नयाँ किर्तिमान बनाउदै रित गौतम बने प्लेयर अफ द म्याच

एसीसी अन्डर-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत सिंगापुर बिरुद्ध २१७ रनको विशाल जित दर्ता गरेको नेपाली टिम समुह ‘ए’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ।

किनरारा ओभल मैदानमा सम्पन्न खेलमा नेपालले टस जितेर ब्याटिंग गर्दै ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रनको ठुलो योगफल तयार गरेको थियो। जवाफमा ब्याटिंग गरेको सिंगापुर ३९.१ ओभरमा १०९ रनमै समेटिन पुग्यो।

खेलमा दायाँ हाते ओपनिंग ब्याट्सम्यान रित गौतम प्लेयर अफ द म्याच चुनिन पुगेका छन्। गौतमले अविजित शतकीय इनिंग खेल्ने क्रममा अविजित ११५ रन बनाए। यस क्रममा उनले १३७ बलमा १० चौका र १ छक्का प्रहार गरे।

Rit Gautam
Rit Gautam

यस्तै खडक बोहराले ९०, कुशल मल्लले ५१ तथा पवन सर्राफले ४५ रन योगदान दिए। बलिंगमा कुशल मल्लले सर्वाधिक ४ विकेट लिए भने तिलक राज भण्डारीले २ विकेट लिए ।

रितको नयाँ किर्तिमान 

अन्डर-१९ टिमको लागि आफ्नो पहिलो शतक बनाएका रित गौतम उमेर समुहको प्रतियोगितामा २ वटा शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन्। नेपाली क्रिकेट इतिहासमै हालसम्म कुनै पनि खेलाडीले उमेर समुह क्रिकेटमा २ वटा शतक प्रहार गर्न सकेका थिएनन्।

रितले यस अघि अन्डर-१६ राष्ट्रिय टिमको लागि खेल्दै २०१७ एसीसी अन्डर-१६ मा म्यानमार बिरुद्ध शतक बनाएका थिए। त्यस क्रममा उनले ७८ बलमा ११ चौका प्रहार गर्दै अविजित १०६ रन बनाएका थिए। यस पटक पनि गौतम आउट भएनन्।

अन्डर-१९ स्तरमा नेपालको लागि यस अघि शक्ति गौचन, कनिस्क चौगाई, फैजरुल रहमान र राजु रिजालले १/१ शतक बनाएका थिए।

अन्तिम पटक राजु रिजालले युगान्डा बिरुद्ध ४ वर्ष अघि युगान्डा बिरुद्ध आईसीसी अन्डर-१९ विश्वकपमा अन्डर-१९ टिमको लागि शतक ( १०१ रन ) प्रहार गरेका थिए। त्यस अघि फैजरुल रहमानले ओमान बिरुद्ध यु-१९ एसीसी इलाइट कप २०११ मा शतक ( १०१ रन ) बनाएका थिए।

Raju Rijal

फैजरुल रहमानको शतक अघि कनिस्क चौगाईंले सन् २००३ मा माल्दिभ्स बिरुद्ध शतक ( १२५ रन ) बनाएका थिए। नेपालको लागि यु-१९ राष्ट्रिय खेलाडीले बनाएको त्यो नै व्यक्तिगत सर्वाधिक रन हो।

अन्डर-१९ टिमको लागि पहिलो शतक शक्ति गौचनले प्रहार गरेका थिए। उनले काठमाडौँमा आयोजित सन् २००१ को एसीसी यु-१९ प्रतियोगितामा माल्दिभ्स बिरुद्ध १०१ रन बनाएका थिए।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]