T20WC : रिजवानले तोडे कोहलीको दुई कीर्तिमान

टि-ट्वान्टी विश्वकप २०२१ मा शानदार लयमा रहेका पाकिस्तानी ओपनर मोहम्मद रिजवानले बुधबार पाकिस्तानको नामिबिया बिरुद्ध जितमा मात्र ५० बलमा ८ चौका र ४ छक्का मद्दतले अविजित ७९ रन बनाए। खेलमा प्लेयर अफ द म्याच चुनिएका रिजवानले भारतीय कप्तान बिराट कोहलीको दुईवटा रेकर्ड तोड्न सफल भएका छन्।

२९ वर्षीय दायाँ विकेटकिपर ब्याट्सम्यान रिजवान बिराट कोहलीलाई पछि पार्दै टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ( २० इनिंग्स बढी ब्याटिंग गर्ने मध्ये ) सबैभन्दा बढी औशत भएका ब्याट्सम्यान बनेका छन्। ४७ टि-२० अन्तर्राष्ट्रियमा ३६ इनिंग्स ब्याटिंग गरेका रिजवानको औशत ५२.६६ रहेको छ। यसक्रममा १२ पटक अविजित रहेका उनले १२९.७७ को स्ट्राइक रेटमा १ शतक र १० वटा अर्धशतक बनाएका छन्। ९२ खेल खेलेका कोहलीको औशत ५२.०१ रहेको छ जसले ८६ इनिंग्समा ब्याटिंग गर्दै १३७.९३ को स्ट्राइ रेटमा २९ वटा अर्धशतक बनाएका छन्। रिजवान र कोहली बाहेक अन्य ब्याट्सम्यानको ( कम्तिमा २० इनिंग्स ब्याटिंग गर्ने ) टि-२० अन्तर्राष्ट्रिय औशत ५० भन्दा माथि छैन। तेस्रो नम्बरमा रहेका बाबर आजमको औशत ४८.०४ छ।

यस्तै रिजवानले टि-२० क्रिकेटको एकै क्यालेन्डर वर्षमा सर्वाधिक रन बनाउने रेकर्डमा पनि कोहलीलाई पछि पारेका छन्। कोहलीले वर्ष २०१६ मा १,६१४ रन बनाएका छन् जसलाई पछि छाड्दै वर्ष २०२१ मा रिजवानले १,६६१ रन बनाइसकेका छन्। एकै क्यालेन्डर वर्षमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको रेकर्ड क्रिस गेलको नाममा रहेको छ जसले २०१५ मा १,६६५ रन बनाएका थिए। रिजवान गेलको रेकर्ड तोड्न मात्र ५ रनले पछि छन्।

टि-२० अन्तर्राष्ट्रिय वरियतामा चौंथो स्थानमा रहेका रिजवानले जारि विश्वकप ४ खेल खेल्दा ९९.५ को औशत र १३३.५५ को स्ट्राइक रेटले २ अर्धशतक मद्दतले १९९ रन बनाएका छन्। उनि भन्दा अघि पहिलो स्थानमा इंग्ल्यान्ड ब्याट्सम्यान जोस बटलर छन् जसले ४ खेलमा २१४ को औशत र १५३.९५ को स्ट्राइक रेटमा १ शतक र १ अर्धशतक मद्दतले २१४ रन बनाएका छन्। रिजवानकै साथी पाकिस्तान कप्तान बाबर आजम तेश्रो नम्बरमा छन् जसले ४ खेलमा ३ अर्धशतक प्रहार गर्दै १९८ रन बनाएका छन्।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]