आरसीबी फ्यान क्लब नेपालद्वारा नेपाली क्रिकेटर आसिफ शेखलाई हस्ताक्षरित आरसीबी जर्सी प्रदान

काठमाडौं, श्रावण २२:

आरसीबी फ्यान क्लब नेपाल, इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको लोकप्रिय टोली रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) को नेपालस्थित आधिकारिक मान्यता प्राप्त फ्यान क्लब हो।

विगत एक वर्षदेखि क्लबले नेपाली आरसीबी समर्थकहरूलाई एकजुट गर्ने उद्देश्यका साथ फोटो तथा भिडियो प्रतियोगिता, इन्डोर क्रिकेट प्रतियोगिता, लाइभ स्क्रिनिङ, क्विज सेसन जस्ता विविध अनलाइन तथा अफलाइन गतिविधिहरू गर्नुका साथसाथै विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ। साथै क्लबको उल्लेखनीय कार्यको चर्चा स्टार स्पोर्ट्स जस्ता प्रमुख अन्तर्राष्ट्रिय मिडिया च्यानलमा समेत भइसकेको छ।

यसै क्रममा श्रावण २२ गते आरसीबी फ्यान क्लब नेपालले नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान आसिफ शेखसँग विशेष अन्तर्वार्ता सम्पन्न गरेको छ। उक्त अन्तर्वार्तामा आसिफ शेखले आफ्नो क्रिकेट यात्रा, नेपाली क्रिकेटको उन्नति, विराट कोहलीप्रतिको सम्मान तथा आरसीबीप्रतिको लगावका विषयमा खुलस्त र आत्मीय ढङ्गले कुरा राखेका थिए।

आसिफ शेख स्वयं एक समर्पित आरसीबी समर्थक हुन्। अन्तर्वार्ता पश्चात् आरसीबी फ्यान क्लब नेपालले उनलाई विराट कोहलीसहित आरसीबीका सम्पूर्ण खेलाडी (Class of 2025) द्वारा हस्ताक्षर गरिएको आरसीबी जर्सी प्रदान गरेको छ। आरसीबी फ्रेन्चाइजबाट नै पठाइएको सो जर्सी क्लबले कृतज्ञता र प्रशंसा स्वरूप टोकन अफ अप्रिसिएसनका रूपमा हस्तान्तरण गरेको हो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy