रिसको झोंकमा शाकिबले होस गुमाएपछि

बंगलादेशमा जारि ढाका प्रिमियर लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलमा चर्चित बंगलादेशी अलराउण्डर शाकिब अल हसनले लज्जास्पद हर्कत देखाएपछि निकै आलोचित बनेका छन्। एकदिवसीय क्रिकेटका विश्व नम्बर-१ अलराउण्डर हसनले अम्पायरको निर्णय चित्त नबुझेपछि देखाएको व्यवहार तल्लोस्तरको रहेको छ।

लिगमा मोहम्मद स्पोर्टिंग क्लबको प्रतिनिधित्व गर्ने क्रममा हसन बिपक्षी टिम अबहानी लिमिटेडका ब्याट्सम्यान मुस्फिकुर रहिम बिरुद्ध हसन बलिंग गरिरहेका थिए। सो क्रममा एउटा बल रहिमको प्याडमा लागेको थियो जसपछि हसनले एलबिडब्लुको अपिल गरे जसलाई अम्पायरले नकारे। अम्पायरको फैसला हसनलाई चित्त नबुझेपछि उनले तुरुन्तै स्टम्पलाई लातले हान्दै ढाले जसपछि अम्पायरसंग बहस समेत गर्न लागे। टिमका अन्य खेलाडीले समेत उनलाई शान्त बनाउन कोशिस गरेका थिए।


शाकिब त्यतिमै सिमित भएनन्। खेलकै क्रममा उनले अर्को पटक पनि सिमा आक्रोशको सिमा पार गरे। अम्पायरसंग बहस गर्दै गर्दा हसनले स्टम्पनै उखालेर पिचमा फालिदिए। छैठौं ओभरको पाँचौ बल पछि अम्पायर महफुजुर रहमानले ग्राउण्डस्टाफलाई हल्का वर्षा सुरु भएकोले कभर ल्याउन इशारा गरेका थिए। त्यसपछि शाकिब अम्पायरतर्फ केहि भन्दै दगुरे र सो क्रममै नन स्ट्राइक इन्डतर्फको स्टम्प उखालेर फालिदिए। खेल रोक्न पर्ने गरि वर्षा नभएको शाकिबको धारणा थियो।

हसनले एकै खेलमा दुई पटक देखाएको उक्त व्यवहार पछि सामाजिक संजालमा हसनको चर्को आलोचना भएको छ। हसनलाई प्रतियोगिताबाट मात्रै नभई अन्तर्राष्ट्रिय क्रिकेटबाट समेत प्रतिबन्ध गर्नुपर्ने माग गरिएको छ।

शाकिबले भने खेलपछि सामाजिक संजालमार्फत आफूले रिसको आवेगमा होस् गुमाएको स्वीकार गर्दै माफी मागेका छन्। उनले लेखेका छन् –

“प्रिय समर्थकहरु, खेलको दौरान मैले आवेगमा होस् गुमाएको घटना प्रति म माफी माग्छु। म जस्तो अनुभवी खेलाडीले यस्तो प्रतिक्रिया देखाउनु हुँदैन थियो, तर कहिलेकाहीं दुर्भाग्यवस यस्तो गल्ति हुने गर्छ। म टिमहरु, व्यवस्थापन, प्रतियोगिता अफिसियल र आयोजक समक्ष यो मानवीय गल्तिको लागि माफी माग्छु र आशा गर्छु कि यस्तो गल्ति भविष्यमा पुनः दोहोरिने छैन। धन्यवाद र सबैलाई माया।”

शाकिबको निक्रिस्ट हर्कत पछि आयोजक ढाका क्रिकेट कमिटि मेट्रोपोलिसका अध्यक्ष काजि इनामले घटना दुर्भाग्यपूर्ण बताउदै शाकिबलाई शनिवारसम्म कारवाही सुनाइने बताएका छन्-

“यो दुर्भाग्यपूर्ण छ। हामीले खेलाडीबाट यस्तो परिस्थितिमा आफ्नो भावना नियन्त्रण गरोस् भन्ने चाहन्छौ। बंगलादेशको व्यवसायिक अन्तर्राष्ट्रिय खेलाडीबाट यस्तो उदाहरण हामि देख्न चाहदैनौ। अम्पायर र म्याच रेफ्रीले छिट्टै रिपोर्ट प्रस्तुत गर्नेछन् जसपछि हामीले कारवाही गर्नेछौँ।” इनामले बताए।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]