नेपालद्वारा कुवेत सहजै पराजित, बिश्वकप पुग्न भने असफल

  • विकेटनेपाल – ७ बैशाख, बिहिबार 

आईसीसी अन्डर-१९ विश्वकप छनौट ( एसिया ) प्रतियोगिता अन्तर्गत नेपालले अन्तिम खेलमा कुवेतमाथि ८ विकेटको सहज जित दर्ता गरेको छ। अन्तिम खेलमा जित हात पारेपनि नेपाली यूवा टोली विश्वकप पुग्न भने असक्षम रह्यो।

२०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने यु-१९ बिश्वकपमा छनौट हुन आजको खेलमा नेपालको जित मात्र पर्याप्त थिएन। नेपालको जितसंगै दिनको अर्को खेलमा ओमनले युएईलाई पराजित गर्नुपर्ने थियो। तर दुर्भाग्य, युएईले ओमान माथि १० विकेटको सानदार जित निकाल्दै विश्वकप यात्रा तय गर्यो भने नेपाल विश्वकप पुग्नबाट बन्चित रह्यो।

नेपालको जितमा रितको सानदार इनिंग :

पहिले ब्याटिंग गर्दै कुवेतले दिएको १५८ रनको मध्यम लक्ष्य पछ्याएको नेपालको सुरुवात उत्कृस्ट रह्यो। ओपनर ब्याट्सम्यान द्वय पवन सर्राफ र रित गौतमले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गर्दा नेपालले खेलमा पकड जमायो।

बिसौं ओभरको दोस्रो बलमा व्यक्तिगत ५३ रन जोड्दै पवन पहिलो विकेट स्वरुप पभेलियन फर्किए। त्यसक्रममा उनले ६१ बलमा ८ चौका र १ छक्का प्रहार गरे।पहिलो विकेट पश्चात ब्याटिंग उत्रिएका आसिफ शेखले रितसंग तेस्रो विकेटका लागि पुन: ४७ रनको साझेदारी गरे।

Rit Gautam
Rit Gautam

खेलको प्लेयर अफ दि म्याच चुनिएका रित व्यक्तिगत ६२ रनको स्कोरमा आउट हुँदा नेपाल जित नजिक पुगिसकेको थियो। ८४ बल खेलेका रितले ७ चौका प्रहार गरे। त्यसपश्चात नेपाललाई जितको रेखासम्म पुर्याउन आसिफ शेखले अविजित ३३ रन ( २० बल, ५ चौका, १ छक्का ) तथा सन्दिप जोराले अविजित ५ रन ( ३ वल, १ चौका ) प्रहार गरे।

कुवेतको बलिङ्गमा ८ जना बलरको प्रयोग भएपनि टोलीले मात्र २ विकेट लिन सक्यो। उसका हमौद अमानुल्लाह र अब्दुल सदिकको नाममा समान १-१ विकेट रह्यो।

कुवेतको ब्याटिंग : 

टस जितेर नेपालले पहिले बलिङ्ग रोजेपछि ब्याटिंग गरेको कुवेतको सुरुवात राम्रो हुन सकेको थिएन। २ विकेट १५ रनको योगफलमा गुमेपछि कुवेत सम्हालियो। तेश्रो विकेटको लागि ओपनर गोकुल कुमार र नोमन बुद्रोले ७४ रनको साझेदारी गरेका थिए।

कुमार ३६ रन ( ६६ बलमा ५ चौका ) बनाएर आउट भए जसपछि नेपालले लगातार विकेट लियो। एक किनारमा विकेट गुमे पनि बुद्रोले विकेट सम्हालीरहे।

Rohit Paudel
Rohit Paudel ( File Photo )

बुद्रू अन्तिम विकेटको रुपमा आउट भए जसअघि उनले ७० रन बनाए। १२० बलमा उनले ८ चौका प्रहार गरे।

४९.४ ओभरमा कुवेतले १५७ रनमा सबै विकेट गुमाउन पुग्यो।

नेपालको बलिङ्गमा कप्तान रोहित पौडेलले ( ३-०-१३-३ ) ले सर्वाधिक ३ विकेट लिए भने राशिद खान ( ५-१-१६-२ ) , सुर्य तामांग ( १०-१-२७-२ ) , कुशल मल्ल ( १०-२-२१-२ ) ले २/२ विकेट लिए।





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]