रितलाई न्युजिल्यान्डमा खेल्ने अवसर

नेपाली अन्डर -१९ राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रित गौतमले न्युजिल्यान्डमा क्रिकेट खेल्ने अवसर पाएका छन्।

२१ वर्षीय दायाँ हाते ब्याट्सम्यानलाई न्युजिल्यान्डको अकल्याण्डको क्लब गिजर सिटि क्रिकेट क्लबले आगामी सिजनको लागि अनुबन्ध गरेको छ।

गौतमले विकेटनेपाललाई जानकारी गराए अनुसार उनि अक्टोबरमा न्युजिल्यान्ड पुग्नेछन् र त्यहाँ ६ महिना क्लबको प्रतिनिधित्व गरेर ग्रेड क्रिकेट खेल्नेछन्। गिजर सिटि क्रिकेट क्लबले सिजनमा त्यहाँको रोतोरुवा क्रिकेट एसोसिएसन अन्तर्गतको प्रिमियर क्रिकेट प्रतियोगिता बेवाइड प्रिमियर च्याम्पियनसिप, लेकल्यान्ड्स च्याम्पियनसिप जस्ता प्रतियोगिता खेल्नेछ।

कोभिड-१९ लकडाउन भएको बेला गौतम आफैले क्लबमा खेल्न पहल गरेका बताए। क्लबले उनको भिडियो र खेलेको खेलहरुको डाटाहरु हेरेपछि यो सिजन अनुबन्ध गरेको रितले बताए। क्लबले ६ महिना अनुबन्ध अवधिभर गौतमको आवतजावत , आवास लगायत सम्पूर्ण खर्च बेहोर्नेछ।

अनुबन्ध पछि विकेटनेपालसंग कुराकानीमा गौतमले ६ महिना न्युजिल्यान्डमा खेल्दा नेपालको घरेलु क्रिकेट गुमाउने भएता पनि टेस्ट राष्ट्रमा क्रिकेट खेल्दा पाउने अनुभव लिन यो नै उपयुक्त मौका रहेको बताए –

“सुरुमा दुविधा थियो , प्रधानमन्त्री कप लगायत घरेलु क्रिकेट गुमाउछु भन्ने पनि थियो। तर न्युजिल्यान्डको स्तरमा खेल्न पाउदा म मानसिक रुपमा अझ बलियो बन्नेछु भन्ने विश्वास छ। राष्ट्रिय टिममा पर्ने उद्देश्य मात्र भएर हुँदैन त्यहाँ पुगेर प्रदर्शनमा निरन्तरता पनि आवस्यक छ। उक्त मानसिकता विकास गर्न नेपालको भन्दा त्यहाँको घरेलु क्रिकेट बलियो छ।” गौतमले बताए।

रित नेपालको उमेर समुह क्रिकेटमा दुई वटा शतक बनाउने एक मात्र नेपाली खेलाडी हुन्। २०१९ मा नेपालको अन्डर-१९ टिमको नेतृत्व गर्दै एसीसी यु-१९ इस्टर्न प्रतियोगिता खेल्ने क्रममा रितले सिंगापुर बिरुद्ध शतक प्रहार गरेका थिए। २०१७ मा उनले म्यानमारसंग एसीसी अन्डर-१६ इस्टर्न  रिजनमा समेत शतक बनाएका थिए।

गौतम नेपालको घरेलु क्रिकेटमा शशस्त्र प्रहरी बल ( एपीएफ ) बाट खेल्दै आएका छन्।

सम्बन्धित : 

अन्डर-१९ टिमको २२ वर्षे इतिहासमा शतक बनाउने ५ नेपाली खेलाडीहरु

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy