )
१०९ रन ( ५५ बल, ५ चौका र ८ छक्का ) – बिरुद्ध गुजरात लायन्स ( २०१६ आईपीएल )
११३ रन ( ५० बलमा १२ चौका र ८ छक्का ) – बिरुद्ध किंग्स-११ पन्जाब ( सन् २०१६ आईपीएल )





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]