आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले केन्यालाई ४ विकेटले पराजित गरेको छ। केन्याले पहिले ब्याटिंग गर्दै दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ६ विकेट गुमाउदै जितसम्म पुगेको हो।
लक्ष्य पछ्याउने क्रममा नेपालले लगातार विकेट गुमाएपछि ८२ रनको स्कोरमा ५ विकेट गुमाउन पुगेको थियो। ओपनर ज्ञानेन्द्र मल्ल ( ९ ) , अनिल साह ( ० ) , दिपेन्द्र एरि ( १ ) र शरद भेसावकर ( १९ ) सस्तोमै आउट भए भने कप्तान पारस खड्काले ४२ रनको इनिंग खेल्दै पेभेलियन फर्किएपछि नेपाल समस्यामा परेको थियो। पारसले ४४ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
समस्यामा परेको इनिंगलाई छैठौं नम्बरमा ब्याटिंग गरेका आरिफ शेख र सातौँ नम्बरका रोहित पौडेलले उत्कृस्ट साझेदारी गर्दै जितको नजिक पुर्याएका थिए । आरिफ ४९ औ ओभरको दोश्रो बलमा आउट भएपछि रोहितसंगको ८७ रनको साझेदारी तोडिएको थियो। ४२ रन बनाएका आरिफले ८२ बलमा २ चौका प्रहार गरे।
नेपाल जितबाट मात्र २ रन टाढा रहंदा रोहित पौडेल रन आउट हुन पुगे र नेपालले छैठौ विकेट गुमायो। ८५ बलको सामना गरेका रोहितले ४७ रन बनाए जुनक्रममा १ चौका प्रहार गरे।
रोहितको विकट पछि नेपाललाई अन्तिम २ बलमा जितको लागि २ रन आवस्यक थियो। सोमपालले नेल्सन ओडीयम्बो ओभरको पाँचौ बलमा रन लिन सकेनन् र अन्तिम बलसम्म खेल पुग्यो। अन्तिम बलमा २ रन आवस्यक हुँदा सोमपालले लेग साइडमा हानेको बल केन्या फिल्डरले राम्रोसंग समात्न नसक्दा सोमपालले २ रन लिंदै नेपाललाई जितसम्म पुर्याए।
केन्याको इनिंग
पहिले ब्याटिंग गर्न उत्रिएको केन्याको टोलिले मझ्बुत सुरवात गरेको थियो। पहिलो विकेटका लागि दुई ओपनर ब्याट्सम्यानहरु इर्फान करिम र एलेक्स ओबान्डाले ६५ रनको साझेदारी गरेका थिए।
१६ औं ओभरको अन्तिम बलमा सन्दिप लामिछानेले एलेक्स ओबान्डालाई बोल्ड गरेसंगै केन्याको विकेट पतनको शिलसिला सुरु भएको थियो। ४६ बलमा ५ चौका सहित ओबान्डाले ४१ रन जोडेका थिए। तिन नम्बरमा ब्याटिंग गर्न आएका धीरेन गोन्डारीया पनि धेरै समय टिक्न सकेनन्। उनलाई पनि सन्दिपले ४ रन जोड्दा दिपेन्द्र ऐरीको हातबाट क्याच आउट गराएका थिए।
त्यसपछि भने केन्याले साझेदारी बनाउने प्रयास गरेको थियो। तेस्रो विकेटका लागि इर्फान करिम र कोलिन्स ओब्यूयाले ३२ रन जोडेपनि त्यसलाई ठुलो स्कोरमा परिणत गर्न सकेका थिएनन्। बसन्त रेग्मीले इर्फान करिम (४२)लाई ज्ञानेन्द्र मल्लबाट स्टाम्प आउट गरऊँदा केन्याको स्कोर १०३/३ रहेको थियो।
कोलिन्स ओब्युयालाई साथ् दिन ब्याटिंगमा आएका राकिप पटेल र आरएन पटेललाई लगातार दुई बलमा आउट गर्दै सन्दिपले खेलमा नेपालको पल्ला भारि बनाएका थिए। पटेल दाजु-भाइ पभेलीयन फर्किएको २५ रन पछि केन्याको स्कोर १२९ रनहुँदा कोलिन्स ओब्युया (२७) पनि आउट हुनपुगे। उनि सोमपाल कामीको बलमा क्लिन बोल्ड भएका थिए।
केन्याको पछिल्लो क्रमका दुई ब्याट्सम्यानहरु गुर्दिप सिंह र नेहेमिया ओडीयाम्बोपनि चाडैनै आउट भएका थिए। उनिहरु क्रमश २ रन र ७ रन जोड्दा शरद भेसवाकर र सन्दिप लामिछानेको शिकार भएका थिए।
तर अन्त्यमा शेम नेगोचे र नेल्सन ओडीयाम्बोले केहि ठुला शट प्रहार गर्दै केन्याको स्कोरलाई १७७ रन सम्म पुर्याए। नेल्सनले ५७ बलमा २४ रनको योगदान गर्दा नेगोचेभने १५ बलमा १ चौका र २ छक्का सहित २३ रनमा अविजित रहे।
सन्दिपको स्पिन नबुझ्दा केन्या जवाफबिहिन
नेपालको बलिंगमा नेपाली शेन वार्न सन्दिप लामिछानेले ५ विकेट हात पारे। आफ्नो १० ओभरको स्पेलमा सन्दिपले ५ मेडन सहित २० रन खर्चेर ५ विकेट हात पारे। यो सन्दिपको लिस्ट ए क्रिकेटमा पहिलो पाँच विकेट समेत हो।
योसंगै उनि लिस्ट ए क्रिकेटमा ५ विकेट लिने तेस्रो नेपालि बलर बनेका छन्। यसअघि सोमपाल कामी र करन केसीले यो उचाई हासिंल गरेका थिए। सन्दिपको यो बलिंग फिगर (५/२०) लिस्ट ए क्रिकेटमा नेपालि बलरको सबै भन्दा राम्रो प्रदर्शन समेत हो।
यस्तै नेपालको बलिंगमा सोमपाल कामी, बसन्त रेग्मी र शरद भेसवाकरले समान १-१ विकेट हात पारे।