रिचर्ड लेभीले गरे छक्का ! को वर्षा

Richard Levi
  • विकेनेपाल, मङ्सिर-२४ , सोमबार 

दक्षिण अफ्रिकी क्रिकेटर रिचर्ड लेभीले एभरेस्ट प्रिमियर लिग अन्तर्गत जारि दोश्रो खेलमा पनि विस्फोटक ब्याटिंग गरेका छन्।

पोखरा राइनोजको प्रतिनिधित्व गरिरहेका उनले आइतबार सम्पन्न खेलमा भैरहवा ग्ल्याडीएटर्स बिरुद्ध ७९ रनको विस्फोटक इनिंग खेलेका थिए  जुन क्रममा ७ छक्का र ७ वटै चौका प्रहार गरेका थिए। लेभीको उक्त इनिंगको बाबजुत पोखरालाई भैरहवाले ४ विकेटले पराजित गरेको थियो।

आफ्नो सोहि फर्मलाई निरन्तरता दिने क्रममा लिगको दोश्रो खेलमा पनि ललितपुर प्याट्रिएट्ससंग लेभीले ८४ रनको इनिंग खेलेका छन्।

जारि खेलमा टस जितेर पहिले ब्याटिंग रोजेको पोखरालाई लेभीले मात्र ३९ बलमा ९ छक्का र ३ चौका प्रहार गर्दै तेज सुरुवात दिलाएका हुन्। लेभीलाई पवन सर्राफले दशौ ओभरको अन्तिम बलमा क्याच आउट गराएका थिए।

लेभी आउट हुँदा राइनोजले १० ओभरमा १ विकेट गुमाएर ९७ रन बनाईसकेको थियो।

३१ बर्षिय लेभीले इनिंगको पाँचौ ओभरमा सन्नी पटेललाई २ छक्का तथा नवौं ओभरमा राशिद खानलाई पनि २ छक्का हिर्काएका थिए। दशौ ओभरमा पवन सर्राफलाई २ छक्का र १ चौका हिर्काएपछि सर्राफलाई विकेट दिंदै उनि आउट भए।

Richard Levi ( File Photo )

को हुन् रिचर्ड लेभी ? 

इपिएल खेल्ने सबैभन्दा ठूलो नामका रुपमा हेरिएका दक्षिण अफ्रिकी क्रिकेटर रिचर्ड लेभी टि-२० क्रिकेटमा बिष्फोटक ब्याटिंगका लागि चिनिने गर्छन्। ३१ बर्षीय लेभीले सन् २०१२ मा न्युजील्याण्ड बिरुद्ध मात्र ४५ बलमा शतक बनाउंदै टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने रेकर्ड आफ्नो नाम गरेका थिए। सो रेकर्ड पछि गएर दक्षिण अफ्रिकाकै डेभिड मिलरले तोड्न पुगे। लेभीले सोहि इनिंगकै क्रममा १३ छक्का प्रहार गरेका थिए जुन सो समयमा एकै टि-२० इनिंगमा ब्याट्सम्यानले प्रहार गरेको सर्वाधिक छक्का समेत थियो।

बिष्फोटक ब्याटिंगका लागि चिनिने लेभीको इनिंगपछि इन्डियन प्रिमियर लिगको टोलि मुम्बई इन्डीयन्सले ४ लाख डलरमा उनलाई टोलीमा समेत लिएको थियो। आइपिएलमा मात्र ६ खेल खेल्ने मौका पाएका लेभीले कुल ८३ रन मात्र बनाउन सके।

त्यसयता दक्षिण अफ्रिकाका लागि १३ टि-२० अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका लेभीको नाममा १४१.३१ को बिष्फोटक स्ट्राइक रेटमा २३६ रन रहेको छ। यस्तै इंग्ल्याण्डको काउन्टी क्रिकेटमा समरसेट र बिभिन्न घरेलु टि-२० लिगमा उनले १९८ खेल खेल्दा ५०७० रन बटुलेका छन्। अन्तिम पटक लेभीलेले अन्तिम पटक सन् २०१२ मा न्युजिल्याण्ड बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय खेलेका थिए।





थप समाचार

एन्डरसनको बिदाई खेलमा इंग्ल्यान्डको जित

काठमाडौं । तीव्र गतिका बलर जेम्स एन्डरसनको बिदाइ खेलमा वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट इंग्ल्यान्डले एक इनिङ १ सय १४ रनको […]

टमाटा सम्मानित

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक जगत टमाटा सम्मानित भएका छन् । टमाटालाई इलाइट मुभर्स एजुकेसन […]

आसिफ इलाइट मुभर्स एजुकेसनको ब्रान्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेख इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । हाललाई […]

महिला एसिया कप : पहिलो संस्करण दुई टोलीबीचको सिरिज

काठमाडौं । सन् २००४ मा पहिलो संस्करणको एसीसी महिला एसिया कप भएको मानिए पनि २००४ को सो एसिया कप केबल […]

एसिया कप : यस्तो छ नेपालको खेल तालिका

काठमाडौं । नेपालले आगामी महिना श्रीलंकामा आयोजना हुने एसीसी महिला एसिया कपमा सहभागीता जनाउँदै छ । प्रतियोगिताको नवौं संस्करण हुदै […]

हसरंगाले दिए कप्तानीबाट राजीनामा

काठमाडौं । श्रीलंकाका राष्ट्रिय क्रिकेट टोलीका कप्तान वानिन्दु हसरंगाले टी–२० अन्तर्राष्ट्रियको कप्तानीबाट राजीनामा दिएका छन् । हसरंगाले भारतसँग यसै महिनाको […]