युएईका कप्तान मुस्तफा काठमाण्डौमा आबद्ध

  • विकेटनेपाल, असार ३२ – सोमबार

संयुक्त अरब इमिरेट्स (युएई) का कप्तान रोहन मुस्तफा एभरेष्ट प्रिमियर लिगको तेस्रो संस्करणमा काठमाण्डौ किंग्स एघारमा आबद्ध भएका छन्।

यसअघि धनगढीमा सम्पन्न धनगढी प्रिमियर लिग क्रिकेटमा प्रतियोगिताको उत्कृस्ट खेलाडी घोषित मुस्तफालाई काठमाण्डौले तेस्रो संस्करणको लागि आफ्नो दोश्रो बिदेशी खेलाडीको रुपमा टिममा भित्र्याएको हो। यसअघि आयरल्याण्डका केविन ओ’ब्राइन पनि उक्त टिममा अनुबन्धित भईसकेका छन्।

मुस्तफाले आफ्नो देशका लागि अन्तर्राष्ट्रिय मान्यता पाएका ५० खेल (२६ अन्तर्राष्ट्रिय टि-२० र २४ एकदिवसीय अन्तर्राष्ट्रिय) खेलेका छन् भने केहि समयदेखि देशको लागि तथा आफु खेल्ने प्रत्येक टिमको लागि महत्त्वपूर्ण सदस्य रहँदै आएका छन् भने नेपालमा पनि प्रदर्शन राम्रो रहेको र यहाँको बातावरणमा खेल्न मन पराउँछन, नेपाली टिमका ब्यबस्थापक रमन सिवाकोटीले पठाएको प्रेस बिज्ञप्तीमा उल्लेख छ।





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]