राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेले प्रशिक्षण पदबाट राजीनामा दिएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिम स्कटल्याण्ड भ्रमणबाट मंगलबार नेपाल फर्किएलगत्तै बुधवार पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन् ।
स्कटल्याण्ड भ्रमण अगावै क्यान समक्ष दासानायकेले राजीनामा प्रस्तुत गरेका थिए । तर क्यानले भ्रमण पछि उनको राजीनामा स्वीकृत गरेको बताइएको छ।
राजीनामाको पछाडि पुबुदुले व्यक्तिगत पारिवारिक कारण देखाएका छन्।
