रिशव पन्तले प्रहार गरे टि-२० मा दोश्रो छिटो शतक

  • विकेटनेपाल, १ माघ – सोमबार 

रिशब पन्त ट्वान्टी२० क्रिकेटमा दोस्रो छिटो शतक प्रहार गर्ने ब्याट्सम्यान बनेका छन्। भारतको घरेलु टि-२० प्रतियोगिता सैयद मुस्ताक अलि ट्रफिमा दिल्लीको लागि खेल्दै पन्तले यो उचाई हाँसिल गरेका हुन्।

आइतबार सम्पन्न हिमान्चल प्रदेश विरुद्धको खेलमा पन्तले मात्र ३२ बलमा शतक पूरा गरे। यो टि-२० क्रिकेट इतिहासकै दोस्रो छिटो शतक पनि हो। सबैभन्दा छिटो शतक प्रहार गर्ने रेकर्ड भने क्रिस गेलको नाममा रहेको छ। उनले आईपिएल २०१३ मा युवराज सिंहको पुने वारीयर्स विरुद्ध ३० बलमानै शतक प्रहार गरेका थिए।

१४५ रनको लक्ष्य पछ्याउने क्रममा २० वर्षीय बायाँ हाते ब्याट्सम्यान पन्तले ३२ बलमा नै आफ्नो शतक पुरा गरे। उनले ११६ रनको अविजित पारी खेल्ने क्रममा ३८ बलमा ८ चौका र १० छक्का प्रहार गरेका थिए। उनका ओपनिंग पार्टनर गौतम गम्भीरले भने अविजित ३० रन बनाए।

शतक प्रहार गरेपछि रिशभ ( फोटो – Times of India )

टस हारेर पहिले ब्याटिंग गरेको हिमान्चल प्रदेशले राम्रो सुरुवात का बाबजुद निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन मात्र बनाएको थियो। उसका लागि निखिल गंगताले सर्वाधिक४० रनको योगदान गरे भने कप्तान प्रशान्त चोपराले ३० प्रहार गरे। दिल्लीको बलिंगमा प्रदीप संग्वानले २ विकेट लिएका थिए।

रिशब पन्त यस्तै खतरनाक तथा विस्फोटक पारिको लागि चिनिने गर्दछन । सन् २०१६ को यु१९ विश्वकपमा पन्तले नेपाल बिरुद्द पारीको सुरुवात गर्दै ७८ रनको पारि खेलेका थिए । मात्र २४ बलको सामना गरेका उनले ९ चौका र ५ छक्का प्रहार गरेका उनले यु१९ विश्वकपमा सबैभन्दा छिटो १८ बलमा अर्धशतक बनाउने किर्तिमान आफ्नो नाममा लेखाएका थिए ।

नेपाल बिरुद्द ब्याटिंग गर्दै रिशब पन्त (फोटो: आइसीसी)

छिटो शतक प्रहार गर्ने खेलाडी ( टि-२० म्याच )
३० बल – क्रिस गेल ( वेस्ट इन्डिज )
३२ बल – रिशव पन्त (भारत )
३४ बल – एंड्रू सिमोंड्स (अस्ट्रेलिया )
३५ बल – एल.पि भानडर वेस्थुजिन ( नामिबिया )
३५ बल – रोहित शर्मा ( भारत )
३५ बल – डेभिड मिलर ( दक्षिण अफ्रीका )

यस जित संगै दिल्ली ४ खेलमा ३ जित र १ हार का साथ १२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ मा यथावोत छ |अस्ति मात्र भएको आईपीएलको एघारौँ संस्करण रिटेन्सन कार्यक्रममा दिल्ली डेयरडेभिल्सले रिसभ पन्त लाई ८ करोडमा रिटेन गरेको थियो |

(Featured Image: @BCCI)





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]