धवनको सट्टा रिशभ, को होला भारतको ओपनर र नम्बर-४ ?

अस्ट्रेलियासंग खेलको क्रममा बुढी औलाँमा चोट लागेका कारण आगामी खेल खेल्न नसक्ने हुँदा भारतीय ओपनिंग ब्याट्सम्यान शिखर धवनको सट्टा विकेटकिपर ब्याट्सम्यान रिशभ पन्त भारतीय टिममा जोडिने भएका छन्।

भारतीय क्रिकेट बोर्डले ( बिसीसीआई ) पन्तलाई सकभर चाडो इंग्ल्याण्ड बोलाइसकेको बताएको छ। पन्त इंग्ल्याण्ड आए पनि अधिकारिक रुपमा धवनको प्रतिस्थापनको रुपमा भने टिममा जोडिने छैनन्। धवन अझै पनि भारतीय टिमको मेडिकल टिमको निगरानीमा रहनेछन्।

रिशभ पन्तलाई भारतीय टिमले यस अघि १५ सदस्यीय टिममा स्थान दिएको थिएन। रायडु र पन्तलाई बिकल्पको रुपमा राखिएको थियो। धवन घाइते हुँदा भारतीय टिम व्यवस्थापनले अनुभवी रायडुको सट्टा दिल्लीका युवा खेलाडी पन्तलाई पहिलो रोजाईमा राखेको हो।

“शिखरले भारतको आगामी ३ देखि ४ वटा खेल गुमाउने पक्का छ जसको लागि हामीसंग राम्रो प्रतिस्थापनको बिकल्प रहेको छ” भारतीय ब्याटिंग प्रशिक्षक संजय बांगरले बताए।

“हामि शिखरलाई पक्कै मिस गर्नेछौँ।”  भारतले भोलि बिहिबार न्युजिल्याण्डसंग आफ्नो तेश्रो खेल खेल्दैछ।

रिशभ पन्त मिडल अर्डरमा ब्याटिंग गर्छन् र एउटा देब्रे हाते ब्याट्सम्यानको रुपमा उनि राम्रो बिकल्प हुन्”

धवनको बिकल्पमा केएल राहुलले रोहित शर्मासंग ओपनिंग ब्याटिंग गर्ने सम्भावना रहेको छ। भारतले न्युजिल्याण्ड र पाकिस्तानसंग आगामी खेल खेल्नेछ। राहुलले ओपनिंग गर्दा दिनेश कार्तिक र विजय शंकर मध्ये एकले नम्बर ४ मा ब्याटिंग गर्नसक्ने छन्।

“टिम म्यानेजमेन्टले धवनलाई टिमसंगै इंग्ल्याण्डमा रहने र उनको अवस्था अवलोकन गर्ने निर्णय गरेका छौँ”

सुत्रका अनुसार  धवनले बुढी औंलाको चोटका कारण ३ हफ्ता खेल्न नसक्ने छन् जसका कारण समुह चरणको पुरा खेल गुमाउन सक्ने सम्भावना छ।

धवनले अस्ट्रेलियासंगको महत्वपूर्ण खेलमा जित हात पार्ने क्रममा ११७ रनको इनिंग खेलेका थिए जसको मदतले भारतले ३५२ रन बनाएको थियो। उक्त खेलमा धवनको सट्टा रभिन्द्र जडेजाले पुरै ओभर फिल्डिंग गरेका थिए।

धवनले बुधबार दिउसो एक उर्जा भरिएको कविता ट्वीट पोस्ट गरेका छन् जुन यस प्रकार रहेको छ –

कभी मेहेक कि तारह हम गुलोंसे उड्ते हें…
कभी धुवेंकि तरह हम पर्वतोंसे उड्ते हें…
ए कैचियाँ हमें उड्नेसे खाक रोकेंगी…
के हम परोंसे नहीं हौसलोंसे उड्ते हें…





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]