इंग्ल्यान्ड र न्युजिल्यान्ड बीच लर्ड्समा सम्पन्न दुई खेलको टेस्ट सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टिमको लागि सबैभन्दा उत्कृस्ट प्रदर्शन गरेका खेलाडीले सिरिजको दोश्रो खेल गुमाउने भएका छन्। इंग्ल्यान्ड क्रिकेट बोर्डले ( ईसीबि ) आफ्नो टिमको फास्ट बलर ओली रोबिन्सनलाई तत्काल लागु हुने गरि अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बित गरेको छ।
न्युजिल्यान्ड बिरुद्ध आफ्नो डेब्यु टेस्टमा रोबिन्सनले पहिलो इनिंग्समा ४ र दोश्रो इनिंग्समा ३ गरि कुल ७ विकेट लिएका थिए। यस्तै ब्याटिंगबाट समेत उनले पहिलो इनिंग्समा ४२ रन बनाएका थिए।
ईसीबिले बिज्ञप्ति जारि गर्दै बताएको छ कि सन् २०१२ र २०१३ मा रोबिन्सनले गरेको पुरानो ट्वीटको अनुशासनात्मक जांच नभएसम्म २७ वर्षीय बलरलाई अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बित गरिएको छ। यस कारण उनले अर्को निर्णय नआएसम्म अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउने छैनन्।
Statement: Ollie Robinson suspended from all international cricket
— England Cricket (@englandcricket) June 6, 2021
निलम्बन पछि जुन १० मा सुरु हुने दोश्रो टेस्टमा रोबिन्सन इंग्ल्यान्ड टिमको हिस्सा हुने छैनन् जसकारण उनि इंग्ल्यान्ड टिम छोडेर आफ्नो काउन्टी टिम ससेक्स जानेछन्। उनले काउन्टी क्रिकेट भने खेल्न कुनै प्रतिबन्ध रहेको छैन।
सन् २०१२ र २०१३ मा रोबिन्सनले टिन एज उमेरमा गरेको ट्वीट उनले इंग्ल्यान्डको लागि टेस्ट डेब्यु गर्दै गर्दा केहि दिन अघि भाइरल भएको थियो। उक्त ट्वीटहरु नस्लावादी र सेक्सिस्ट रहेको थियो। पुरानो ट्वीटका कारण चर्को आलोचना भएपछि रोबिन्सनले बिज्ञप्तिमार्फत आफुले गरेको पुरानो ट्वीटको लागि क्षमा माग्दै आफु हाल परिपक्व व्यक्ति भएको बताएका थिए-
“मेरो जीवनको सबैभन्दा विशेष दिनमा मैले ८ वर्ष अघि गरेको नस्लावादी र सेक्सिस्ट ट्वीट सार्वजनिक भएको छ जुन कारण म लज्जित छु। म यो कुरा स्पस्ट पार्न चाहन्छु कि म नस्लवाद र सेक्सिस्ट हैन। मैले गरेको उक्त क्रियाकलापको लागि म क्षमा माग्छु र त्यस्तो काम गरेकोमा लज्जित समेत छु। म त्यसबेला गैरजिम्मेवार थिए। तर त्यसपछि म परिपक्व व्यक्ति भैसकेको छु र उक्त ट्वीटको लागि क्षमा माग्छु।” रोबिन्सले बिज्ञप्तिमा बताएका थिए।
रोबिन्सको भाइरल भएका ट्वीटहरु


बराबरीमा टुंगियो टेस्ट
लर्ड्समा सम्पन्न इंग्ल्यान्ड र न्युजिल्यान्ड बीचको दुई टेस्ट सिरिज अन्तर्गत पहिलो टेस्ट बराबरीमा टुंगिएको छ। टेस्टको अन्तिम दिन इंग्ल्यान्डले २७३ रनको लक्ष्य पछ्याउने क्रममा ३ विकेट गुमाएर १७० रन बनाएको थियो जसपछि दिनको समाप्त भएको हो।
टेस्टको पहिलो इनिंग्समा न्युजिल्यान्डले ३७८ रन बनाएको थियो भने इंग्ल्यान्डले पहिलो इनिंग्समा २७५ रन बनाएपछि न्युजिल्यान्डले पहिलो इनिंग्समा १०३ रनको अग्रता पाएको थियो। पाँचौ दिन न्युजिल्यान्डले १६९/६ को अवस्थामा इनिंग्स समाप्तिको घोषणा गर्दै २७३ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने क्रममा ७० ओभर ब्याटिंग गरेता पनि इंग्ल्यान्डले बराबरीमा टेस्ट समाप्त गर्यो।
खेलको प्लेयर अफ द म्याच डेब्यु गरेका न्युजिल्यान्ड ओपनर डेभोन कनवे चुनिए जसले पहिलो इनिंग्समा दोहोरो शतक बनाएका थिए।
सिरिज अन्तर्गत दोश्रो तथा निर्णायक टेस्ट १८ जुन देखि साउथह्याम्पटनमा सुरु हुनेछ।
