रोमान्चक खेलमा बेंगलोरद्वारा पन्जाब पराजित

  • विकेटनेपाल, बैसाख १ – शनिबार

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराती भएको खेलमा रोयल च्यालेंजर्स बेंगलोरले किंग्स ईलाभेन पन्जाबलाई रोमान्चक रुपले अन्तिम ओभरमा ४ विकेटले पराजित गर्यो । प्रतियोगिता अन्तर्गत यो दोश्रो खेलमा बेंगलोरको पहिलो जित हो भने समान खेलमा पन्जाबको पहिलो हार हो ।

पन्जाबले दिएको १५६ रनको लक्ष्य पछ्याएको बेंगलोरले ३ बल अगावै ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । खराब सुरुवात गरेको उसका ब्रेन्डन म्याकलम अक्सर पटेलको इनिंगको दोश्रो बलमा गोल्डेन डक आउट भए भने कप्तान कोहली पनि मात्र २१ रन बनाउंदै पेभेलियन फर्किए । त्यसपछि ए बि डी भिल्लियर्सले क्विन्टन डी कक् सँग मिलेर तेस्रो विकेटको लागि ५४ रनको साझेदारी गरेका थिए ।

डी कक् ले ७ चौका र १ छक्का सहित ३४ बलमा ४५ रनको पारि खेल्दै ८७ रनको टिम स्कोरमा आउट भएपछी अर्को बलमा सरफराज खान गोल्डेन डक भएका थिए । दुवैलाई कप्तान रबिचंद्रन आश्विनले आउट गरेका थिए । त्यसपछि मन्दिप सिंहले २२ रन बनाउंदै डी भिल्लियर्ससँग ५९ रनको साझेदारी गरेका थिए ।

जितको लागि १२ बलमा १० रन आबश्यक रहेका बेला डी भिल्लियर्स तथा ६ रन आबश्यक रहेका बेला मन्दीप सिंह आउट भएका थिए । अन्तिम ओभरमा जितको लागि ५ रन चाहिएको बेला वासिंगटन सुन्दरले पहिलो बलमा नै चौका हान्दै स्कोर बराबरी गरेका थिए भने तेस्रो बलमा अर्को चौका हान्दै जित दिलाएका थिए ।

Muzeeb celebrates as he takes wicket of Virat Kohli.

पन्जाबका आश्विनले २ विकेट लिन ३० रन खर्चिदा अक्सर पटेल र एन्ड्रीउ टाईले १/१ विकेट लिए भने मुजीब उर् रहमानले पनि विराट कोहलीलाई बोल्ड आउट गरेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको पन्जाबले १९.२ ओभरमा सबै विकेट गुमाउंदै १५५ रन बनाएको थियो । उत्कृस्ट सुरुवात गरेको उसले त्यसको फाइदा उठाउन सकेन । पहिलो विकेटको लागि मात्र ३.१ ओभरमा ३२ रनको साझेदारी पछी उसले मयंक अग्रवाललाई १५ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो ।

उमेश यादवले उत्कृस्ट बलिंग गरेपछि आउट भएका मयंकपछी लगातार दोश्रो विकेट लिनेक्रममा एरोन फिंचलाई गोल्डेन डकको सिकार गरे भने ओभरकै अन्तिम ओभरमा युवराज सिंहलाई आउट गर्दै यादवले ओभरमा ३ विकेट हात पारेका थिए । त्यसपछि पन्जाब ३६/३ को अवस्थामा पुगेको थियो ।

चौथो विकेटको लागि लोकेश राहुल र करुण नायरले ५८ रनको साझेदारी गरेका थिए । राहुलले ४७ रन बनाउनेक्रममा ३० बलमा २ चौका र ४ छक्का प्रहार गरेका थिए भने नायरले २६ बलमा २९ रन बनाएका थिए । लगातार अन्तरालमा विकेट गुमाएको पन्जाबका लागि अन्त्यतिर कप्तान आश्विनले ३ चौका र १ छक्का सहित २१ बलमा ३३ रन प्रहार गरेका थिए ।

बेंगलोरका लागि उमेश यादवले ३ विकेट लिन २३ रन खर्चिदा क्रिस वोक्स, वाशिंगटन सुन्दर र कल्वंत खेज्रोलियाले २/२ विकेट लिए भने युज्बेन्द्र चाहलको नाममा पनि १ विकेट रह्यो । उमेश यादव म्यान अफ द म्याच चुनिए ।

 





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]