IPL Match 6 : टस जितेर बैंगलोर फिल्डिंग गर्दै, गेललाई पन्जाबले मौका दिएन

युएईमा जारि आईपीएल टि-२० अन्तर्गत बिहिबार बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोर र केएल राहुल कप्तानीको किंग्स-११ पन्जाब प्रतिस्पर्धा गर्दैछन्। खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा राति ७:४५ बजे सुरु हुनेछ।

खेलमा टस जितेर बैंगलोरले पन्जाबलाई ब्याटिंगको निम्तो दिएको छ। बैंगलोरले टिममा परिवर्तन गरेको छैन। पन्जाबले अन्तिम-११ मा क्रिस गेललाई मौका दिएको छैन। कप्तान राहुलले सहि मौका आएपछि गेललाई खेलाउने बताएका छन्। यस्तै पन्जाबले क्रिस जोर्डन र कृष्णप्पा गोथमलाई बाहिर राखेर जिम्मी निशम र मुरुगन आश्विनलाई मौका दिएको छ।

बैंगलोरको अन्तिम ११ : डेभदत्त पडीक्कल, आरोन फिन्च, बिराट कोहली ( कप्तान ) , ए बि डी भिल्लीयर्स, शिभम दुबे, जोश फिलिपे ( विकेटकिपर ) , वासिंगटन सुन्दर, नभदिप सैनी, उमेश यादव, डेल स्टेन

पन्जाबको अन्तिम ११ : केएल राहुल ( कप्तान/ विकेटकिपर ) , करुण नायर, निकोलस पुरन ,ग्लेन म्याक्सवेल, सरफराज खान, जेम्स निशम, मोहम्मद शामी, मुरुगन आश्विन, शेल्डन कटरेल, रभी बिस्नोइ

दुवै टिमको अघिल्लो खेलको नतिजा : लिग अन्तर्गत यस अघि दुवै टिमले १/१ खेल खेलीसकेका छन्। पन्जाबले दिल्लीसंग सुपर ओभरमा हार बेहोरेको थियो। दिल्ली र पन्जाब दुवैले २० ओभरमा समान १५७ रन बनाएपछि सुपर ओभरमा पन्जाबले दिएको ३ रनको लक्ष्य दिल्लीले विकेट नगुमाई पुरा गरेको थियो। खेलमा ओपनर मायाँक अग्रवाल बाहेक अन्य ब्याट्सम्यानहरु चल्नसकेका थिएनन् जुन कमजोर आज बैंगलोरलाई जित्न हटाउनु पर्नेछ।

बैंगलोरले विजयी सुरुवात गर्ने क्रममा सनराइजर्स हैदरावादलाई १० रनले पराजित गरेको थियो। बैंगलोरले दिएको १६४ रन लक्ष्य पछ्याउदा हैदरावाद १५३ रनमा समेटिएको थियो। टिमको ब्याटिंग र बलिंग प्रदर्शन सन्तुलित देखिएको छ। ओपनर देभदत्त पडीक्कलको आगमन तथा बलिंगमा स्पिनर चाहल, फास्ट बलर सैनीको लयले टिममा छुट्टै आत्मविश्वास देखिन्छ।

हेड टु हेड : लिग अन्तर्गत दुवै टिमले एकअर्कासंग कुल २४ खेल खेलेका छन् जसमा दुवै टिमले समान १२ खेल जितेका छन्। तर त्यसमध्ये पछिल्लो ४ खेलमा बैंगलोर विजयी रहेको थियो। २०१७ पछि पन्जाबले बैंगलोरलाई पराजित गरेको छैन।

IPL Match 5 : टुट्ला पन्जाब बिरुद्ध बैंगलोरको दबदबा ? यस्तो छ हेड टु हेड नतिजा

चेन्नाईसंग आश्विन खेल्ने अनिश्चित, प्रशिक्षक कैफले बताए आश्विनको स्थान कसले लिनेछन्

चर्चित कमेन्टेटर तथा पूर्व क्रिकेटर डीन जोन्सको निधन, क्रिकेट जगतनै शोकमा

IPL 2020 : राजस्थान रोयल्सलाई राहतको खबर , स्टोक्स टिमसंग जोडिने

‘रोहित आईपीएलको दोश्रो उत्कृस्ट कप्तान’ – सेहवाग

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy