रेशम केसीलाई अध्यक्ष चयन गर्दै पर्वत क्रिकेट संघ गठन

  • विकेटनेपाल, कार्तिक २९ 

जिल्ला क्रिकेट संघ पर्वतको अध्यक्षमा रेशम बहादुर केसी निर्बिरोध चयन भएका छन्।

संघ कार्यसमितिको उपाध्यक्षमा सुजन शर्मा पौडेल, सचिवमा दीपेन्द्र शर्मा लामिछाने, कोषाध्यक्षमा शिव श्रेष्ठ चयन भएका छन्। यस्तै सदस्यहरुमा सरोज लम्साल, अजय लामिछाने र सञ्जय कँडेल रहेका छन् भने समितिको बिशेष सल्लाहकारमा शिव शर्मा बास्तोला र मोहन आचार्य रहेका छन्।

जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष प्रेम गुरुङ्गको अध्यक्षतामा कार्तिक ४ गते बसेको भेलाले कार्यसमिति चयन गरेको हो।

संघका अध्यक्ष रेशम बहादुर केसीले निर्वाचित भएपछि ‘परिचयनेटवर्क‘ अनलाइनसंग कुरा गर्दै पर्वतको क्रिकेट विकासका लागि महत्वपूर्ण कार्य गर्ने उद्देश्यका साथ संघ गठन गरिएको बताएका छन्।

“पछिल्लो समय क्रिकेटले बिस्तारै स्थान पाउँदै गएको छ,  गण्डकी प्रदेशलाई खेलकुदको केन्द्र बनाउन सम्बन्धित निकाय लागिपर्दा हाम्रो पनि दायित्वबोध होस् भन्ने बुझेर संगठित भएका हौं । परिचयनेटवर्कलाई उनले बताएका छन्।

गत सोमबारनै जिल्ला खेलकुद विकास समिति पर्वतमा क्रिकेट संघलाई दर्ता समेत गरिएको छ।

( समाचार श्रोत – परिचयनेटवर्क )

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy