IPL : पन्जाबलाई पराजित गर्दै बैंगलोर प्लेअफ पुग्ने तेश्रो टिम, म्याक्सवेल र चाहल उत्कृस्ट

पन्जाब किंग्सलाई ६ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोर इन्डीएन प्रिमियर लिग ( आईपीएलको ) प्लेअफ प्रवेश गर्न सफल भएको छ। यस अघि चेन्नाई र दिल्ली क्यापिटल्सले प्लेअफमा स्थान पक्का गरिसकेको छ।

युएईको शारजाह क्रिकेट स्टेडियममा सम्पन्न बैंगलोरले दिएको १६५ रन लक्ष्य पछ्याउने क्रममा पन्जाबले पुरै २० ओभर ब्याटिंग गरेता पनि ६ विकेट क्षेतीमा १५८ रन मात्र बनाउन सक्यो। उसको लागि मायाँक अग्रवालले सर्वाधिक ५७, कप्तान केएल राहुलले ३९, एडेन मारक्रमले २०, शाहरुख खानले १६ तथा मोइसेस हेनरिक्सले अविजित १२ रन बनाए पनि जित्न पर्याप्त रहेन।

लक्ष्य पछ्याउने क्रममा उत्कृस्ट सुरुवात गरेको पन्जाबको लागि कप्तान केएल राहुल र मायाँक अग्रवालले ९१ रनको ओपनिंग साझेदारी गरेका थिए। ११ औं ओभरमा राहुल आउट भएपछि पन्जाबले लगातर विकेट गुमाउन पुग्यो। युजभेन्द्र चाहलले त्यसपछि निकोलस पुरन मायाँक र सरफराज खानको विकेट लिंदै बैंगलोरलाई खेलमा फर्काए। त्यसपछि बैंगलोर खेलमा हावी रह्यो।

युजभेन्द्र चाहलले बैंगलोरको बलिंगमा सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २९ रन खर्चिए। जर्ज गार्टन र शाहबाज एहमदले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ७ विकेट क्षेतीमा १६४ रन बनाएको थियो। बैंगलोरको लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५७ रन बनाए जुन क्रममा ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। देभदत्त पडीक्कलले ४०, कप्तान बिराट कोहलीले २५ तथा एबि डी भिल्लीयर्सले २३ रन बनाए।कोहली र पडीक्कलले ६८ रनको ओपनिंग साझेदारी गरे भएन म्याक्सवेल र डीभिल्लीयर्सले चौंथो विकेटको लागि ७३ रनको साझेदारी गरे।

पन्जाबको बलिंगमा मोहम्मद शामी ( ४-०-३९-३ ) र मोईसेस हेनरिक्सले ( ४-०-१२-३ ) समान ३ विकेट लिए।

१२ खेलमा ८ जित र ४ हार पछि १६ अंक बटुलेको बैंगलोर अंकतालिकाको तेश्रो स्थानमा छ। पन्जाब भने १३ खेलमा ५ जित र ८ हार पछि १० अंक सहित पाँचौ स्थानमा छ। समान १० अंक रहेको कोलकाता नेट रन रेटमा अघि रहँदै चौंथो स्थानमा छ। यस्तै समान १० अंक रहेको राजस्थान र मुम्बई छैठौं र सातौँ स्थानमा छ। हैदरावाद यस अघिनै प्लेअफ रेसबाट बाहिर भैसकेको छ जसले ११ खेलमा मात्र ४ अंक बटुलेको छ।





थप समाचार

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

कप्तान रुविनाको अलराउन्डर प्रदर्शनमा काेशीकाे लगातार दोस्रो जित

कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्डर प्रदर्शनसँगै लगातार दोस्रो जित निकालेको कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको प्लेअफ […]

स्कटल्याण्डसँग नेपाल १ विकेटले पराजित

पिप्पा स्प्रौलको सानदार बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले […]

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]