इन्डोनेसियालाई पराजित गर्दा बनेका ४ ठुला रेकर्ड

Nepal Women's Cricket Team
  • विकेटनेपाल, माघ ४ – शुक्रबार

थाइल्याण्डमा जारि महिला टि२० स्म्यास क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले इन्डोनेसियालाई पराजित गरेको छ।

समूह चरणमा खेलेका ४ वटा खेलमा शतप्रतिशत नतिजा निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको नेपालले समुह ‘बि’ को उपविजेता इन्डोनेसियालाई ९२ रनको अन्तरले पराजित गरेको हो। अब नेपालले भोलि हुने फाइनल खेलमा थाइल्याण्ड र संयुक्त अरब इमिरेट्सबिचको बिजेताको सामना गर्ने छ।

नेपालले प्रतियोगितामा टस हारेर पहिलोपल्ट पहिलो इनिंगमा ब्याटिंग गर्दै सिता राना मगरको ४८ रन र इन्दु बर्माको अविजित ३७ रनको मद्दतमा निर्धारित २० ओभरको समाप्तीमा ३ विकेट गुमाएर ११९ रनको योगफल तयार पारेको थियो।

जवाफमा लक्ष्य पछ्याएको इन्डोनेसिया मात्र २७ रनमा समेटिएको थियो। बलिंगमा कप्तान रुबिना क्षेत्रीले २ रन खर्चेर ३ विकेट लिईन। (बिस्तृत जानकारी)

नेपालले जितसंगै फाइनलमा प्रवेश गर्दा बनाएका ४ ठुला रेकर्ड:

९२ रनको जित अन्तर

टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपल्ट पहिलो पारीमा ब्याटिंग गरेको नेपालले इन्डोनेसियालाई ९२ रनको फराकिलो जित दर्ता गर्यो। उक्त अन्तर स्वाभिक रुपमा नेपालको रनको अन्तरका आधारमा सबैभन्दा फराकिलो र पहिलो जित अन्तर बन्यो। लक्ष्य पछ्याउँदा भने नेपालले चिनबिरुद्द ४९ रनको लक्ष्य पछ्याउँदै ६४ बल बाँकी रहंदा १० विकेटको जित निकालेको थियो।

सिता राना मगरको ४८ रन

आज भएको खेलमा पहिले ब्याटिंग गरेको नेपाललाई सामान्य भन्दा धेरै योगफल बनाउन सबैभन्दा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने खेलाडी सिता राना मगर रहिन। उनले ६२ बलको सामना गर्दै बनाएको ४८ रन नेपालको लागि महिला क्रिकेटरले टि२० अन्तर्राष्ट्रियमा बनाएको सर्बाधिक धेरै रन रहेको छ। जसमा मात्र १ चौका सामेल थियो।  उनले यसअघि आफैले युएईसँग बनाएको ३७ रनको रेकर्ड तोडेकी हुन्।

Sita Rana Magar
Sita Rana Magar

सिता र इन्दुको ७० रनको साझेदारी

नेपालले ब्याटिंग गर्दै नबौं ओभरको दोश्रो ओभरमा मात्र ३१ रनको योगफलमा पहिलो विकेट गुमाएको थियो। काजोल श्रेष्ठ व्यक्तिगत २४ रनमा आउट भएकी थिईन। त्यसपछि क्रिजमा आएकी इन्दु बर्माले ओपनर सिता राना मगरसँग मिलेर ७० रनको साझेदारी गरिन्। जुन साझेदारी नेपालि महिला क्रिकेट टिमले टि२० अन्तर्राष्ट्रियमा गरेको सबैभन्दा ठुलो साझेदारी रहेको छ।

यसअघि ओपनरद्वय काजोल श्रेष्ठ र सिता राना मगरले युएईसंगको खेलमा पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरेका थिए। उक्त खेल नेपालले ६ विकेटले जितेको थियो।

आजको खेलमा कीर्तिमानी साझेदारी गर्नेक्रममा उन्नाइसौं ओभरको दोश्रो बलमा सिता रानामगर रन आउट को सिकार हुनुअगी ७० रन जोडिएको थियो। सिताले ४८ रन बनाउँदा इन्दु बर्माले ३३ बलमा आक्रामक ३७ रनको अविजित पारि खेलेकी थिइन्।

सर्बाधिक ठुलो स्कोर

नेपालले बनाएको १२० रनको योगफल टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला टिमले बनाएको सर्वाधिक योगफल हो। युएईसंग नेपालले जित हात पार्ने क्रममा बनाएको १०६ रन यसअघि सर्वाधिक योगफल रहेको थियो। पहिलो इनिंगमा नेपालले ब्याटिंग गरेको टि-२० अन्तर्राष्ट्रियमा यो नै पहिलो अवसर पनि हो।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]