‘रोहित आईपीएलको दोश्रो उत्कृस्ट कप्तान’ – सेहवाग

२०७७ आश्विन ८, बिहीबार १७:००

आईपीएल २०२० को खेलहरु हेरेपछि भारतीय क्रिकेट टिमका पूर्व ओपनिंग ब्याट्सम्यान बिरेन्द्र सेहवागले लिगमा कुन कप्तानलाई नम्बर-१ स्थानमा राख्ने बताएका छन्। सेहवागले लिगका दुई सफल कप्तानको बारेमा कुरा गर्दै रोहित शर्मा लिगमा महेन्द्र सिंह धोनी पछि दोश्रो उत्कृस्ट कप्तान रहेको बताएका हुन्।

पहिलो खेलमा चेन्नाईसंग पराजित भएपछि रोहित कप्तानीको मुम्बईले दिनेश कार्तिक कप्तानीको कोलकातालाई बुधबार सहजै पराजित गरेको थियो। रोहितको निर्णय क्षमताको तारिफ गर्दै पूर्व क्रिकेटर सेहवाग तथा अजय जडेजाले उनलाई धोनी पछि दोश्रो उत्कृस्ट कप्तान रहेको प्रतिक्रिया दिएका छन्।

क्रिक्बजसंगको कुराकानीमा सेहवागले कोलकाता बिरुद्ध रोहितले बनाएको रणनीतिको तारिफ गरेका हुन्। उनले कोलकाताका ओपनर सुनिल नारायण र छु कि रोहित धोनी पछि लिगको उत्कृस्ट कप्तान हो। जसरि उनि खेललाई बुझ्ने गर्छन र रणनीति परिवर्तन गर्ने गर्छन्, त्यो विशिष्ट छ।”

“कोलकाताका ब्याट्सम्यान नितिश राना र दिनेश कार्तिक क्रिजमा जमेको अवस्थामा रोहितले काइरन पोलार्डलाई बलिंगमा ल्याए। सेहवागले दावी गरेकी अरु कोहि कप्तान भएको भए उनको स्थानमा देब्रे हाते स्पिनर क्रुनाल पान्ड्यालाई बलिंगमा ल्याउथे, जुन निर्णयले नोक्सान हुनसक्थ्यो। तर उनले अलग सोचे र नतिजा देखियो।” सेहवागले चेन्नाई राजस्थान पराजित भए पछि धोनी नम्बर-७ मा आउने कुराको भने बिरोध गरेका थिए।

प्याट कमिन्सलाई पावरप्लेमा १ ओभर मात्र बलिंग दिएकोमा जडेजाले कार्तिकको आलोचना गरे

यस्तै अर्का पूर्व क्रिकेटर अजय जडेजा पनि रोहितको तारिफ गरे “आक्रामक ओपनर सुनिल नारायण बिरुद्ध रोहितले आफ्नो उत्कृस्ट बलरलाई बलिंग गर्न लगाए। तर अर्कोतर्फ कोलकाताका कप्तान दिनेश कार्तिकले रोहितले ब्याटिंग गर्दा २ जना कम अनुभवी बलरलाई लगाए भने आफ्नो महत्वपूर्ण बलर प्याट कमिन्सलाई पावरप्लेमा उनले मात्र १ ओभर बलिंग गर्न लगाए। खेलमा ४६ रनको जित दर्ता गर्ने क्रममा रोहितले ८० रन बनाएका थिए।”

“युएईको परिस्थितिमा बलरहरुले सुरुवातमा विकेट लिने सम्भावना बढी रहन्छ। कार्तिकले विकेट लिनु भन्दा रक्षात्मक क्रिकेट खेल्दै अरु बलर लगाए। कमिन्स बलिंगमा आउदा रोहितले केहि बल खेलीसकेका थिए र जमीसकेका थिए।”

“रोहित आफ्नो कप्तानी मार्फत विपक्षीलाई दबाब बनाउने गर्छन् भने कार्तिक खेलको लय अनुसार आफुलाई ढाल्ने प्रयास गर्छन्। यो कुरामा रोहित र धोनी उस्तै छन्।” रोहितको तारिफ गर्दै दिनेश कार्तिकको जडेजाले आलोचना गरे।

लिगमा मुम्बई पहिलो जित पछि अंकतालिकाको शिर्षस्थानमा उक्लेको छ जसले आगामी खेल बैंगलोर बिरुद्ध सोमबार खेल्नेछ। कोलकाता भने पहिलो खेलको कमजोर प्रदर्शन पछि व्यापक सुधारका साथ शनिवार हैदरावाद बिरुद्धको खेलमा उत्रनेछ।

IPL : चलेन कोलकाताको ब्याटिंग, मुम्बई अंकतालिकाको शिर्षमा

IPL 2020 : राजस्थान रोयल्सलाई राहतको खबर

IPL कुन सिजन कुन टिमले जितेको थियो

IPL : हैदरावादलाई झट्का ! लिगबाट बाहिरिए मार्श, प्रतिस्थापनमा खेलाडी घोषणा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy