रितलाई न्युजिल्यान्डमा खेल्ने अवसर

नेपाली अन्डर -१९ राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रित गौतमले न्युजिल्यान्डमा क्रिकेट खेल्ने अवसर पाएका छन्।

२१ वर्षीय दायाँ हाते ब्याट्सम्यानलाई न्युजिल्यान्डको अकल्याण्डको क्लब गिजर सिटि क्रिकेट क्लबले आगामी सिजनको लागि अनुबन्ध गरेको छ।

गौतमले विकेटनेपाललाई जानकारी गराए अनुसार उनि अक्टोबरमा न्युजिल्यान्ड पुग्नेछन् र त्यहाँ ६ महिना क्लबको प्रतिनिधित्व गरेर ग्रेड क्रिकेट खेल्नेछन्। गिजर सिटि क्रिकेट क्लबले सिजनमा त्यहाँको रोतोरुवा क्रिकेट एसोसिएसन अन्तर्गतको प्रिमियर क्रिकेट प्रतियोगिता बेवाइड प्रिमियर च्याम्पियनसिप, लेकल्यान्ड्स च्याम्पियनसिप जस्ता प्रतियोगिता खेल्नेछ।

कोभिड-१९ लकडाउन भएको बेला गौतम आफैले क्लबमा खेल्न पहल गरेका बताए। क्लबले उनको भिडियो र खेलेको खेलहरुको डाटाहरु हेरेपछि यो सिजन अनुबन्ध गरेको रितले बताए। क्लबले ६ महिना अनुबन्ध अवधिभर गौतमको आवतजावत , आवास लगायत सम्पूर्ण खर्च बेहोर्नेछ।

अनुबन्ध पछि विकेटनेपालसंग कुराकानीमा गौतमले ६ महिना न्युजिल्यान्डमा खेल्दा नेपालको घरेलु क्रिकेट गुमाउने भएता पनि टेस्ट राष्ट्रमा क्रिकेट खेल्दा पाउने अनुभव लिन यो नै उपयुक्त मौका रहेको बताए –

“सुरुमा दुविधा थियो , प्रधानमन्त्री कप लगायत घरेलु क्रिकेट गुमाउछु भन्ने पनि थियो। तर न्युजिल्यान्डको स्तरमा खेल्न पाउदा म मानसिक रुपमा अझ बलियो बन्नेछु भन्ने विश्वास छ। राष्ट्रिय टिममा पर्ने उद्देश्य मात्र भएर हुँदैन त्यहाँ पुगेर प्रदर्शनमा निरन्तरता पनि आवस्यक छ। उक्त मानसिकता विकास गर्न नेपालको भन्दा त्यहाँको घरेलु क्रिकेट बलियो छ।” गौतमले बताए।

रित नेपालको उमेर समुह क्रिकेटमा दुई वटा शतक बनाउने एक मात्र नेपाली खेलाडी हुन्। २०१९ मा नेपालको अन्डर-१९ टिमको नेतृत्व गर्दै एसीसी यु-१९ इस्टर्न प्रतियोगिता खेल्ने क्रममा रितले सिंगापुर बिरुद्ध शतक प्रहार गरेका थिए। २०१७ मा उनले म्यानमारसंग एसीसी अन्डर-१६ इस्टर्न  रिजनमा समेत शतक बनाएका थिए।

गौतम नेपालको घरेलु क्रिकेटमा शशस्त्र प्रहरी बल ( एपीएफ ) बाट खेल्दै आएका छन्।

सम्बन्धित : 

अन्डर-१९ टिमको २२ वर्षे इतिहासमा शतक बनाउने ५ नेपाली खेलाडीहरु





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]