स्टोइनिसको आक्रामक अर्धशतक, दिल्लीद्वारा बैंगलोरलाई विशाल लक्ष्य

आईपीएल २०२० अन्तर्गत १९ औं खेलमा बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोर र श्रेयस ऐयर कप्तानीको दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गरिरहेका छन्।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९६ रन बनाउदै बैंगलोरलाई १९७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। दिल्लीले बैंगलोर बिरुद्ध बनाएको यो लिग इतिहासकै सर्वाधिक योगफल हो।

दिल्लीको लागि मार्कस स्टोइनिसले अविजित इनिंग खेल्ने क्रममा मात्र २६ बलमा ५३ रन बनाए जुन क्रममा ६ चौका र २ छक्का प्रहार गरे। २४ बलमा अर्धशतक पुरा गरेका स्टोइनिसको आईपीएल करियरमा तेश्रो तथा जारि सिजन दोश्रो अर्धशतक हो। यस अघि उनले पहिलो खेलमा पन्जाब बिरुद्ध ५३ रन बनाएका थिए।

ओपनर पृथ्वी शले ४२ रन बनाए

रिशभ पन्तले २५ बलमा ३७ ( ३ चौका र २ छक्का ) रन बनाए। राम्रो सुरुवात गर्ने क्रममा ओपनर पृथ्वी शले २३ बलमा ४२ ( ५ चौका र २ छक्का ) र शिखर धवनले ३२ ( २८ बलमा ३ चौका ) रन बनाए। श्रेयस ऐयर र शिमरन हेटमायरले समान ११ रन बनाए।

ओपनर पृथ्वी श र शिखर धवनले पहिलो विकेटको लागि ६८ रनको साझेदारी गरेका थिए। सातौँ ओभरमा पृथ्वीलाई मोहम्मद सिराजले तथा १० औं ओभरमा धवनलाई इसुरु उडानाले क्याच आउट गराए। कप्तान श्रेयस ऐयर ( ११ ) पनि १२ औं ओभरमा क्याच आउट भए जुन क्रममा मोइन अलिको बलिंगमा देभदत्त पडीक्कलले बाउन्ड्रीमा उत्कृस्ट क्याच गरे।

चौथो विकेटको लागि रिशभ पन्त र मार्कस स्टोइनिसले चौथो विकेटको लागि ८९ रनको साझेदारी गरे। पन्तलाई १९ औं ओभरमा मोहम्मद सिराजले बोल्ड गरे।

१३ ओभरमा १०२/३ को अवस्थाबाट दिल्लीले अन्तिम ७ ओभरमा ९४ रन तथा अन्तिम ५ ओभरमा गुमाएर ६२ रन जोड्यो।

स्टोइनिस र पन्तले ८९ रनको साझेदारी गरे

बैंगलोरको बलिंगमा मोहम्मद सिराजले सर्वाधिक २ विकेट ( ४-०-३४-२ ) लिए। मोइन अलि ( २-०-२१-१ ) र इसुरु उडानाले ( ४-०-४०-१ ) ले समान १ विकेट लिए। नभदिप सैनी ( ३-०-४८-० ) , युजभेन्द्र चहल ( ३-०-२९-० ) र वासिंगटन सुन्दर ( ४-०-२०-० ) विकेटविहिन रहे।

अमित मिश्रा घाइते भएपछि प्रतियोगिताबाट बाहिरीएका लेग स्पिनर अमित मिश्राको स्थानमा दिल्लीले देब्रे हाते स्पिनर अक्षर पटेललाई मौका दिएको छ।

बैंगलोरले अन्तिम-११ मा २ वटा परिवर्तन गर्ने क्रममा एडम जम्पालाई बाहिर राखेर इंग्ल्यान्ड अलराउण्डर मोइन अलिलाई मौका दिएको छ। यस्तै गुरकिरत सिंहको स्थानमा मोहम्मद सिराजलाई खेलाएको छ।

समान ४ खेल खेलेको दुबै टोलि ३ जित र १ हारपछि नेट रन रेटको आधारमा दिल्ली दोश्रो र बैंगलोर तेश्रो स्थानमा रहेको छ। दुबै टोलि आजको खेलमा जित हात पार्दै अंकतालिकाको शिर्ष स्थानमा उक्लन चाहन्छन्।

हैदरावादलाई अर्को झट्का ! भुवनेश्वर कुमार आईपीएलबाटै बाहिर

घाइते हुँदा अमित मिश्रा प्रतियोगिताबाटै बाहिर, सन्दिपको सम्भावना बढ्यो

IPL : ताजा अंकतालिका , पर्पल र अरेन्ज क्यापमा रोचक प्रतिस्पर्धा

पन्जाब बिरुद्ध उत्कृस्ट पुनरागमन जितपछि धोनी, वाटसन र डुप्लेसीले के भने

कोरोनाका कारण डिपीएलको चौथो संस्करण सर्यो





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]