IPL Match 10 : मुम्बईले टस जितेर फिल्डिंग गर्ने, बैंगलोरको अन्तिम-११ मा ३ परिवर्तन

आईपीएल २०२० अन्तर्गत १० औं खेलमा रोहित शर्मा कप्तानीको मुम्बई इन्डियन्स र बिराट कोहलि कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोर बिच प्रतिस्पर्धा हुदैँछ। खेल नेपाली समय राति ७:४५ बजे दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ।

खेलमा टस जितेर मुम्बई इन्डीएन्सले बलिंग रोज्दै रोयल च्यालेन्जर्स बैंगलोरलाई ब्याटिंग गर्ने निम्तो दिएको छ।

मुम्बईले सौरभ तिवारीको स्थानमा इशान किशनलाई मौका दिएको छ। रोहितका अनुसार तिवारी फिट नभएकाले किशनलाई मौका दिएको हो। अन्य खेलाडी भने उही छन्।

मुम्बई इन्डियन्सको अन्तिम ११ : रोहित शर्मा (कप्तान), क्विन्टन डिकक ( विकेटकिपर )✈️ , सुर्यकुमार यादव, इशान किशन, कायरन पोलार्ड✈️, हार्दिक पाण्ड्या, क्रुनल पाण्ड्या, राहुल चाहार, जेम्स प्याटिन्सन✈️, ट्रेन्ट बोल्ट✈️, जस्प्रित बुम्राह

लेग स्पिनर एडम जाम्पाले अन्तिम-११ मा मौका पाएका छन्

बैंगलोरले टिममा ३ वटा परिवर्तन गरेको छ। अन्तिम खेलमा महँगो सावित भएका फास्ट बलर डेल स्टेन, उमेश यादब र मोहम्मद सिराजलाई बाहिर राखिएको छ। लेग स्पिनर एडम जाम्पा, दायाँ हाते ब्याट्सम्यान गुरकिरत सिंह र देब्रे हाते फास्ट बलर इसुरु उडानालाई मौका दिईएको छ। उडानाको आज लिगमा डेब्यु हुनेछ।

रोयल च्यालेन्जर्स बैंगलोरको अन्तिम ११ : देभदत्त पडिक्कल, एरोन फिन्च✈️, बिराट कोहली (कप्तान), एबि डि भिलिएर्स✈️, शिवम दुबे, वासिङ्टन सुन्दर, इसुरु उदाना✈️, नवदिप सैनी, गुरकिरत सिंह, युजवेन्द्र चाहाल, एडम जाम्पा ✈️

लिग अन्तर्गत यस अघि दुवै टिमले २/२ खेल खेलेका छन् जसमा दुवै टिमले १ जित र १ हार बेहोरेका थिए।

रोयल च्यालेन्जर्स बैंगलोरको प्रतियोगितामा नतिजा :- 

Vs सनराइजर्स हैदरावाद : १० रनले विजयी ( बैंगलोर : १६३, हैदरावाद : १५३ ) पडीक्कल : ५६, डी भिल्लीयर्स : ५१ , चाहल : ३ विकेट, दुबे : २ विकेट , सैनी : २ विकेट

Vs किंग्स-११ पन्जाब : ९७ रनले पराजित ( पन्जाब २०६ , बैंगलोर : १०९ )  सुन्दर : ३०, डी भिल्लीयर्स : २८ , दुबे : २ विकेट

मुम्बई इन्डियन्सको यस अघिको नतिजा :-

Vs चेन्नाई सुपर किंग्स : ५ विकेटले पराजित ( मुम्बई : १६२ , चेन्नाई : १६६/५ ) , तिवारी ४२ , डीकक ३३

Vs कोलकाता नाइट राइडर्स : ४९ रनले विजयी ( मुम्बई १९५ , कोलकाता १४६ ) , रोहित ८०, यादव ४७ , प्याटीन्सन, चाहर, बोल्ट र बुम्राह ( २ विकेट )

हेड टु हेड :-  दुई टोलिबिच हालसम्म २७ पटक प्रतिस्पर्धा भएको छ जसमा मुम्बईले १८ खेलमा जित हात पार्दा बैंगलोर मात्र ९ खेलमा विजयी भएको छ। गत सिजन दुबै खेलमा मुम्बईले बैंगलोरलाई पराजित गरेको थियो। मुम्बई पहिलो खेलमा ६ रनले तथा दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो।

रोचक रेकर्ड :-

१) मुम्बईका कप्तान रोहित शर्मा आईपिएलमा ५००० रन पूरा गर्नबाट मात्र १० रन टाढा छन्। लिगमा हालसम्म बिराट कोहली (५४२७) र सुरेश रैनाले (५३६८) मात्र ५००० रन बनाएका छन्। उनी मुम्बईका लागि १५० छक्का प्रहार गर्नबाट १ छक्का टाढा छन्।

२) लिग इतिहासकै सर्वाधिक रनकर्ता बिराट कोहली ५५०० रन पूरा गर्नबाट ७३ रन टाढा छन्। उनी ५५०० रन पूरा गर्ने पहिलो खेलाडी बन्नेछन्। यस्तै, उनी २०० छक्का प्रहार गर्नबाट मात्र १० छक्का टाढा छन्। लिग इतिहासमा क्रिस गेल ( ३२६ ) , ए बि डी भिल्लीयर्स ( २१५ ) , महेन्द्र सिंह धोनी ( २१२ ) र रोहित शर्मा (२०० ) बाहेक अन्य ब्याट्सम्यानले २ सय छक्का प्रहार गर्न सकेका छैनन्। कोहली अघि पाँचौ धेरै छक्का सुरेह रैनाले १९४ छक्का प्रहार गरेका छन्।

३) बैंगलोरका आक्रामक ब्याट्सम्यान एबि डि भिल्लियर्स लिगमा ४५०० रन पूरा गर्नबाट मात्र २६ रन टाढा छन्। उनी हालसम्म लिगमा आठौं सर्वाधिक रनकर्ता हुन्।

४) मुम्बईका सुर्यकुमार यादव लिगमा ५० छक्का पूरा गर्नबाट मात्र २ छक्का टाढा छन्।

हार्दिक पान्ड्याले यो सिजन बलिंग गर्छन् कि गर्दैनन् ? जाहिर खानले दिए अपडेट

‘हिरो’ बनेका तेवतिया जब सबैको लागि ‘भिलेन’ बन्दै थिए

IPL 2020 : अरेन्ज र पर्पल क्याप दौडमा राहुल र शामी अघि, हेर्नुस ताजा अंकतालिका

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy