IPL : पन्जाबलाई पराजित गर्दै बैंगलोर प्लेअफ पुग्ने तेश्रो टिम, म्याक्सवेल र चाहल उत्कृस्ट

२०७८ आश्विन १७, आईतवार २०:४८

पन्जाब किंग्सलाई ६ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोर इन्डीएन प्रिमियर लिग ( आईपीएलको ) प्लेअफ प्रवेश गर्न सफल भएको छ। यस अघि चेन्नाई र दिल्ली क्यापिटल्सले प्लेअफमा स्थान पक्का गरिसकेको छ।

युएईको शारजाह क्रिकेट स्टेडियममा सम्पन्न बैंगलोरले दिएको १६५ रन लक्ष्य पछ्याउने क्रममा पन्जाबले पुरै २० ओभर ब्याटिंग गरेता पनि ६ विकेट क्षेतीमा १५८ रन मात्र बनाउन सक्यो। उसको लागि मायाँक अग्रवालले सर्वाधिक ५७, कप्तान केएल राहुलले ३९, एडेन मारक्रमले २०, शाहरुख खानले १६ तथा मोइसेस हेनरिक्सले अविजित १२ रन बनाए पनि जित्न पर्याप्त रहेन।

लक्ष्य पछ्याउने क्रममा उत्कृस्ट सुरुवात गरेको पन्जाबको लागि कप्तान केएल राहुल र मायाँक अग्रवालले ९१ रनको ओपनिंग साझेदारी गरेका थिए। ११ औं ओभरमा राहुल आउट भएपछि पन्जाबले लगातर विकेट गुमाउन पुग्यो। युजभेन्द्र चाहलले त्यसपछि निकोलस पुरन मायाँक र सरफराज खानको विकेट लिंदै बैंगलोरलाई खेलमा फर्काए। त्यसपछि बैंगलोर खेलमा हावी रह्यो।

युजभेन्द्र चाहलले बैंगलोरको बलिंगमा सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २९ रन खर्चिए। जर्ज गार्टन र शाहबाज एहमदले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ७ विकेट क्षेतीमा १६४ रन बनाएको थियो। बैंगलोरको लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५७ रन बनाए जुन क्रममा ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। देभदत्त पडीक्कलले ४०, कप्तान बिराट कोहलीले २५ तथा एबि डी भिल्लीयर्सले २३ रन बनाए।कोहली र पडीक्कलले ६८ रनको ओपनिंग साझेदारी गरे भएन म्याक्सवेल र डीभिल्लीयर्सले चौंथो विकेटको लागि ७३ रनको साझेदारी गरे।

पन्जाबको बलिंगमा मोहम्मद शामी ( ४-०-३९-३ ) र मोईसेस हेनरिक्सले ( ४-०-१२-३ ) समान ३ विकेट लिए।

१२ खेलमा ८ जित र ४ हार पछि १६ अंक बटुलेको बैंगलोर अंकतालिकाको तेश्रो स्थानमा छ। पन्जाब भने १३ खेलमा ५ जित र ८ हार पछि १० अंक सहित पाँचौ स्थानमा छ। समान १० अंक रहेको कोलकाता नेट रन रेटमा अघि रहँदै चौंथो स्थानमा छ। यस्तै समान १० अंक रहेको राजस्थान र मुम्बई छैठौं र सातौँ स्थानमा छ। हैदरावाद यस अघिनै प्लेअफ रेसबाट बाहिर भैसकेको छ जसले ११ खेलमा मात्र ४ अंक बटुलेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy