पर्वत जिल्ला क्रिकेट संघको अध्यक्षमा रेशम बहादुर केसी

बिहिबार सम्पन्न भएको अधिवेशनबाट पर्वत जिल्ला क्रिकेट संघको अध्यक्षमा रेशम बहादुर केसी चयन भएका छन्।

गण्डकी प्रादेशिक क्रिकेट संघ अध्यक्ष देवेन्द्र प्रजुको आतिथ्यमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सुजन शर्मा पौडेल, सचिवमा दिपेन्द्र शर्मा लामिछाने र कोषाध्यक्ष अनिस श्रेष्ठ लगायत ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ।

बिहिबारै सम्पन्न संघको पहिलो बैठकले पर्वत जिल्लामा क्रिकेट विकास गर्ने हेतुले ग्रास रुट क्रिकेटलाई विकास गर्न मध्यनजर गर्दै स्कुल स्तरीय कार्यक्रमहरु र उमेर समुहका यु-१६ र यु-१९ क्रिकेट प्रतियोगिता संचालन गर्ने समेत निर्णय गरिएको छ।

नेपाल क्रिकेट संघको गत वर्ष फागुन महिनामा सम्पन्न वार्षिक साधारण सभाले संघको ४४ औं सदस्यको रुपमा पर्वत जिल्ला क्रिकेट संघलाई मान्यता पर्दान गरेको थियो।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]