आईपीएल टि-२० अन्तर्गत चेन्नाई लगातार तेश्रो खेलमा हार बेहोर्ने क्रममा सनराइजर्स हैदरावादसंग ७ रनले पराजित हुन पुग्यो। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बईलाई ५ विकेटले पराजित गरेपछि राजस्थानसंग १६ रनले र दिल्लीसंग ४४ रनले पराजित भएको धोनी कप्तानीको टिमको हैदरावाद बिरुद्ध खेलमा पुनरागमन गर्ने चाहना पुरा हुन सकेन।
१६५ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले २० ओभर ब्याटिंग गरेता पनि ५ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो। कप्तान धोनीले ३६ बलमा अविजित ४७ तथा रभीन्द्र जडेजाले ३५ बलमा ५० रन बनाएता पनि जित दिलाउन सकेनन्।
खेलपछि प्रतिक्रिया दिने क्रममा चेन्नाई कप्तान धोनीले दोश्रो इनिंगमा पिच सुस्त भएको बताए जसकारण आफुले बललाई ब्याटको बीचमा लगाउन नसकेको बताए –
“मैले बललाई बीचमा लगाउन सकिरहेको थिईन। म जोडले हिर्काउन खोजिरेको थिए। विकेट सुस्त हुँदा त्यो भन्दा टाईमिंग मिलाउनु बढी आवस्यक थियो। मैदान हेर्दा अवचेतनमा कडा सट खेल्नुपर्छ भन्ने थियो। सक्दो समय लिने प्रयास गरे।”
धोनीले निकै गर्मि भएकोले आफुले संघर्ष गरेको बताए। १९ औं ओभरमा धोनी २ रन लिएपछि समस्यामा देखिएका थिए जसपछि खेल रोकेर उनले औषधि खाएका थिए –
“एकदमै सुक्खा थियो त्यसैले घाटी सुक्यो र खोकी लाग्न थाल्यो। तपाईसंग समय लिने अधिकार छ भने टाईम-अफ लिन मिल्छ।”
लगातार ३ हार पछि धोनीले फिल्डर र बलरहरुलाई पनि दोष दिए। खेलको १७ औं ओभरमा स्याम करनले नो बल दिएका थिए जसमा प्रियम गर्गले चौका प्रहार गरेका थिए भने लगत्तै फ्री हिट बलमा छक्का हिर्काएका थिए। त्यसपछिको ओभरमा अभिषेक शर्माको क्याच रभीन्द्र जडेजाले छोडेका थिए। लगत्तै बलमा शार्दुल ठाकुरले पनि शर्माको क्याच छोडे। २० औं ओभरमा शार्दुल ठाकुरले नो बल गरेका थिए।
“हामीले क्याच लिनु पर्छ भने नो बल गर्नु हुँदैन। ति कुराहरु नियन्त्रण गर्न सकिन्छ। कसैले पनि क्याच ड्रप गर्न चाहदैन यो स्तरमा। त्यस्तो क्याचहरु हामीले लिनुपर्छ अझ टिमले राम्रो नगरिरहेको बेला। क्याचले तपाईलाई नकआउट खेलहरुमा ठूलो असर गर्न सक्छ। त्यसैले हामि उत्कृस्ट हुनु जरुरि छ। ”
“मलाई लाग्छ हामि धेरै सहज देखियौं। १६ औं ओभर पछि हामिले २ ओभर राम्रो गर्यौं तर समग्रमा अझ राम्रो गर्न सक्नुपर्थ्यो।”
“धेरै पहिले मात्र हामीले लगातार ३ खेल हारेका थियौं। हामीले धेरै कुरा सुधार गर्नुपर्छ। खेलबाट हामिले धेरै सकरात्मक कुराहरु लिएका छौँ र आगामी खेलमा अझ बलियो रुपमा पुनरागमन गर्ने प्रयास गर्नेछौँ।” धोनीले बताए।
२०१४ पछि पहिलो पटक लिग इतिहासमा चेन्नाई लगातार ३ खेलमा पराजित भएको हो। अब टिमले आगामी खेल आइतबार किंग्स ११ पन्जाब बिरुद्ध खेल्नेछ।
लगातार दोश्रो जितपछि हैदरावाद कप्तान डेभिड वार्नरले आफ्ना खेलाडीहरुको तारिफ गरे –
“खेलाडीहरुले परिस्थितिलाई राम्रोसंग बुझेर खेले जो प्रति मलाई गर्व छ। सबैले निकै मेहनत गरेका थिए र योर्कर र सुस्त बल राम्रो फाले। त्यसैको प्रतिफल हामीले पाएका छौँ। आशा गर्छु यही लय अगाडी पनि कायम रहनेछ।”
हैदरावादले आगामी खेल आइतबार मुम्बई इन्डीएन्स बिरुद्ध खेल्नेछ। जित पछि हैदरावाद ४ खेलमा २ जित र २ हार सहित ४ अंक बटुल्दै अंकतालिकामा चौथो स्थानमा पुगेको छ।
रोमान्चक खेलमा हैदरावाद ७ रनले विजयी, चेन्नाईको लगातार तेश्रो हार
आफ्नो रेकर्ड टुटेपछि रैनाले दिए धोनीलाई बधाई
रैना र हरभजनसंग सम्बन्ध समाप्त गर्दै चेन्नाई