दिल्ली क्यापिटल्सले सोमबार बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बिरुद्ध खेलमा टस हारेर ब्याटिंग गर्दै उत्कृस्ट सुरुवात गर्यो। ओपनर पृथ्वी शले ५ चौका र २ छक्का प्रहार गर्दै शिखर धवनसंग निडर सुरुवात गरे। दुर्भाग्यवस श मोहम्मद सिराजको बलमा ब्याटको माथिल्लो किनार लाग्दै विकेट पछाडी एबि डी भिल्लीयर्सबाट क्याच आउट हुन पुगे। २३ बलमा ४२ रन बनाएका पृथ्वी शले आउट हुनु अघि दिल्लीलाई ठूलो योगफल बनाउन आवस्यक सुरुवात दिए।
खेलको दौरान पूर्व क्रिकेटर तथा कमेन्टेटर केभिन पिटरसनसंग कुराकानी गर्ने क्रममा दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले युवा खेलाडीको तारिफ गरेका थिए –
“पृथ्वीलाई ब्याटिंग गरेको देख्दा आनन्दित महसुस भयो। आईपीएलमा साच्चै एक माथिल्लो स्तरका खेलाडी देख्न थालेका छौँ। उनि प्राविधिक रुपमा उत्कृस्ट छन् भने फास्ट र स्पिन बलिंग दुवै राम्रो खेल्न सक्छन्।” पोन्टिङले बताए।
पिटरसनले पृथ्वीको ब्याटिंग टेक्निकमा परिवर्तन भएको बारे प्रश्न गरेका थिए। त्यसको जवाफमा पोन्टिङले शले आफ्नो १-२ वर्षको खेल विश्लेषण गरेर ब्याटिंगमा सुधार गरेको बताए –
“हो उनले गत १-२ वर्षको आफ्नो खेलको विश्लेषण गरेका छन्। उनको पछाडीको खुट्टा लेग स्टम्पमा गएको छ। म उनिसंग थोरै कुरा गर्छु। म कसैलाई पनि आवश्यकता भन्दा बढी प्रशिक्षण गर्नेमा विश्वास गर्दिन, विशेष गरि यो फर्म्याटमा त्यो पनि यस्तो खेलाडी जो संग प्रतिभा भरपुर छ।”
“उनिहरु आफै संघ भएको कुरालाई प्रशिक्षित गर्नु पर्दैन। मलाई लाग्छ नि बुझ्छन्, उनले केहि सुधार गरेका छन् र बढी अफस्टम्प बाहिर ब्याटिंग गरिरहेका छन्। पछाडीको खुट्टा लेग साइड तिर गएपछि। उनि उत्कृस्ट लयमा छन्। उनले बिगत केहि दिनमा देखाएका छन् कि टिमको लागि के भूमिका खेल्न सक्छन्।” पोन्टिङले थपे।
खेलपछि प्रतिक्रिया दिने क्रममा पृथ्वी शले अम्रो सुरुवातको बाबजुद ठूलो योगफल बनाउन नसकेकोमा पछुतो माने-
“मलाई लाग्छ कि पावरप्ले पछि पनि इनिंग अघि बढाउनु पर्थ्यो। तर दुर्भाग्य मैले मौका गुमाए। तर अब त्यो खेल इतिहास बनिसकेकको छ त्यसैले म त्यसलाई छोडेर अर्को खेलमा केन्द्रित गर्नेछु।” शिखर धवनसंग ६८ रनको ओपनिंग साझेदारी गरेका उनले थप बताए –
“निश्चित रुपमा हामीले यो लयलाई प्रतियोगिता भर कायम राख्नु पर्नेछ। हामि बिना कुनै विकेट गुमाएर यस्तै सुरुवात चाहन्थ्यौ , खासगरी पावरप्लेमा। पहिलो ६ ओभरमा हामीले ६३ रन बनायौं जुन मलाई लाग्छ राम्रो सुरुवात थियो। हामि मध्यक्रम र तल्लो क्रमको ब्याट्सम्यानहरुलाई फाइदा दिन चाहन्छौं ताकी जब उनीहरु ब्याटिंग गर्न आउछन् आफ्नो स्वाभाविक खेल खेल्न सकुन्।”
शले जारि लिगमा खेलेको ५ खेलमा २ वटा अर्धशतक बनाइसकेका छन्। दायाँ हाते ओपनरले चेन्नाई बिरुद्ध ६४, कोलकाता बिरुद्ध ६६ तथा बैंगलोर बिरुद्ध ४२ रन बनाएका थिए। ५ खेलमा उनले ३५.८० को औशत र १४७.९३ को स्ट्राइरेटमा १७९ रन बनाएका छन् र सर्वाधिक रन बनाउने सुचीमा पाँचौ स्थानमा छन्।
२०१८ मा आईपीएल डेब्यु गरेका उनले ३० खेल खेल्ने क्रममा ६ कुल ६ अर्धशतक मद्दतले ७७७ रन बनाएका छन् जुन क्रममा उनको औशत २५.९ र स्ट्राइक रेट १४२.५७ रहेको छ।
को हुन् भुवनेश्वरलाई प्रतिस्थापन गर्ने बलर जसले गत सिजन वार्नरको विकेट लिएका थिए
रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन
लिगबाटै बाहिरिएका अमित मिश्राको प्रतिक्रिया – “सोचेकै थिईन, चोट यति गम्भीर हुनेछ”
IPL : ताजा अंकतालिका, रबाडालाई पर्पल क्याप, अरेन्ज क्याप दौडमा को-को छन्
हारपछि दिल्लीको तारिफ गर्दै कोहलीले भने – “पराजित गर्न मुस्किल टिम”