इजी वर्ल्डलाई राजबिराज क्रिकेट लिगको उपाधि, महबुब आलम प्रतियोगिताकै उत्कृस्ट

२०७७ पुष १२, आईतवार २३:४४

१२ पौष, राजबिराज ।

राजबिराज स्पोर्टस क्लबको आयोजना तथा सप्तरी क्रिकेट संघसंगको सहकार्यमा संचालित राजबिराज क्रिकेट लिग अन्तर्गत आईतवार सम्पन्न फाईनलमा इजिवर्ल्ड इन्जीनियरिंगले रोमान्चक खेलमा युथ क्रिकेट एकेडेमीलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको छ ।

युथ क्रिकेट एकेडेमीले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाई १ सय १३ रन बनाएको थियो । युथका लागि आशिष झाले उत्कृष्ट ब्याटिंग गर्दै ४४ बलमा ५ चौक्का र २ छक्काको मद्धतले ५१ रनको योगदान दिएका थिए भने बिवेक यादव २९, पप्पु यादव १६ र नितेश यादवले १३ रनको योगदान दिएका थिए । बलिंग तर्फ रोबिन सिंहले ३ तथा अनिल यादवले १ विकेट लिएका थिए ।

१ सय १४ रनको लक्ष्य लिई मैदानमा ओर्लेको इजीवर्ल्डले उक्त लक्ष्य १८ ओभर ४ बलमा ७ बिकेटको नोक्सानीमा भेटायो । ईजिवर्ल्डका लागि निरज यादवले धैयर्तापुर्ण पारी खेल्दै ४२ बलमा २ चौक्का र १ छक्काको मद्धतले ३४ रनको योगदान दिएका थिए भने महवुव आलम र अमल दासले क्रमश : २० र १५ रन तथा अनोज यादव १४ रनमा अविजित रहेका थिए । बलिंग तर्फ बिवेक यादव र मनिश मण्डलले सामान ३ विकेट तथा अजय यादवले १ विकेट लिए ।

महबुब आलम प्लेयर अफ द सिरिज चुनिए

फाईनल खेलको म्यान अफ द म्याच उत्कृष्ट पारि खेलेवापत ईजिवर्ल्डका निरज यादव भएका थिए ।

प्रतियोगिता अन्तर्गत उत्कृष्ट ब्याट्सम्यान सबल नेपालका राहुल मण्डल, उत्कृष्ट बौलर ईजिवर्ल्डका अनिल यादव, इमरजिंग प्लेयर राजबिराज स्पोर्टसका दिपेश सरदार तथा म्यान अफ द सेरिज ईजिवर्ल्डका किर्तिमानी खेलाडि महवुव आलम भएका थिए । प्रतियोगिता अन्तर्गत बिजेता टिमलाई नगद रु ३० हजार तथा उपबिजेता टिमलाई १५ हजार प्रदान गरिएको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy