जोन्टि रोड्स धनगढी प्रिमियर लिगको गुडविल एम्बासडर नियुक्त

Jonty Rhodes
  • विकेटनेपाल – माघ १५, मंगलवार

बिश्व प्रसिद्ध दक्षिण अफ्रिकी क्रिकेटर जोन्टि रोड्स रुस्लान धनगढी प्रिमियर लिग तेश्रो संस्करणको गुडविल एम्बासडर नियुक्त भएका छन्।

डिपीएलको तेश्रो सिजन धनगढीको फाप्ला क्रिकेट मैदानमा यही माघ २६ गते देखि फाल्गुन ११ सम्म आयोजना हुँदैछ।

प्रतियोगिता आयोजक धनगढी क्रिकेट एकेडेमीलर मंगलवार प्रेस बिज्ञप्ति जारी गर्दै उक्त घोषणा गएको हो। रोड्स लिग आयोजना अवधिभर धनगढीमानै रहने र प्रतियोगिता दौरान बिभिन्न कार्यक्रमहरुमा आबद्ध हुने समेत आयोजकले बताएको छ।

दक्षिण अफ्रीकाको लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका ४९ वर्षीय रोड्स आफ्नो फिल्डिंगको कारण बिश्व प्रसिद्ध छन्।

Jonty-Rhodes-of-South-Africa-catches-Robert-Croft-of-England-during-the-Emirates-Trophy1

सन् १९९२ को एकदिवसीय बिश्वकपको दौरान पाकिस्तान क्रिकेटर इन्जमाम उल हकको रन आउटको कारण प्रख्यात रोड्सलाई त्यति बेला एउटा पत्रिकाले “के यो चरा हो ? के यो जहाज हो ? हैन, यो जोन्टि हो” लेखेको प्रसंग चर्चित मानिन्छ। हावामा उड्दै उनले गरेको रन आउट बिश्व क्रिकेटमा धेरै याद गरिने क्षण मध्येको एक हो।

रोड्स इन्डियन प्रिमियर लिग आईपीएल टिम मुम्बई इन्डियन्सको २०१७ सम्म लगातार ९ सिजन फिल्डिंग कोच रहेका थिए भने श्रीलंका,दक्षिण अफ्रीका, केन्या जस्ता टिमहरुको प्रशिक्षण गरिसकेका छन्।

प्रतियोगिताको गुडविल एम्बासडरको रुपमा जोन्टिको आगमनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) र बिश्व क्रिकेट जगतको ध्यान प्रतियोगितामा तानिने विश्वास लिएको र उनको उपस्थितिले खेलाडी र खेल प्रेमीहरुलाई समेत उत्साह र प्रेरणा दिने आयोजक एकेडेमीका अध्यक्ष शाहीले बिज्ञप्तिमा बताएका छन्।

रोड्सलाई प्रतियोगितामा आबद्ध गराउन सहयोग गरेको “स्पोर्ट्स एड” लाई समेत आयोजकले धन्यवाद ज्ञापन गरेको छ। यसअघि केहि महिना अघि समेत नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एडको संयुक्त आयोजनामा अर्का दक्षिण अफ्रिकी प्रशिक्षक रायन मरुन सहित जोन्टि प्रशिक्षणका लागि नेपाल आएका थिए।

Jonty Rhodes, Ryan Maroon

जोन्टि अत्तरियाको मेन्टर र मरुनले प्रशिक्षक –

यस्तै प्रतियोगिता दौरान जोन्टि सीवाईसी अत्तरिया टिमको मेन्टरको रुपमा समेत रहने जानकारी आयोजकले गराएको छ। यस्तै सीवाईसी अत्तरियाले रायन मरुनलाई टिमको प्रशिक्षकको रुपमा समेत नियुक्त गरेको छ। मरुन वेस्ट इन्डिज क्रिकेट टिमका पुर्व फिल्डिंग प्रशिक्षक रहीसकेका छन्।

धनगढी प्रिमियर लिगको तेश्रो संस्करण यही माघ २६ गते देखि फाल्गुन ११ गतेसम्म आयोजना हुँदैछ। डीपीएल लिगमा यो पटक पनि ६ वटा सहरको प्रतिनिधित्व गर्ने टोलिहरु रहेका छन् जसमा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, काठमाडौँ गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, बिराटनगर किङ्ग्स र महेन्द्रनगर युनाईटेड रहेका छन्। यो पटक पनि डिपिएलले आफुलाई सर्वाधिक धनराशीको प्रतियोगिता हुने घोषणा गरिसकेको छ।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]