पाकिस्तानको जितमा रिजवान र कादिर उत्कृस्ट

जिम्बाबेलाई ११ रनले पराजित गर्दै भ्रमण टोलि पाकिस्तानले पहिलो टि-ट्वान्टीमा ११ रनको जित दर्ता गरेको छ। जितसंगै तिन वटा टि-ट्वान्टीको सिरिजमा पाकिस्तानले १-० को अग्रता हाँसिल गरेको छ।

हरारे स्थित हरारे स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा पाकिस्तानले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट क्षेतीमा १३८ रन मात्र बनाउन सक्यो।

जिम्बाब्वेको लागि क्रेग इर्भिनले सर्वाधिक ३४ रन, लुक जोंग्वेले अविजित ३० रन, तिनाशे कामुंहुकाम्वेले २९ रन योगदान दिए।

एक समय ७७ रनमा मात्र ३ विकेट गुमाएको जिम्बाब्वेको मध्यक्रमका ब्याट्सम्यानहरुलाई लेग स्पिनर उस्मान कादिरले तहसनहस पारेका थिए। कादिरले ३ विकेट लिंदा जिम्बाब्वे ७७/३ बाट ९५/६ को अवस्थामा पुगेको थियो। त्यसपछि अन्तिममा लुक जोंग्वेले केहि आक्रामक सटहरु खेलेता पनि डेथ ओभरमा हरिस रौफ र मोहम्मद हसनैनले कसिलो ओभर गर्दै जिम्बाब्वेलाई जितसम्म पुग्न दिएनन्।

उस्मान कादिरले ३ विकेट लिए

पाकिस्तानको बलिंगमा उस्मान कादिरले सर्वाधिक ३ विकेट ( ४-०-२९-३ ) लिए भने मोहम्मद हसनैनले २ विकेट ( ४-०-२७-२  ) तथा हरिश रौफ ( ४-०-२९-१ ) र मोहम्मद हफिजले ( ४-०-२१-१ ) समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट क्षेतीमा १४९ रन बनएको थियो।

पाकिस्तानको लागि ओपनर मोहम्मद रिजवानले सर्वाधिक अविजित ८२ रन बनाए जुन क्रममा ६१ बलमा १० चौका र १ छक्का प्रहार गरे। रिजवानले सुरुवात देखि अन्तिममा ब्याटिंग गरेता पनि अन्य ब्याट्सम्यानले उनलाई साथ दिएनन्। दानिश अजिजले १५ तथा फखर जमानले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

जिम्बाब्वेको बलिंगमा लुक जोंग्वे ( ३-०-२४-२ ) र मधिभीरे ( २-०-११-२ ) ले समान २ विकेट लिए भने मुजरबानि ( ४-०-२२-१ ) र एनगराभा ( ४-०-४८-१ ) ले समान १ विकेट लिए।

भ्रमण अन्तर्गत दुई देशले तिन वटा टि-२० र २ वटा टेस्ट खेल्ने तालिका रहेको छ।

यो पनि पढ्नुस 

https://wicketnepal.com/sandeep-sarwadhik-wiketkarta-wn21/

https://wicketnepal.com/slow-over-rate-jariwana-wn21-rohi/

https://wicketnepal.com/pak-beat-sa-series-3-1/





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]