पर्वत जिल्ला क्रिकेट संघको अध्यक्षमा रेशम बहादुर केसी

बिहिबार सम्पन्न भएको अधिवेशनबाट पर्वत जिल्ला क्रिकेट संघको अध्यक्षमा रेशम बहादुर केसी चयन भएका छन्।

गण्डकी प्रादेशिक क्रिकेट संघ अध्यक्ष देवेन्द्र प्रजुको आतिथ्यमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सुजन शर्मा पौडेल, सचिवमा दिपेन्द्र शर्मा लामिछाने र कोषाध्यक्ष अनिस श्रेष्ठ लगायत ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ।

बिहिबारै सम्पन्न संघको पहिलो बैठकले पर्वत जिल्लामा क्रिकेट विकास गर्ने हेतुले ग्रास रुट क्रिकेटलाई विकास गर्न मध्यनजर गर्दै स्कुल स्तरीय कार्यक्रमहरु र उमेर समुहका यु-१६ र यु-१९ क्रिकेट प्रतियोगिता संचालन गर्ने समेत निर्णय गरिएको छ।

नेपाल क्रिकेट संघको गत वर्ष फागुन महिनामा सम्पन्न वार्षिक साधारण सभाले संघको ४४ औं सदस्यको रुपमा पर्वत जिल्ला क्रिकेट संघलाई मान्यता पर्दान गरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy