पपुवा न्यु गिनी बिरुद्ध रोहित पौडेलले बनाए ८ ठूलो रेकर्ड

पपुवा न्यु गिनी बिरुद्ध घरेलु सिरिजको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल पपुवा न्यु गिनीसंग ६ रनले पराजित भएता पनि रोहित पौडेलले शानदार शतक बनाउदै सबैको मन जितेका छन्। पारस खड्का पछि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने दोश्रो ब्याट्सम्यान बनेका रोहितले खेलमा १०७ बलमा ७ चौका र ४ छक्का मद्दतले १२६ रन बनाए। इनिंग्सको क्रममा रोहितले बिभिन्न ठूला कीर्तिमानहरु समेत आफ्नो नाम गरेका छन्।

सर्वाधिक व्यक्तिगत स्कोर : खेलमा रोहित पौडेलले बनाएको १२६ रन नेपाली ब्याट्सम्यानले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको सर्वाधिक व्यक्तिगत स्कोर हो। पारस खड्काले २०१९ मा युएई बिरुद्ध ११५ रन बनाएका थिए जुन रेकर्ड रोहितले तिन वर्षपछि तोडेका हुन्।

सर्वाधिक रनकर्ता : रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सर्वाधिक रनकर्ता बनेका छन्। उनले १६ खेलको १६ इनिंग्समा ५८८ रन बनाएका छन् जुन क्रममा १ शतक र ४ अर्धशतक प्रहार गरेका छन्। रोहित पछि दोश्रो धेरै रन ज्ञानेन्द्र मल्लले १९ खेलको १९ इनिंग्समा ४८० रन बनाएका छन्। तेश्रो धेरै पारस खड्काले १० खेलको १० इनिंग्समा ३१५ रन, चौंथो धेरै आरिफ शेखले १७ खेलको १५ इनिंग्समा २९६ रन तथा पाँचौ धेरै बिनोद भण्डारीले १५ खेलको १२ इनिंग्समा २४८ रन बनाएका छन्।

उच्च साझेदारी : रोहित पौडेल र आरिफ शेखले खेलमा पाँचौ विकेटको लागि १०४ रनको साझेदारी गरे जुन कुनै पनि विकेटको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको उच्च साझेदारी हो। यस अघि पनि यो रेकर्ड रोहित र आरिफकै नाममा थियो जसले यसै महिना पपुवा न्यु गिनी बिरुद्ध पाँचौ विकेटको लागि १०० रनको साझेदारी गरेका थिए। यही दुई पटक बाहेक नेपाली ब्याट्सम्यानले एकदिवसीय अन्तर्राष्ट्रियमा शतकीय साझेदारी गरेका छैनन्।

सर्वाधिक ५० माथिको स्कोर : नेपालको लागि १६ खेल खेल्ने क्रममा रोहितले पाँच पटक ५० या सो भन्दा माथिको स्कोर गरेका छन्। ज्ञानेन्द्र मल्लले १९ खेलमा ४ पटक ५० माथिको स्कोर बनाएका थिए जुन रेकर्ड रोहितले तोड्दै आफ्नो नाम गरेका हुन्। रोहितले एक शतक र ४ अर्धशतक बनाएका छन्। पारस खड्का र कुशल भुर्तेलले २/२ पटक ५० या सोमाथिको स्कोर बनाएका छन्।

छिटो शतक : ९१ बलमा शतक प्रहार गर्दै रोहित एकदिवसीय अन्तर्राष्ट्रियमा छिटो शतक बनाउने नेपाली खेलाडी पनि बनेका छन्। पारस खड्काले युएई बिरुद्ध २०१९ मा ९६ बलमा शतक बनाएका थिए।

उच्च औशत : पारस खड्कालाई उछिन्दै रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा बढी औशत भएका ब्याट्सम्यान बनेका छन्। खेल अघि रोहितको एकदिवसीय अन्तर्राष्ट्रियमा औशत ३०.८ थियो जुन बढेर खेलपछि ४२.० पुगेको छ। १६ इनिंग्समा रोहित २ पटक अविजित रहेका छन् भने १ शतक र ४ अर्धशतक मद्दतले ५८८ रन बनएका छन्। रोहित पछि दोश्रो धेरै औशत पारस खड्काको ३५.० छ ( १० खेलमा ३१५ रन ) । रोहित र पारस बाहेक सबै नेपाली ब्याट्सम्यानको औशत २८ या सो भन्दा भन्दा मुनि रहेको छ।

इनिंग्समा सर्वाधिक छक्का : रोहितले १२६ रन बनाउने क्रममा ७ चौका र ४ छक्का प्रहार गरे। उनि करन केसीसंगै संयुक्त रुपमा एकदिवसीय अन्तर्राष्ट्रियको एकै इनिंग्समा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन्। करन केसीले गत वर्ष पपुवा न्यु गिनी बिरुद्ध एकै इनिंग्समा ४ छक्का प्रहार गरेका थिए। रोहित र करन बाहेक एकदिवसीय अन्तर्राष्ट्रियको एकै इनिंग्समा अन्य नेपाली ब्याट्सम्यानले ४ वटा छक्का प्रहार गरेका छैनन्।

सर्वाधिक छक्का : खेलमा ४ वटा छक्का प्रहार गरेसंगै रोहित नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन्। रोहितले करियरमा कुल १० छक्का प्रहार गरेका छन्। उनले करन केसी ( ९ छक्का ) लाई उछिन्दै यो कीर्तिमान बनाएका हुन्। रोहित ( १० छक्का ) र करन ( ९ छक्का ) पछि धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी हुन् जसले समान ६ छक्का प्रहार गरेका छन्।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]