चेन्नाई बिरुद्ध बैंगलोरले हरियो जर्सी लगाएर खेल्ने, जान्नुस कारण

बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोरले आइतबार खेलिने चेन्नाई सुपर किंग्स बिरुद्धको खेलमा हरियो जर्सी लगाएर खेल्ने भएको छ। ‘गो ग्रिन’ को नाराको साथ बैंगलोर चेन्नाई बिरुद्ध उत्रन लागेको हो। खेलको क्रममा सबै खेलाडी तथा सहायक स्टाफहरुले खेलमा हरियो जर्सी लगाउने छन्।

“२५ अक्टोबरमा हामि चेन्नाई बिरुद्ध हरियो जर्सी लगाएर खेल्ने छौँ।” एबि डी भिल्लीयर्सले बैंगलोरद्वारा जारि गरिएको भिडियोमा बताएका छन्। हरियो जर्सी लगाउनुको उदेश्य पृथ्वीलाई सफा, स्वच्छ र हराभरा बनाउनु पर्छ भन्ने संदेश प्रवाहित गर्नु हो।

बैंगलोरका खेलाडीहरुले ‘गो ग्रिन’ अभियानमा साथ दिंदै स्वच्छ र हराभरा वातावरण बनाउनको लागि रुख बिरुवाको संरक्षण गर्ने सबैलाई आग्रह गर्नेछन्। यस अघि पनि बैंगलोरले यही अभियान अन्तर्गत हरियो जर्सी लगाउदै आएको छ जसलाई निरन्तरता दिन लागेको हो।

बैंगलोरले लगाउने हरियो जर्सी विशेष रुपमा फालिएको प्लास्टिकलाई पुनर्प्रयोग गरेर तयार गरिएको हो। सन् २०११ देखि बैंगलोरले यो अभियान सुरुवात गरेको थियो। यस अघि टिमले आफ्नो फ्यानहरुलाई इन्धन जोगाउन बसमा यात्रा गर्न समेत आग्रह गरेको थियो। यस्तै यही अभियान अनुरुप २०१६ मा बैंगलोरका खेलाडीहरुले साइकलमा स्टेडियम जाँदै तथा फ्यानहरुलाई रिक्सामा यात्रा गरेर स्टेडियम पुर्याएको थियो।

“प्रयोग नभएको बेला बत्ति र धारा बन्द गर्नु होला। हामीले पानि खेर जानबाट जोगाउदै प्लास्टिकको प्रयोग पनि कम गर्नुपर्छ। हामिले जहाँ पुगे पनि प्लास्टिकको बोतल टिप्नुपर्छ। यस्तो सानो कामहरुले गर्दा हाम्रो वातावरणलाई ठूलो सहयोग हुन्छ।” डी भिल्लीयर्सले बताएका छन्।

आईपीएल १३ अन्तर्गत बैंगलोर अंकतालिकामा १० खेलमा १४ अंक सहित तेश्रो स्थानमा रहेको छ। चेन्नाई बिरुद्ध आइतबारको जितले टिमको प्लेअफ सम्भावना पक्का गर्नेछ।

IPL : प्ले-अफ पुग्न कुन टिमले के गर्नुपर्छ, हेर्नुस समीकरण

धवनले बताए रिकी पोन्टिङसंग भएको संवादले कसरि उनलाई सहयोग गर्यो

आफ्नै रेकर्ड तोड्दै इमरान ताहिरले स्याम करनसंग बनाए साझेदारीको नयाँ रेकर्ड

आईसीसीले राख्यो नेपालको क्रिकेट खेल्दै गरेको मनमोहक तस्विर

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy