IPL : रोहितले पुरा गरे ५ हजार रन, लिग इतिहासकै मात्र तेश्रो ब्याट्सम्यान

मुम्बई इन्डीएन्सका कप्तान रोहित शर्माले आईपीएलमा ५ हजार रन पुरा गरेका छन्। किंग्स-११ पन्जाब बिरुद्धको खेल अघि उक्त रन पुरा गर्न मात्र २ रनले पछि रहेका रोहित लिग इतिहासमा ५ हजार रन बनाउने मात्र तेश्रो खेलाडी बनेका छन्।

१९२ खेलको १८७ औं इनिंगमा उक्त रन पुरा गर्ने क्रममा रोहितले मोहम्मद शामीको बलमा इनिंगको दोश्रो ओभरमा चौका प्रहार गरेका थिए। दायाँ हाते ब्याट्सम्यानले यस क्रममा १ शतक र ३७ अर्धशतक प्रहार गरेका छन्।

लिगमा सबैभन्दा पहिला ५ हजार रन पुरा गर्ने ब्याट्सम्यान सुरेश रैना हुन् जसले गत सिजन २३ मार्च २०१९ मा उक्त रन पुरा गर्दै रेकर्ड बनाएका थिए। सोहि सिजन २८ मार्चमा बिराट कोहलीले ५ हजार रन बनाउदै दोश्रो ब्याट्सम्यान बनेका थिए।

रोहितले लिगमा सबैभन्दा बढी रन २०१३ को सिजनमा बनाएका थिए। उक्त सिजन उनले १९ खेलमा ३८.४२ को औशतले ५३८ रन बनाएका थिए। उनले १३ औं सिजन खेल्दै गर्दा ६ सिजन ४ सय भन्दा बढी रन बनाएका छन्। सबै भन्दा कम रन रोहितले २०१८ मा १४ खेलमा मात्र २८६ रन बनाएका थिए।

यो सिजन सहभागिता नजनाएका रैनाले लिगमा कुल १९३ खेल खेल्ने क्रममा १८९ खेलमा ब्याटिंग गर्दै ३३.३४ को औशतले ५,३६८ रन बनाएका छन्। यस क्रममा देब्रे हाते ब्याट्सम्यानले १ शतक र ३८ अर्धशतक बनाएका छन्। कोहलीले १८० खेलको १७२ इनिंगमा ब्याटिंग गर्दै ३७.१९ को औशतले कुल ५,४३० रन बनाएका छन् जो लिगको सर्वाधिक रनकर्ता हुन्। कोहलीले कुल ५ शतक र ३६ अर्धशतक प्रहार गरेका छन्।

५ हजार रन पुरा गर्न अब सनराइजर्स हैदरावादका कप्तान डेभिड वार्नर चौथो ब्याट्सम्यान हुने क्रममा छन्। वार्नरले १२९ खेलमा ४,७९३ रन बनाएका छन्। यस्तै शिखर धवनले १६२ खेलमा ४,६४८ रन बनाएका छन्।

लिग इतिहासमा ४ हजार रन भन्दा बढी मात्र १० जना ब्याट्सम्यानले बनाएका छन्। बिराट कोहली, सुरेश रैना, रोहित शर्मा, डेभिड वार्नर, शिखर धवन, एबि डी भिल्लीयर्स, क्रिस गेल, महेन्द्र सिंह धोनी, रोबिन उथप्पा र गौतम गम्भीरले मात्र ४ हजार रन पुरा गर्न सकेका छन्।

IPL : गत सिजनको तुलनामा बढ्यो आईपीएलको दर्शक

विवादास्पद निर्णय : स्पाइडरक्यामलाई छोएता पनि उनदकतलाई क्याच आउट दिएपछि

शेन वार्नको नजरमा यी ४ टिम पुग्ने छन् आईपीएलको प्लेअफमा

आर्चरले फाले सिजनकै सबैभन्दा तीव्र गतिको बल, जान्नुस कति थियो गति

क्यानले खेलाडी वर्गीकरण फेरी गर्ने





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]