गेलको रेकर्ड तोड्दै रिजवानको विश्वकीर्तिमान

पाकिस्तान ओपनर मोहम्मद रिजवानले वेस्टइन्डिजका क्रिस गेलको नाममा रहेको विश्वकीर्तिमान तोड्दै आफ्नो नाम गरेका छन्।

२९ वर्षीय दायाँ हाते विकेटकिपर ब्याट्सम्यान एकै वर्ष टि-२० क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन्। स्कटल्याण्ड बिरुद्ध आइतबार ५ रन बनाएसंगै रिजवानले गेलले सन् २०१५ मा बनाएको १,१६५ रनको रेकर्ड पछि पारेका हुन्। रिजवानले ४१ खेलमा यो रेकर्ड बनाएका हुन् जसले कुल १,६७५ रन बनाएका छन्।

रिजवान एकै क्यालेन्डर वर्षमा टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन्। उनले २०२१ मा २३ खेल खेल्दा ९८० रन बनाएका छन्। उनि पछि दोश्रो धेरै बाबर आजमले यसै वर्ष ७८७ रन बनाएका छन्।

रिजवान टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा दोश्रो सर्वाधिक औशत भएका ब्याट्सम्यान हुन्। बिराट कोहली ( ५२.०४ ) पछि रिजवानको औशत ५१.१६ रेको छ। दुई ब्याट्सम्यान बाहेक अन्यको टि-२० अन्तर्राष्ट्रिय औशत ५० भन्दा माथि छैन। बाबर आजमको औशत ४८.३९ छ।

युएईमा जारी टि-२० विश्वकपमा रिजवानले ५ खेलमा २ वटा अर्धशतक मद्दतले २१४ रन बनाएका छन् र सर्वाधिक रनकर्ताको सूचीमा पाँचौ स्थानमा छन्। पहिलो स्थानमा रहेका पाकिस्तानकै बाबर आजमले ५ खेलमा ४ अर्धशतक मद्दतले २६४ रन बनाएका छन्। जोस बटलरले ५ खेलमा २४०, चरिथ असलंकाले ६ खेलमा २४१, पथुम निसंकाले ८ खेलमा २२१ रन बनाएका छन्।

सन् २०१५ मा बंगलादेश बिरुद्ध टि-ट्वान्टी अन्तर्राष्ट्रिय डेब्यु गरेका रिजवानले ४८ टि-२० अन्तर्राष्ट्रियमा १ शतक र १० अर्धशतक मद्दतले १,२७९ रन बनाएका छन्। टेस्टमा १७ खेलमा ९१४ रन तथा एकदिवसीय अन्तर्राष्ट्रियमा ४१ खेलमा ८६४ रन बनाएका छन्।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]