आइपीएल : इलिमिनेटरमा राजस्थान र बेंगलुरु खेल्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को इलिमिनेटर खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच आज खेल हुदैछ ।

खेल अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बेलुका पौने आठमा सुरु हुनेछ । यस इलिमिनेटर खेलको विजेताले फाइनल प्रवेशका लागि शुक्रबार सनराइजर्स हैदराबादसँग खेल्नेछ ।

मंगलबार भएको पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको हैदराबादले दोस्रो क्वालिफायर खेल्न लागेको हो ।

पहिलो क्वालिफायरको विजेता कोलकाताले भने आइतबार हुने फाइनलमा स्थान बनाईसकेको छ । राजस्थानले पछिल्लो पाँच खेल जित्न सकेको छैन भने बेंगलुरुले पछिल्लो छ खेल जितेर प्लेअफमा स्थान बनाएको हो ।

समूह चरणमा भएको भेटमा राजस्थानले बेंगलुरुलाई छ विकेटले पराजित गरेको थियो ।





थप समाचार

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

कप्तान रुविनाको अलराउन्डर प्रदर्शनमा काेशीकाे लगातार दोस्रो जित

कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्डर प्रदर्शनसँगै लगातार दोस्रो जित निकालेको कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको प्लेअफ […]

स्कटल्याण्डसँग नेपाल १ विकेटले पराजित

पिप्पा स्प्रौलको सानदार बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले […]

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]