विराटनगरमा रिचा मेमोरियल इन्डो-नेपाल टी-२० क्रिकेट हुने

२०७९ चैत्र ६, सोमबार ०९:१०

विराटनगर / पूर्वाञ्चल क्रिकेट एकाडेमीको आयोजनामा विराटनगरमा इन्डो–नेपाल टि–२० क्रिकेट हुने भएको छ ।

आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरि इन्डो–नेपाल टि–२० क्रिकेट हुन लागेको बताएको हो ।

एकाडेमीका अध्यक्ष नरेश श्रेष्ठले आफ्नी दिवगंत भइसकेको छोरी रिचा श्रेष्ठको स्मृतीमा पहिलो रिचा मेमोरियल टि–२० क्रिकेट प्रतियोगिता आउँदो चैत्र २५ गतेदेखि विराटनगरको मेरिवल ज्वाला विराटनगर क्रिकेट मैदानमा हुने बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार नेपालको विभागिय ३ टिम, सुदुरपचिम प्रदेशको १ टिम र कोशी प्रदेशका राजधानी विराटनगरका १ टिम र भारतको विभिन्न राज्यका ३ टिम सहभागि हुने बताएका छन् ।

प्रतियोगिता सम्पनन गर्न करिव ४० लाख खर्च हुने आयोजकले जनाएको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy