जोन्टि रोड्स भारतको फ़िल्डिङ्ग प्रशिक्षक बन्न सक्ने

Jonty Rhodes
  • विकेटनेपाल – ८ श्रावण, बुधवार 

पूर्व दक्षिण अफ्रिकी क्रिकेटर तथा महान् फ़िल्डर जोन्टी रोड्सले भारतीय क्रिकेट टोलीको फ़िल्डिङ्ग प्रशिक्षकका लागि आवेदन दिएको खबर बाहिरिएको छ।

केहि साता अघि इंग्ल्याण्डमा सम्पन्न एक दिवसिय विश्वकपमा भारतले सेमिफाइनलमा न्युजिल्याण्ड बिरुद्ध हार बेहोरेपछि भारतिय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसिसिआई ) ले टोलीका सबै प्रशिक्षक परिवर्तन गर्ने घोषणा गरेको थियो। मुख्य प्रशिक्षक सहित ब्याटिंग, बलिङ्ग र फ़िल्डिङ्ग प्रशिक्षक संगै फिजियोथेरापिस्ट, ट्रेनर र व्यवस्थापकीय अधिकृतमा बोर्डले नयाँ अनुहार भित्राउने भन्दै इच्छुक प्रशिक्षकहरुलाई आवेदन दिन समेत आग्रह गरेको थियो।

सोहि अनुरुप जोन्टी रोड्सले फ़िल्डिङ्ग प्रशिक्षकका लागि आफ्नो नाम पेश गरेको खबर भारतीय मिडियामा फैलिएको हो। द सपोर्ट रस् , सर्कल अफ क्रिकेट  सहित नाम चलेका अन्य केहि मिडियामा प्रकाशित समाचार अनुशार रोड्सले भारतको फ़िल्डिङ्ग प्रशिक्षकका रुपमा काम गर्ने सम्भावना ठूलो रहेको छ।

यसअघि भारतको फ़िल्डिङ्ग प्रशिक्षकका रुपमा आर श्रीधरले काम गर्दै आएका छन्। यस्तै मुख्य प्रशिक्षक रभी शास्त्री, बलिङ्ग प्रशिक्षक भरत अरुण र ब्याटिंग प्रशिक्षक संजय बांगरको स्थानमा समेत बिसिसिआईले नया आवेदनको लागि समय खुलाएको छ।

R Sridhar

इन्डियन प्रिमियर लिग ( आइपिएल ) क्रिकेटमा रोहित शर्मा कप्तानीको मुम्बई इन्डियन्सको फ़िल्डिङ्ग प्रशिक्षक रहिसकेकाले समेत रोड्स भारतीय टोलीसंग जोडिन सक्ने प्रवल सम्भावना रहेको छ। सन् १९६९ मा जन्मिएका रोड्ससंग दक्षिण अफ्रिकाबाट ५२ टेस्ट, २४५ एक दिवसिय र १६४ प्रथम श्रेणी क्रिकेटको अनुभव रहेको छ। रोड्सले एक दिवसिय क्रिकेटमा १०५ , टेस्ट क्रिकेटमा ३४ र प्रथम श्रेणी क्रिकेटमा १२७ क्याच आफ्नो नाम गरेका छन्।

Jonty Rhodes
Jonty Rhodes

सन् १९९२ को विश्वकपमा पाकिस्तान बिरुद्धको खेलमा इन्जमाम् उल हकलाई हावामा छ्ल्लाङ्ग लगाउंदै रन आउट गरेपछि रोड्सको फ़िल्डिङ्गको चर्चा विश्वभर चुलिएको थियो। इन्जमाम् लाई रन आउट गर्दाको सो तस्विरलाई एक पत्रिकाले, ” के यो चरा हो ? के यो प्लेन हो ? हैन उनी जोन्टी रोड्स हुन् ” लेखेर प्रकाशित गरेपछि रोड्स फ़िल्डिङ्गको क्षेत्रमा थप चिनिएका थिए।

Pawan Sarraf , Jonty Rhodes
Pawan Sarraf , Jonty Rhodes

पछिल्लो बर्ष नोभेम्बरमा जोन्टी पहिलो पटक नेपाल समेत आएका थिए। नेपाली उमेर समुहका खेलाडी र एकेडेमी तहका खेलाडीहरुलाई प्रशिक्षणमा समय बिताएका रोड्सलाई तेस्रो संस्करणको धनगढी प्रिमियर लिग ( डिपिएल )मा सद्द्भावना दुत समेत बनाइएको थियो। सोहि प्रतियोगिताका क्रममा जोन्टीले उपाधी विजेता टोली सिवाइसी अत्तरियाको प्रशिक्षण समेत गराएका थिए।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]