पाकिस्तानको जितमा रिजवान र कादिर उत्कृस्ट

जिम्बाबेलाई ११ रनले पराजित गर्दै भ्रमण टोलि पाकिस्तानले पहिलो टि-ट्वान्टीमा ११ रनको जित दर्ता गरेको छ। जितसंगै तिन वटा टि-ट्वान्टीको सिरिजमा पाकिस्तानले १-० को अग्रता हाँसिल गरेको छ।

हरारे स्थित हरारे स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा पाकिस्तानले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट क्षेतीमा १३८ रन मात्र बनाउन सक्यो।

जिम्बाब्वेको लागि क्रेग इर्भिनले सर्वाधिक ३४ रन, लुक जोंग्वेले अविजित ३० रन, तिनाशे कामुंहुकाम्वेले २९ रन योगदान दिए।

एक समय ७७ रनमा मात्र ३ विकेट गुमाएको जिम्बाब्वेको मध्यक्रमका ब्याट्सम्यानहरुलाई लेग स्पिनर उस्मान कादिरले तहसनहस पारेका थिए। कादिरले ३ विकेट लिंदा जिम्बाब्वे ७७/३ बाट ९५/६ को अवस्थामा पुगेको थियो। त्यसपछि अन्तिममा लुक जोंग्वेले केहि आक्रामक सटहरु खेलेता पनि डेथ ओभरमा हरिस रौफ र मोहम्मद हसनैनले कसिलो ओभर गर्दै जिम्बाब्वेलाई जितसम्म पुग्न दिएनन्।

उस्मान कादिरले ३ विकेट लिए

पाकिस्तानको बलिंगमा उस्मान कादिरले सर्वाधिक ३ विकेट ( ४-०-२९-३ ) लिए भने मोहम्मद हसनैनले २ विकेट ( ४-०-२७-२  ) तथा हरिश रौफ ( ४-०-२९-१ ) र मोहम्मद हफिजले ( ४-०-२१-१ ) समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट क्षेतीमा १४९ रन बनएको थियो।

पाकिस्तानको लागि ओपनर मोहम्मद रिजवानले सर्वाधिक अविजित ८२ रन बनाए जुन क्रममा ६१ बलमा १० चौका र १ छक्का प्रहार गरे। रिजवानले सुरुवात देखि अन्तिममा ब्याटिंग गरेता पनि अन्य ब्याट्सम्यानले उनलाई साथ दिएनन्। दानिश अजिजले १५ तथा फखर जमानले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

जिम्बाब्वेको बलिंगमा लुक जोंग्वे ( ३-०-२४-२ ) र मधिभीरे ( २-०-११-२ ) ले समान २ विकेट लिए भने मुजरबानि ( ४-०-२२-१ ) र एनगराभा ( ४-०-४८-१ ) ले समान १ विकेट लिए।

भ्रमण अन्तर्गत दुई देशले तिन वटा टि-२० र २ वटा टेस्ट खेल्ने तालिका रहेको छ।

यो पनि पढ्नुस 

https://wicketnepal.com/sandeep-sarwadhik-wiketkarta-wn21/

https://wicketnepal.com/slow-over-rate-jariwana-wn21-rohi/

https://wicketnepal.com/pak-beat-sa-series-3-1/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy