आईपीएल २०२० अन्तर्गत २९ औं खेलमा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्सले डेभिड वार्नर कप्तानीको सनराइजर्स हैदरावादलाई २० रनले पराजित गर्दै तेश्रो जित दर्ता गरेको छ।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा पहिले ब्याटिंग गर्दै चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले पुरा २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो।
हैदरावादको लागि केन विलियमसनले सर्वाधिक ५७ रन बनाए जुन क्रममा ३९ बलमा ७ चौका प्रहार गरे। जोनी बेयरस्टोले २३, प्रियम गर्गले १६, राशिद खानले १४ तथा विजय शंकरले १२ रन बनाए। त्यस बाहेक अन्य ब्याट्सम्यानले दोहरो अंकमा रन बनाउन सकेनन्।
हैदरावादले सुरुवात देखि निरन्तर अन्तरालमा विकेट गुमायो। चौथो ओभरमा कप्तान वार्नर ( ९ रन )लाई स्याम करनले आफैले क्याच लिंदै विकेट दिलाए। सोहि ओभरमा मनिष पाण्डेलाई ( ४ रन ) ब्राभोले रन आउट गरे। एक किनार सम्हालीरहेका ओपनर बेयरस्टोलाई १० औं ओभरमा जडेजाले बोल्ड गरे।
चौथो विकेटको लागि विलियमसन र गर्गले ४० रनको साझेदारी गरे। १५ औं ओभरमा लेग स्पिनर कर्न शर्माले गर्गलाई जडेजाको हातबाट क्याच आउट गर्दै साझेदारी तोडे।
त्यसपपछि पनि विकेट जाने क्रम रोकिएन। १७ अँ ओभरमा विजय शंकर ( १२ रन ) लाई ब्राभोले क्याच आउट गराए। एक किनार सम्हालेर ब्याटिंग गरिरहेका विलियमसनलाई लगत्तै ओभरमा कर्न शर्माले जडेजाबाट क्याच आउट गराउदै खेलमा चेन्नाईलाई हावी बनाए।
विलियमसनको विकेट जाँदा हैदरावादलाई जित्न १६ बलमा ४४ रन आवस्यक थियो। १८ औं ओभरमा विलियमसनको विकेटपछि ब्याटिंग गर्न आएका राशिद खानले पहिलो बलमा छक्का र त्यसपछि २ चौका प्रहार गर्दै हैदरावादको आशा जगाए। उक्त ओभरमा शर्माले १९ रन खर्चिए।
२ ओभरमा हैदरावादलाई जित्न २७ रन आवस्यक रह्यो। १९ औं ओभरको अन्तिम बलमा शार्दुल ठाकुरको बलमा हेलिकप्टर सट खेल्ने क्रममा राशिदले आफ्नै स्टम्प ढालेर हिट विकेट भए। ओभरमा ठाकुरले मात्र ५ रन खर्चेर १ विकेट लिए।
अन्तिम ओभरमा हैदरावादलाई २२ रन आवस्यक रह्यो। ब्राभोले अन्तिम ओभरमा उत्कृस्ट बलिंग गरे र १ रन मात्रै दिएर १ विकेट लिंदै टिमलाई जित दिलाए।
चेन्नाईको बलिंगमा कर्न शर्मा ( ४-०-३७-२ ) र ड्वेन ब्राभो ( ३-०-२५-२ ) ले समान २ विकेट लिए। स्याम करन ( ३-०-१८-१ ) , रभिन्द्र जडेजा ( ३-०-२१-१ ) र शार्दुल ठाकुर ( २-०-१०-१ ) ले समान १ विकेट लिए। दिपक चाहर ( ४-०-२८-० ) र पियुष चावला ( १-०-८-० ) विकेटविहिन रहे।
चेन्नाईको ब्याटिंग
यस अघि टस जितेर ब्याटिंग रोजेको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो।
चेन्नाईको लागि शेन वाटसनले ३८ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै सर्वाधिक ४२ रन तथा अम्बाती रायडुले ३४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४१ रन बनाए। ओपनिंग गरेका स्याम करनले २१ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३१ रन बनाए। कप्तान धोनीले १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २१ रन बनाए। रभिन्द्र जडेजाले अविजित २५ रन बनाए जुन क्रममा १० बलमा ३ चौका र १ छक्का प्रहार गरे।
चेन्नाईले फाफ डु प्लेसीसंग ओपनिंगमा स्याम करनलाई पठाउदै नयाँ प्रयोग गरेको थियो। खाता नखोल्दै डु प्लेसीलाई सन्दिप शर्माले विकेटकिपर बेयरस्टोबाट तेश्रो ओभरको पहिलो बलमा पेभेलियन फर्काए। केहि आक्रामक सट खेलेपछि करनलाई पाँचौ ओभरमा बोल्ड गर्दै सन्दिपले दोश्रो शिकार बनाए।
तेश्रो विकेटको लागि शेन वाटसन र अम्बाती रायडुले ८१ रनको साझेदारी गरे। १६ औं ओभरमा रायडुलाई टि नटराजनले तथा १७ औं ओभरमा वाटसनलाई खलिल एहमदले क्याच आउट गराउदै हैदरावादलाई खेलमा फर्काए।
पाँचौ विकेटको लागि कप्तान महेन्द्र सिंह धोनी र रभिन्द्र जडेजाले १६ बलमा ३२ रनको साझेदारी गरे। १९ औं ओभरमा अन्तिम बलमा धोनीलाई टि नटराजनले विलियमसनबाट क्याच आउट गराए। अन्तिम ओभरको पहिलो बलमा खलिल एहमदले ड्वेन ब्राभोलाई खाता नखोली बोल्ड गरे। अन्तिममा जडेजाले आक्रामक सटहरु खेल्दै टिमको योगफल १६० पार गराए। अन्तिम ५ ओभरमा चेन्नाईले ४ विकेट गुमाएर ५१ रन बनायो।
हैदरावादको बलिंगमा दायाँ हाते पेसर सन्दिप शर्माले २ विकेट लिए जुन क्रममा ४ ओभरमा १९ रन मात्र खर्चिए। उनले डु प्लेसी र स्याम करनको विकेट लिए। टि नटराजन ( ४-०-४१-२ ) ले पनि २ विकेट लिए जुन क्रममा ४ ओभरमा ४१ रन खर्चेर धोनी र वाटसनलाई पेभेलियन फर्काए। यस्तै खलिल एहमदले ४५ रन खर्चेर २ विकेट लिए। राशिद खान ( ४-०-३०-० ) र शाहबाज नदीम ( ४-०-२९-० ) विकेटविहिन रहे।
खेलको प्लेयर अफ द म्याच रभिन्द्र जडेजा चुनिए जसले २५ रन बनाउनुको साथै १ विकेट लिंदा २ वटा क्याच समेत समाते।
अंकतालिका र आगामी खेल
जितपछि चेन्नाई सातौँ स्थानबाट १ स्थान उक्लदै छैठौं स्थानमा पुगेको छ। ८ खेलमा चेन्नाईको ३ जित र ५ हार पछि ६ अंक रहेको छ। समान खेलमा समान जित र हारपछि हैदरावाद नेट रन रेटमा चेन्नाई भन्दा १ स्थान अघि रहेको छ। समान अंक रहेको राजस्थान सातौँ स्थानमा रहेको छ।
चेन्नाईले आगामी खेल दिल्ली बिरुद्ध शनिवार तथा हैदरावादले सोमबार कोलकाता बिरुद्ध आइतबार खेल्ने तालिका रहेको छ।
भोलि बुधबार अंकतालिकाको दोश्रो स्थानमा रहेको दिल्ली र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा ७:४५ बजे राति सुरु हुनेछ।
“पर्पल र अरेन्ज क्याप हेर्दा मात्र आकर्षक” – आश्विन
आश्विनले आखिर किन गरेनन् ‘मांकड’ ? आफैले बताए कारण
डी भिल्लीयर्सलाई अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन भारतीय मुख्य प्रशिक्षक आग्रह
आइपिएलमा सट्टेबाजी खेलाउने ३ भारतीय सहित ७ जना पक्राउ
निको भए गेल, बैंगलोर बिरुद्ध गेल खेल्ने सम्भावना प्रवल, कसलाई गर्लान् प्रतिस्थापन
कोहलीले डी भिल्लीयर्सलाई यस कारण माने “सुपर म्यान”