लेभीको विस्फोटक इनिंग मदतले पोखराद्वारा ललितपुरलाई १६७ रनको लक्ष्य

Richard Levi
  • विकेटनेपाल, मङ्सिर-२४ , सोमबार 

टस जितेर ब्याटिंग रोजेको पोखरा राइनोजले विस्फोटक सुरुवात गर्यो। ओपनर रिचर्ड लेभी र कायल कोट्जरले पहिलो विकेटको १० ओभरमा ९७ रन बनाए।

दशौँ ओभरको अन्तिम बलमा पवन सर्राफले लेभीलाई क्याच आउट गर्दै प्याट्रीएट्सलाई राहत दिलाएका थिए। आउट हुनु अघि लेभीले मात्र ३९ बलमा ९ छक्का र ३ चौका मद्दतले ८४ रन हिर्काए।

अघिल्लो खेलमा पनि आक्रामक इनिंग खेल्दै लेभीले भैरहवा ग्ल्याडीएटर्स बिरुद्ध ७९ रनको विस्फोटक इनिंग खेलेका थिए  जुन क्रममा ७ छक्का र ७ वटै चौका प्रहार गरेका थिए। लेभीको इनिंगको बाबजुत पोखरालाई भैरहवाले ४ विकेटले पराजित गरेको थियो।

३१ बर्षिय लेभीले इनिंगको पाँचौ ओभरमा सन्नी पटेललाई २ छक्का तथा नवौं ओभरमा राशिद खानलाई पनि २ छक्का हिर्काएका थिए। दशौ ओभरमा पवन सर्राफलाई २ छक्का र १ चौका हिर्काएपछि सर्राफलाई विकेट दिंदै उनि आउट भए।

लेभीको विकेट जाँदा १० ओभरमा ९७/१ रहेको पोखराको स्कोर त्यसपछि भने सुस्त भएको थियो। अर्का ओपनर कायल कोट्जर १९, सुनिल धमला १० तथा पल कग्लिन १४ रन बनाएर आउट हुन पुग्दा रन रेटमा पनि अंकुस लाग्यो।

Richard Levi after scoring Half Century
Richard Levi after scoring Half Century

अन्तिममा बिनोद भण्डारीले २३ बलमा ३४ रन बनाउदा राइनोजले योगफल १५० पार गरायो। उनले ३ चौका र १ छक्का प्रहार गरे।

राइनोजले २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाउदा इनिंग समाप्त गर्यो।

ललितपुरको बलिङ्गमा पवन सर्राफले ३ विकेट लिए भने अन्य बलरहरु विकेट विहिन रहे। सर्राफले ४ ओभरमा ३१ रन खर्चिए। ललितपुर बलरहरुको स्पेल – सन्नी पटेल ( ३-०-२४-० ) , ललित राजबंशी ( ३-०-२६-० ) , गौरभ तोमर ( ४-०-२६-० ) , राशिद खान ( २-०-३०-० ) , पवन सर्राफ ( ४-०-३१-३ ) , योगेन्द्र सिंह कार्की ( ४-०-२८-० )

अनुशासित बलिङ्ग गरेको ललितपुरले अतिरिक्तको रुपमा ३ रन मात्रै खर्चियो।  हेर्नुस स्कोरकार्ड 

 

लेभीको छक्का बर्षा 

दक्षिण अफ्रिकी क्रिकेटर रिचर्ड लेभीले एभरेस्ट प्रिमियर लिग अन्तर्गत जारि दोश्रो खेलमा पनि विस्फोटक ब्याटिंग गरेका छन्।

पोखरा राइनोजको प्रतिनिधित्व गरिरहेका उनले आइतबार सम्पन्न खेल मा भैरहवा ग्ल्याडीएटर्स बिरुद्ध ७९ रनको विस्फोटक इनिंग खेलेका थिए  जुन क्रममा ७ छक्का र ७ वटै चौका प्रहार गरेका थिए। लेभीको उक्त इनिंगको बाबजुत पोखरालाई भैरहवाले ४ विकेटले पराजित गरेको थियो।

आफ्नो सोहि फर्मलाई निरन्तरता दिने क्रममा लिगको दोश्रो खेलमा पनि ललितपुर प्याट्रिएट्ससंग लेभीले ८४ रनको इनिंग खेलेका छन्।

जारि खेलमा टस जितेर पहिले ब्याटिंग रोजेको पोखरालाई लेभीले मात्र ३९ बलमा ९ छक्का र ३ चौका प्रहार गर्दै तेज सुरुवात दिलाएका हुन्। लेभीलाई पवन सर्राफले दशौ ओभरको अन्तिम बलमा क्याच आउट गराएका थिए।

लेभी आउट हुँदा राइनोजले १० ओभरमा १ विकेट गुमाएर ९७ रन बनाईसकेको थियो।

३१ बर्षिय लेभीले इनिंगको पाँचौ ओभरमा सन्नी पटेललाई २ छक्का तथा नवौं ओभरमा राशिद खानलाई पनि २ छक्का हिर्काएका थिए। दशौ ओभरमा पवन सर्राफलाई २ छक्का र १ चौका हिर्काएपछि सर्राफलाई विकेट दिंदै उनि आउट भए।

को हुन् रिचर्ड लेभी ? 

इपिएल खेल्ने सबैभन्दा ठूलो नामका रुपमा हेरिएका दक्षिण अफ्रिकी क्रिकेटर रिचर्ड लेभी टि-२० क्रिकेटमा बिष्फोटक ब्याटिंगका लागि चिनिने गर्छन्। ३० बर्षीय लेभीले सन् २०१२ मा न्युजील्याण्ड बिरुद्ध मात्र ४५ बलमा शतक बनाउंदै टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने रेकर्ड आफ्नो नाम गरेका थिए। सो रेकर्ड पछि गएर दक्षिण अफ्रिकाकै डेभिड मिलरले तोड्न पुगे। लेभीले सोहि इनिंगकै क्रममा १३ छक्का प्रहार गरेका थिए जुन सो समयमा एकै टि-२० इनिंगमा ब्याट्सम्यानले प्रहार गरेको सर्वाधिक छक्का समेत थियो।

बिष्फोटक ब्याटिंगका लागि चिनिने लेभीको इनिंगपछि इन्डियन प्रिमियर लिगको टोलि मुम्बई इन्डीयन्सले ४ लाख डलरमा उनलाई टोलीमा समेत लिएको थियो। आइपिएल क्रिकेटमा मात्र ६ खेल खेल्ने मौका पाएका लेभीले कुल ८३ रन मात्र बनाउन सके।

त्यसयता दक्षिण अफ्रिकाका लागि १३ टि-२० अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका लेभीको नाममा १४१.३१ को बिष्फोटक स्ट्राइक रेटमा २३६ रन रहेको छ। यस्तै इंग्ल्याण्डको काउन्टी क्रिकेटमा समरसेट र बिभिन्न घरेलु टि-२० लिगमा उनले १९८ खेल खेल्दा ५०७० रन बटुलेका छन्। अन्तिम पटक लेभीलेले अन्तिम पटक सन् २०१२ मा न्युजिल्याण्ड बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय खेलेका थिए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]