सोमपालको टिममा मुस्तफासँगै अर्का युएईका खेलाडी आउने

  • विकेटनेपाल, माघ २५ – शुक्रबार

माघ २६ गतेदेखि फाल्गुन ११ गतेसम्म संचालन हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिगको लागि सम्पूर्ण टिमहरुले आफ्नो तयारि अन्तिम चरणमा पुगेको बताएका छन्। यस्तै प्रतियोगिताको समेत तयारि लगभग अन्तिम चरणमा पुगेको छ।

यसैबीच घरेलु टिम धनगढी स्टार्सले आफ्नो बिदेशी खेलाडीमा फेरबदल भएको बताएको छ। अघिल्लो दुई संस्करण टिम चौराहा धनगढीको नामबाट खेलेको टिमले आफ्नो बिदेशी खेलाडीको रुपमा युएईको राष्ट्रिय टिमका दुई खेलाडीलाई बोलाएको छ।

यसअघि भारतका अलराउण्डर सागर त्रिबेदीलाई टिममा समाबेश गराएको बताईएपनि उनलाई आफ्नो रन्जी टिमले अनुमति नदिएको भन्दै उनको स्थानमा युएईका आमिर हयातलाई टिममा सामेल गरिएको छ। उनिसंगै नेपालको घरेलु क्रिकेटमा अनुभव बटुलिसकेका राष्ट्रिय टिमका कप्तान समेत रहेका रोहन मुस्ताफा आउँदैछन्।

रोहन मुस्तफा

दायाँ हाते ब्याट्सम्यान र अफस्पिनर मुस्तफाले युएई राष्ट्रिय टिमको लागि २७ एकदिवसीय अन्तर्राष्ट्रिय र २५ टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका छन्। त्यस क्रममा उनले एकदिवसीयमा ६४२ रन तथा टि-२० मा ४११ रन बनाएका छन्। यस्तै बलिङ्गतर्फ एकदिवसीयमा २८ विकेट तथा टि-२० मा १९ विकेट लिएका छन्।

पछिल्लो एक बर्ष यता मुस्तफा नेपाली घरेलु लिगहरुमा निरन्तर सहभागीहुँदै आएका छन्। दोस्रो सिजनको धनगढी प्रिमियर लिगमा टिम चौराहा धनगढीको प्रतिनिधित्व गरेका मुस्तफाले प्रतियोगिताको उत्कृस्ट खेलाडी घोषित हुँदै धनगढीलाई प्रतियोगिता जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए। त्यसक्रममा मुस्तफाले कुल ६ खेलमा ब्याटिंगतर्फ १९८ रन र बलिंगतर्फ ९ विकेट लिएका थिए।

यस्तै गत कार्तिकमा पोखरामा सम्पन्न पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा समेत मुस्तफाले बुटवल ब्लास्टर्सको प्रतिनिधित्व गरेका थिए।त्यस प्रतियोगितामा उनले ब्याटिंगतर्फ ५ खेलमा २५.४० को औसतमा १२७ रन प्रहार गरेका थिए भने बलिङ्गतर्फ समान ५ खेलमा ६.६५ को उत्कृस्ट इकोनोमीमा ५ विकेट हात पारेका थिए।

मुस्तफाले एभरेष्ट प्रिमियर लिग ( इपिएल ) को अन्तिम संस्करणमा काठमाण्डौ किंग्स ११ को कप्तानी समेत गर्न भ्याए। सो क्रममा टोलीलाई अन्तिम ४ सम्म पुर्याउन मुस्तफाले ब्याटिंगतर्फ ११४ रन तथा बलिङ्गतर्फ ५ विकेट हात पारे।

नेपालका हरेक लिगहरुमा मुस्तफा सोमपाल कामीकै टिम ( चौराहा धनगढी, बुटवल ब्लासटर्स, काठमाण्डौ किंग्स ११ ) मा रहँदै आएका छन्।

आमिर हायात

यस्तै धनगढी स्टार्सले अनुबन्धन गरेका अर्का खेलाडी आमिर हयात बलिंगको कारण चिनिने गर्दछन भने ब्याटिंग समेत गर्ने क्षमता राख्दछन। ९ एकदिवसीय र ४ टि२० अन्तर्राष्ट्रिय खेलको अनुभव भएका उनले नेपाल बिरुद्द भर्खरै सम्पन्न दुवै सिरिजमा ६ खेल खेलेका थिए। ३६ बर्षीय दायाँ हाते तिब्र गतिका बलर उनले सुरुवाती २ एकदिवसीय खेलमा ६० रन खर्चेर ६ विकेट लिएका थिए भने अन्तिम खेलमा विकेट लिन नसक्दा ५१ रन दिएका थिए।

Amir Hayat celebrating wicket against Nepal.

त्यस्तै सुरुवाती टि२० खेलमा १ विकेट लिन ३४ रन खर्चिंदा दोश्रो खेलमा समान १ विकेट लिन २७ रन दिएका थिए। निर्णायक तथा अन्तिम खेलमा मात्र १६ रन दिएर २ विकेट लिएपनि टिमको हार जोगाउन सकेका थिएनन। मुस्तफाले भने प्रतिबन्धका कारण नेपालसंगको सिरिज गुमाएका थिए।

प्रतियोगिता अघि आज ट्रफी सार्बजनिक गर्नेक्रममा सोमपालले सागर त्रिबेदीलाई ल्याउन नसकिएको जनाएका थिए। “दुवै खेलाडीहरु भोलि दिउसोसम्म धनगढी आउनेछन्” धनगढी स्टार्सका कप्तान सोमपाल कामिले भने।

धनगढीको टोलीमा सोमपाल कामीसंगै पवन सर्राफ, दिपेश श्रेष्ठ, सौरभ खनाल, बिपिन खत्री, हरि बहादुर चौहान, अमित श्रेष्ठ, राजु रिजाल, रोबिन क्षेत्री, सुनील धमला, सन्दिप रजाली, धिरज शाही र कृष्ण ऐर रहेका छन्।





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]