युरो कप हेर्न पुगेका पन्तमा देखियो कोरोना, टिमसंग जोडिन पाएनन्

२०७८ असार ३१, बिहीबार १४:२६

भारतीय क्रिकेट टिमका ओपनर रिशभ पन्त कोरोना संक्रमित भएका छन्। आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप पछि भारतीय क्रिकेट टिमका सदस्यहरुलाई इंग्ल्यान्डमै २० दिनको विदा दिईएको थियो जसपछि गरिएको कोभिड-१९ टेस्टमा पन्तको रिपोर्ट नेगेटिभ आएको हो।

कोभिड-१९ संक्रमित भएपछि पन्त भारतीय टिमसंग डरहममा जोडिन नपाउने भएका छन्। भारतले इंग्ल्यान्डसंग ५ वटा टेस्टको सिरिज खेल्दैछ जसको लागि भारतीय टिम डरहममा बिहिबार भेला हुने तालिका रहेको थियो।

भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) श्रोतका अनुसार पन्त बिगत आठ दिन देखि आइसोलेसनमा बसीरहेका छन्। पन्तलाई कोभिड-१९ को लक्षणहरु भने देखिएको छैन। पन्तसंग अन्य खेलाडीहरु भने सम्पर्कमा नरहेको हुँदा अन्य खेलाडीहरु भने संक्रमित भएका छैनन्।


पन्त जुन ३० तारिखमा युरो कप फुटबल प्रतियोगिता हेर्न स्टेडियम पुगेका थिए जहाँ उनि संक्रमित भएको अनुमान गरिएको छ। पन्त आफैले स्टेडियमको फोटो सार्वजनिक गरेका थिए।

भारतले अगस्ट ४ तारिख देखि इंग्ल्यान्डसंग ५ टेस्टको सिरिजमा प्रतिस्पर्धा गर्दैछ। त्यस अघि भारतले जुलाई २० तारिखमा अभ्यास खेल खेल्ने तालिका रहेको छ। यो सिरिजबाट भारत र इंग्ल्यान्डले वर्ल्ड टेस्ट च्याम्पियनसिपको नयाँ साइकल समेत सुरु गर्नेछ।

भर्खरै इंग्ल्यान्ड क्रिकेट टिमका सदस्यहरुलाई कोरोना देखिएपछि पाकिस्तान बिरुद्धको सिमित ओभर सिरिजमा इंग्ल्यान्डले दोश्रो दर्जाको टिम लिएर खेलेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy