क्रिमको नकारात्मक असर सन्दिपले १ ओभर मात्रै बलिंग पाउनुको कारण

Sandeep Lamichhane

क्यारेबियन प्रिमियर लिग अन्तर्गत बारबेडोस ट्राईडेन्ट लागि खेलीरहेका नेपाली स्पिनर सन्दिपले गुएना अमेजोन वारियर्स बिरुद्ध सिजनको पहिलो खेलमा पहिलो ओभर राम्रो गरेता पनि त्यसपछि बलिंग गर्न फिर्ता आएनन्।

इनिंगको पाँचौ ओभरमा बलिंग गर्ने क्रममा सन्दिपले मात्र ५ ओभर मात्रै खर्चे पनि पुनः बलिंग हेर्ने सन्दिप फ्यानहरुको चाहना पुरा हुन पाएन। दोश्रो इनिंगमा ११ औं नम्बरमा ब्याटिंग गर्न भने आएका सन्दिप खाता नखोली आउट भए।

अन्तर्राष्ट्रिय टि-२० लिगमा निरन्तर खेल्ने क्रममा सन्दिपले मात्र १ ओभर बलिंग गरेको यो नै पहिलो पटक हो। यस अघि बिपक्षी टिमले २० औं ओभरसम्म ब्याटिंग गर्दा सन्दिपले सबैभन्दा कम ३ ओभर बलिंग गरेका थिए। पहिलो ओभर बलिंग गरे पछि सन्दिप अधिकांश समय मैदान बाहिर बसे र फिल्डिंग समेत गर्न सकेनन्।

Sandeep Lamichhane

धेरै सन्दिपका फ्यानहरुले सन्दिपलाई बलिंग नदिएपछि टिम कप्तान जेसन होल्डरलाई गाली गरे भने अधिकांश समय क्रिजमा निकोलस पुरन र चन्द्रपौल हेमराज क्रिजमा हुनुले लेग स्पिनरलाई बलिंगमा नल्याएको समेत अनुमान गरे।

वास्तविक कारण यस्तो 

विकेटनेपालले सन्दिप लामिछानेका नेपाल व्यवस्थापक समेत रहेका रमन शिवाकोटीसंग कुरा गर्दा वास्तविक कारण थाहा भएको हो।

शिवाकोटीका अनुसार सन्दिपले खुट्टामा लगाएको एक मेडिकल क्रिमले नकारात्मक असर गरे पछि सन्दिप फिल्ड बाहिर रहेको र स्पेल पुरा गर्न नसकेका हुन्। तथापी सन्दिप १५ औं ओभर पछि बलिंग गर्न तयार भइसकेको शिवाकोटीले जानकारी गराए। डेथ ओभरमा सन्दिपलाई  होल्डरले बलिंग दिएनन्। क्रिमले असर गरेको बताएता पनि शिवाकोटीले कस्तो क्रिम र त्यसले गरेको असर बारे भने खुलाएनन्। क्रिमले एलर्जी भएका कारण सन्दिपलाई गार्हो भएको अनुमान लगाउन सकिन्छ।

यस अघि खेलको क्रममा इएसपीएनक्रिकइन्फोले आफ्नो कमेन्ट्रिमा पनि सन्दिप पहिलो ओभर बलिंग गरेपछि अधिकांश समय मैदान बाहिर रहेको र क्रिमले असर गरेको लेखेको थियो। टिभी कमेन्ट्रिमा समेत सन्दिप ब्याटिंग गर्न आउदा यो प्रसंग उल्लेख भएको थियो।

पहिलो ओभर गरेपछि सन्दिप अधिकांश समय फिल्ड बाहिर रहेका थिए

सन्दिपले बलिङ्ग नगर्दा अफ स्पिनर यसले नर्सले पुरै ४ ओभर बलिङ्ग गरेका थिए।

खेलमा गुयना अमेजोन वारियर्सले लगातार तेश्रो जित हाँसिल गर्दै अंकतालिकाको शिर्षस्थानमा उक्लने क्रममा बारबेडोस ट्राइडेन्टसलाई ४७ रनले पराजित गर्यो। १८१ रनको लक्ष्य पछ्याउने क्रममा बारबेडोस १३३ रनमै समेटिन पुग्यो। लिग अन्तर्गत बारबेडोसले दोश्रो खेल सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्ससंग सेप्टेम्बर १२ तारिख बुधबार खेल्नेछ। खेल नेपाली समय बिहान ३:३४ बजे खेलिनेछ।

अहिलेसम्मकै कम ओभर बलिंग

अन्तर्राष्ट्रिय टि-२० लिगमा बिपक्षी टिमले २० औं ओभरसम्म ब्याटिंग गर्दा सन्दिपले यो नै सबैभन्दा थोरै ओभर बलिंग गरेका हुन्। नेपाली लेग स्पिनरले गत सिजन इन्डियन प्रिमियर लिगबाट ठुला बिदेशी टि-२० लिग खेल्न थालेका थिए।

यस अघि बिपक्षी टिमले २० औं ओभर सम्म ब्याटिंग गर्दा सन्दिपले ३ ओभर भन्दा कम बलिंग गरेका थिएनन्। बिपक्षी टिमले २० औं ओभर सम्म खेल्दा हालसम्म ३ पटक मात्र सन्दिपले पुरा स्पेल बलिंग गरेका छैनन्।

https://www.youtube.com/watch?v=KFZBLW6-jVE

गत महिना ग्लोबल टि-२० क्यानडामा मोन्टरियल टाइगर्स बिरुद्ध सन्दिपले ३ ओभर बलिंग गरेका थिए। यस्तै यो सिजन आइपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरमा पनि उनले ३ ओभर गर्न पाएका थिए। यस्तै गत सिजन क्यारेबियन प्रिमियर लिगमै सेन्ट किट्सको लागि खेल्ने क्रममा पनि ट्रिनबागो नाइट राइडर्स बिरुद्ध उनले ३ ओभरनै बलिंग पाएका थिए।

लिग अन्तर्गत बारबेडोसले दोश्रो खेल सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्ससंग सेप्टेम्बर १२ तारिख बुधबार खेल्नेछ। खेल नेपाली समय बिहान ३:३४ बजे खेलिनेछ।

सन्दिपलाई बार्बाडोसले ७० हजार डलरमा जेठ महिनामा सम्पन्न ड्राफ्टमार्फत टिममा लिएको थियो। सीपीएल टि-२० को अघिल्लो सिजन सन्दिपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सले खरिद गरेको थियो।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]