IPL : इलिमीनेटरमा कोलकातासंग पराजित हुँदै बाहिरियो बैंगलोर

रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिगको दोश्रो क्वालीफायरमा प्रवेश गरेको छ।

शारजाह मैदानमा सम्पन्न खेलमा बैंगलोरले दिएको १३९ रनको लक्ष्य कोलकाताले ६ विकेट गुमाएर २ बल बाँकी रहंदा भेटायो। लिग अन्तर्गत पहिलो क्वालीफायरमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै चेन्नाई सुपर किंग्स फाइनल प्रवेश गरिसकेको छ। फाइनल प्रवेशको लागि कोलकाताले दोश्रो क्वालीफायरमा बुधबार दिल्लीसंग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल अक्टोबर १५ तारिखमा खेलिनेछ।

कोलकाताको ब्याटिंगमा शुबमन गिलले सर्वाधिक २९ रन, भेंकटेस ऐयर र सुनिल नारायणले समान २६ रन तथा निअतिश रानाले २३ रन बनाए। दिनेश कार्तिकले १० रन, शाकीब अल हसनले अविजित ९ रन, राहुल त्रिपाठीले ६ रन, तथा ओएन मोर्गनले अविजित ५ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा कोलकाता ओपनर शुबमन गिल र भेंकटेस ऐयरले ४१ रनको साझेदारी गरे। छैठौं ओभरमा गिललाई हर्षल पटेलले क्याच आउट गराए। लगत्तै ओभरमा राहुल त्रिपाठीलाई युजभेन्द्र चाहलले एलबिडब्लु पारे। भेंकटेसले तेश्रो विकेटकको लागि नितिश रानासंग २६ रन जोडे। एघारौं ओभरमा ऐयरलाई हर्षलले क्याच आउट गर्दै बैंगलोरलाई खेलमा फर्काए। कोलकाता ७९/३ को अवस्थामा पुग्यो।

१२ औं ओभरमा सुनिल नारायणले ड्यानियल क्रिस्चियनको एकै ओभरमा ३ छक्का प्रहार गर्दै कोलकातालाई खेलमा हावी गराए। राना र चाहलले चौंथो विकेटको लागि ३१ रनको साझेदारी गरे। १५ औं ओभरमा चाहलले रानालाई क्याच आउट गर्दै बैंगलोरलाई खेलमा फर्काए। जितको लागि ३ ओभरमा १५ रन आवस्यक हुँदा मोहम्मद सिराजले १८ औं ओभरमा सुनिल नारायण र दिनेश कार्तिकको विकेट लिंदै खेलमा रोमान्चकता ल्याए।

अन्ति २ ओभरमा जित्न १२ रन आवस्यक रह्यो। १९ औं ओभरमा बालिग गरेका जर्ज गार्टनले मात्र ५ रन खर्चिए। अन्तिम ओभरमा ७ रन आवस्यक रह्यो। अन्तिम ओभरमा ड्यानियल क्रिस्चियनको पहिलो बलमै शाकिब अल हसनले फाइन लेगमा चौका प्रहार गर्दै जित सहज पारे। दोश्रो र तेश्रो बलमा र चौंथो बलमा १/१ रन लिंदै कोलकाताले जित दर्ता गर्यो।

बैंगलोरको बलिंगमा मोहम्मद सिराज ( ४-०-१९-२ ) , हर्षल पटेल ( ४-०-१९-२ ) र युजभेन्द्र चाहलले ( ४-०-१६-२ ) समान २ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बैंगलोरले निरधारित २० ओभरमा ७ विकेट क्षेतीमा १३८ रन बनाएको थियो।

बैंगलोरको लागि कप्तान बिराट कोहलीले सर्वाधिक ३९ रन बनाए जुन क्रममा ३३ बलमा ५ चौका प्रहार गरे। यस्तै देभदत्त पडीक्कलले २१, ग्लेन म्याक्सवेलले १५, शाहबाज एहमदले १३, एबि डी भिल्लीयर्सले ११ रन तथा हर्षल पटेलले अविजित ८ रन बनाए।

राम्रो सुरुवात गरेको बैंगलोरको लागि ओपनर बिराट कोहली र देभदत्त पडीक्कलले ४९ रनको ओपनिंग साझेदारी गरे। छैठौं ओभरमा पडीक्कललाई लकी फर्गुसनले बोल्ड गरे। त्यसपछि सुनिल नारायणले श्रीकर भारत, कोहली, ग्लेन म्याक्सवेल, एबि डी भिल्लीयर्सको विकेट लिंदै कोलकातालाई खेलमा फर्काए। इनिंग्सको अन्तिम ५ ओभरमा बैंगलोरले ३ विकेट गुमाएर ३० रन बनायो।

कोलकाताको बलिंगमा सुनिल नारायण एक्लैले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २१ रन मात्र खर्चिए। यस्तै लकी फर्गुसनले २ विकेट ( ४-०-३०-२ ) लिए।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]