IPL Match 3 : टस हारेर बैंगलोर ब्याटिंग गर्ने, यस्तो छ दुवै टिमको अन्तिम-११

१३ औ आईपीएल अन्तर्गत तेश्रो खेलमा सोमबार डेभिड वार्नर कप्तानीको सनराइजर्स हैदरावाद र बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्दैछन्। दुवै टिमको लिगमा यो पहिलो खेल हो।लिग अन्तर्गत यस अघि सम्पन्न २ वटा खेलमा चेन्नाई सुपर किंग्सले मुम्बई इन्डीएन्सलाई र दिल्ली क्यापिटल्सले किंग्स-११ लाई पराजित गर्दै विजयी सुरुवात गरेका छन्।

खेलमा टस जितेर हैदरावादका कप्तान डेभिड वार्नरलेबलिंग रोज्दै बैंगलोरलाई ब्याटिंगको निम्तो दिएको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समय ८:४५ बजे सुरु हुनेछ।


सनराइजर्स हैदरावादको अन्तिम ११ : डेभिड वार्नर ( कप्तान ) ✈️ , जोनी बेयरस्टो✈️ , मनिष पाण्डे, विजय शंकर, मिचेल मार्श✈️ , प्रियम गर्ग, अभिषेक शर्मा, राशिद खान✈️ , भुवनेश्वर कुमार, सन्दिप शर्मा, टि नटार्जन

रोयल च्यालेन्जर्स बैंगलोरको अन्तिम ११ : आरोन फिन्च✈️  , देभदत्त पदीकल, बिराट कोहली ( कप्तान ) , एबि डी भिल्लीयर्स✈️ , जोश फिलिपे ( विकेटकिपर )✈️  , शिभम दुबे, वासिंगटन सुन्दर, उमेश यादव, नवदीप सैनी, डेल स्टेन✈️ , युझभेन्द्र चाहल

हैदरावादले अफ स्पिनर मोहम्मद नाबीलाई बाहिर राखेको छ। बैंगलोरले अलराउण्डर क्रिस मोरिस, पार्थिव पटेल, मोइन अलि र मोइन अलिलाई बाहिर राखेको छ।

कोहली कप्तानिको बैंगलोरले इतिहासमा लिगको उपाधि जित्न सकेको छैन। हैदरावादले भने २०१६ मा उपाधि जितेको थियो। त्यसपछि हैदरावाद प्रत्येक सिजन लिगको प्लेअफ पुगेको छ। बैंगलोर भने २०१७ र २०१९ मा लिगको पुछारमा रहेको थियो भने २०१८ मा छैठौं भएको थियो।

यो पनि पढ्नुस :-

शाहिन अफ्रिदीले ४ बलमा लिए ४ विकेट ( भिडियो सहित )

कप्तान मल्लको ट्वीटले अमेरिकी एम्बेसी क्लिन बोल्ड

IPL Match 3 : बैंगलोर र हैदरावाद खेल्दै, यस्ता छन् दुवै टिमको बलियो र कमजोर पक्ष

“अम्पायरलाई ‘म्यान अफ द म्याच दिनुपर्थ्यो” अम्पायरको ठूलो गल्तिलाई सेहवागको व्यंग्य

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy