IPL : लगातार तेश्रो जित पछि बैंगलोर शिर्षस्थानमा

१४ औं आईपीएल अन्तर्गत दशौँ खेलमा बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोरले लगातार तेश्रो जित दर्ता गर्ने क्रममा कोलकाता नाइट राइडर्सलाई ३८ रनले पराजित गरेको छ।

चेन्नाईको एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा बैंगलोरले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा कोलकाताले नियमित अन्तरलमा विकेट गुमाउन पुग्यो। आक्रामक सुरुवात गरेका शुबमन गिल दोश्रो ओभरमा कायल जेमीसनबाट आउट भए जसले ९ बलमा २ चौका र २ छक्का मद्दतले २१ रन बनाए। दोश्रो विकेटको लागि नितिश राना र राहुल त्रिपाठी बीच ३४ रनको साझेदारी भयो।

२५ रन बनाएका त्रिपाठी छैठौं ओभरमा वासिंगटन सुन्दरबाट आउट भए। लगत्तै ओभरमा १८ रन बनाएका नितिश रानालाई युजभेन्द्र चहलले पेभेलियन फर्काए। चहलले नवौं ओभरमा मात्र २ रन बनाएका दिनेश कार्तिकलाई पनि क्याच आउट गराए।

७४/४ विकेट गुमाएको अवस्थामा कप्तान ओएन मोर्गन र शाकिब अल हसनले ४० रनको साझेदारी गरे। २९ रन बनाएका मोर्गनलाई हर्षल पटेलले १४ औं ओभरमा कप्तान कोहलीबाट क्याच आउट गराए।

मोर्गनको विकेटपछि क्रिजमा आएका आन्द्रे रसेलले आक्रामक सटहरु खेले। चहलले गरेको १७ औं ओभरमा रसेलले १ छक्का र ३ चौका प्रहार गरे। सोहि बीच २६ रन बनाएका शाकिब अल हसनलाई भने जेमीसनले बोल्ड गर्दै १८ औं ओभरमा पेभेलियन फर्काए। सोहि ओभरमा ६ रन बनाएर प्याट कमिन्स पनि क्याच आउट भए।

अन्तिम २ ओभरमा जित्न ४४ रन बाँकी रहेको अवस्थामा मोहम्मद सिराजले १९ औं ओभरमा मात्र १ रन खर्चिदै बैंगलोरलाई खेलमा हावी गराए। ओभरमा रसेललाई पहिलो ५ बलमा सिराजले रन बनाउन दिएनन्।२० बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ३१ रन बनएका रसेल अन्तिम ओभरमा हर्षल पटेलबाट बोल्ड भए।

बैंगलोरको बलिंगमा कायल जेमीसनले सर्वाधिक ३ विकेट ( ३-०-४१-३ ) तथा युजभेन्द्र चहल ( ४-०-३४-२ ) र हर्षल पटेलले ( ४-०-१७-२० ) समान २ विकेट तथा वासिंगटन सुन्दरले १ विकेट ( ४-०-३३-१ ) लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा २०४ रन बनाएको थियो।

इनिंग्सको दोश्रो ओभरमा कोलकाता पेसर वरुण चक्रवर्तीले बिराट कोहली ( ५ रन ) र रजत पटिदार ( १ रन ) लाई पेभेलियन फर्काए। अर्का ओपनर देभदत्त पडीक्कल र ग्लेन म्याक्सवेलले तेश्रो विकेटको लागि ८६ रनको साझेदारी गरे। १२ औं ओभरमा २५ रन बनाएर पडीक्कल प्रसिध कृष्णाबाट क्याच आउट भए।

पाँचौ विकेटको लागि ग्लेन म्याक्सवेल र एबि डी भिल्लीयर्स बीच ५३ रन जोडे। ४९ बलमा ९ चौका र ३ छक्का मद्दतले ७८ रन बनाएका म्याक्सवेल १७ औं ओभरमा प्याट कमिन्सको बलमा हरभजन सिंहबाट क्याच आउट भए। म्याक्सवेलले अघिल्लो खेलमा सनराइजर्स हैदरावाद बिरुद्ध पनि अर्धशतक बनाएका थिए।

म्याक्सवेलको विकेटपछि डी भिल्लीयर्स र कायल जेमीसनले डेथ ओभरमा आक्रामक ब्याटिंग गरे। दुवैले मात्र १८ बलमा ५६ रनको साझेदारी गरे। फलस्वरुप अन्तिम ५ ओभरमा बैंगलोरले ७० रन बनाउन सक्यो।

२७ बलमा अर्धशतक पुरा गरेका डी भिल्लीयर्सले अविजित ७६ रन बनाए जुन क्रममा ३४ बलमा ९ चौका र ३ छक्का प्रहर गरे। जेमीसनले ४ बलमा १ चौका र १ छक्का मद्दतले अविजित ११ रन बनाए।

कोलकाताको बलिंगमा वरुण चक्रवर्तीले २ विकेट ( ४-०-३९-२ ) लिए भने प्याट कमिन्स ( ४-०-३४-१ ) र प्रसिध कृष्णा ( ४-०-३१-१ ) ले समान १ विकेट लिए।

जित पछि ३ खेलमा ३ वटै जित दर्ता गरेको बैंगलोर अंकतालिकाको शिर्षस्थानमा रहेको छ। कोलकाता भने ३ खेलमा १ जित र २ हार पछि २ अंक सहित छैठौं स्थानमा रहेको छ।

धेरैले पढेको 

https://wicketnepal.com/nl-vs-mal-m2-tri-ser-res-wn21/

https://wicketnepal.com/kushal-aasif-world-record-wn21/





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]