टिपीएल : रोहित पौडेल र अमर सिंह राउटेलाको प्रदर्शनमा रोयल र किंग्स विजयी

Amar Singh Rautela
  • विकेटनेपाल, मङ्सिर-१ 

तिलोत्तमा क्रिकेट बिकास समिति रुपन्देहीको आयोजनामा शनिबार देखि तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ। लिग अन्तर्गत पहिलो दिन सम्पन्न २ वटा खेलहरुमा रोयल शंकरनगर र मणिग्राम किंग्सले जित हात पारेका छन्।

रोहित पौडेलको प्रदर्शनमा शंकरनगरको जित 

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजीवन क्लवको खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा शंकरनगरले रोयल च्यालेन्जर्स भैरहवालाई ८ विकेटले पराजित गर्यो।

टस हारेर ब्याटिंग गरेको रोयल च्यालेन्जर्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२४ रनको योगफल तयार गरेको थियो। उसको लागि सन्दिप केसी र धिरज शाहीले समान २९ रनको योगदान दिए। बलिङ्गतर्फ शंकरनगरको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका रोहित पौडेलले ४ विकेट ( ४-०-२३-४ ) तथा अर्का राष्ट्रिय क्रिकेटर सुशन भारिले २ तथा नितेश थापाले २ विकेट हात पारे।

जवाफमा १२५ रनको लक्ष्य रोयल शंकरनगरले १२.१ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो। ओपनिङ्ग ब्याटिंग गरेका सुनिल कुमार र सन्दिप सुनारले क्रमश ४३ र ३१ रनको योगदान दिए पछि रोयलको जित सहज बन्यो। दुवै ब्याट्सम्यानले समान ४ चौका र २ छक्का प्रहार गरे। यस्तै बिशाल खत्री अविजित ३६ र रोहित पौडेल ७ रन बनाएर अविजित रहे।

Rohit Paudel
Rohit Paudel

मणिग्रामको जितमा अमरको विस्फोटक इनिंग 

शनिबारनै सम्पन्न दोश्रो खेलमा मणिग्राम किंग्सले नुसी वारियार्सलाई ६ विकेटले पराजित गर्यो।

टस जितेर ब्याटिंग गरेको नुसी वारियर्सले २० ओभरमा मात्र २ विकेट गुमाएर १६२ रन बनाएको थियो। उसको लागि महेश रानाले अविजित ५५ तथा अजय कौशिकले ५३ रन बनाए। यस्तै दिपेन्द्र ऐरिले अविजित ३२ र कुशल भुर्तेलले अविजित ११ रन बनाए।

१६३ रनको लक्ष्य पछ्याउने क्रममा मणिग्राम किंग्सले १९.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

Amar Singh Rautela
Amar Singh Rautela

प्लेयर अफ द म्याच समेत चुनिएका अमर सिंह राउटेलाले विस्फोटक ब्याटिंग गर्दै ६ छक्का र १ चौका मदतले अविजित ४३ रन बनाए। यस्तै सन्दिप रजालीले ३७, इमरानखान ले ३५ तथा राहुल लोहारले २७ रन बनाए। बलिङ्गतर्फ कुशल भुर्तेलले २ विकेट लिए पनि जितको लागि पर्याप्त हुन सकेन।

प्रतियोगिता अन्तर्गत आइतबार पहिलो खेलमा ज्ञानोदय गोल्ड्स र लुम्बिनी कसाई बीच प्रतिस्पर्धा हुनेछ भने दोश्रो खेलमा एसआर एनसीएसए टाइगर्स र बुटवल डाइनामाईट्स प्रतिस्पर्धा गर्नेछन्।


प्रतियोगिताको बिजेताले नगद ३ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले १ लाख ५० हजारसहति ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

नुसी वारियर्स, बुटवल डाइनामाइट, मणिग्राम किंग्स, रोयल च्यालेंजर्स भैरहवा, ज्ञानोदय गोल्ड्स, लुम्बिनी कसाई ग्ल्याडीएटर्स, रोयल शंकरनगर र एसआर एनएससीए टाइगर्स लिगमा सहभागी हुने टोलिहरु हुन्।

सहभागी ८ टिमहरुलाई दुई समुहमा बिभाजन गिरएको छ जसअन्तर्गत समुह ‘ए’ मा रोयल शंकरनगर, रोयल च्यालेंजर्स भैरहवा, ज्ञानोदय गोल्ड्स र लुम्बिनी कसाई ग्ल्याडीएटर्स रहेका छन् भने समुह ‘बि’ मा नुसी वारियार्स, मणिग्राम किंग्स, एसआर एनएससीए टाइगर्स र बुटवल डाइनामाइट रहेका छन्।

दुवै समुहमा एकअर्का बिरुद्ध १/१ खेल खेलेपछि दुवै समुहबाट उत्कृस्ट हुने २/२ टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

सहभागी टिम र खेलाडीहरु

मणिग्राम किंग्स ( मणिग्राम ) – कृष्ण कार्की ( मार्की खेलाडी ) , अमर सिंह राउटेला , लाल बहादुर अधिकारि , कृष्ण पराजुली, विशाल भन्डारी, मोहम्मद हुसेन, सन्दिप रसाइली, इमराम खान, राहुल लोहर, सुबास बिक, ईश्वर गुरुङ, बिधान सुनार, शुशिल खरेल, कृष्ण भुसाल र भुवन गैरे

लुम्बिनी कसाई ग्ल्याडीएटर्स – महेश पति मिश्र ( मार्की खेलाडी ), भिम सार्की , कुशल मल्ल , मान बहादुर थापा, रुपेश कुर्मी, दुर्गेश कुर्मी, राजु सहानी, सागर ढकाल, सुमन पान्डे, पुरन बिक, प्रदिप जैसवाल, नागेश्वर मिर्श, सुनिल धवाल, अमर मिर्श र दिवस सेन्चुरी

रोयल शंकरनगर – सन्दिप सुनार ( मार्की खेलाडी ) , रोहित पौडेल ,शुसान भारी , फैजल खान, विशाल भुसाल, बिष्णु कट्टरिया, विशाल खत्री, सुमित कुमार सार्की, नरेश ठकुरी, नितेश थापा, रबिन क्षेत्री, राहुल चौहान, रुपेश बास्तोला, सुधन श्रेष्ठ, आशिष् गुरुङ

रोयल च्यालेंजर्स भैरहवा – इख्लाख अहमद ( मार्की खेलाडी ) सोनु तामांग, प्रकाश केसी , रमेस कुर्मी, धिरज साही, गणेश गौडेल, सन्दिप केसि, सिजन मकाजु , रोसन लाल गुप्ता, आसुतोश पासवान, मोईनुद्दीन कजु, बिबेक न्यौपाने, अहमद हुसेन, सुसान्त थापा, रोशन चौधरी

बुटवल डाइनामाइट – सौरभ खनाल ( मार्की खेलाडी ) , प्रदिप ऐरि , साहब आलम, अभिसेख गौतम, राहुल शर्मा, म्रिनल गुरुङ, प्रज्वल थापा , जगत क्षेत्री, देब खनाल, हरजित सिङ, अर्बिन सारु, तौसिब आलम, कमल जैसी, बिकास श्रेष्ठ , केसब पौडेल

एसआर एनएससीए टाइगर्स – शंकर राना ( मार्की खेलाडी ) सागर पुन, निस्चल चौधरी, अनिल खरेल, बिक्रम भुसाल, मनिस थापा, तुल बहादुर थापा, सुरज दराइ, दुर्गेश गुप्ता, महेन्द्र सुवेदी, बिबेक शर्मा, आयुस पुर्जा, प्रकाश गिरि, अर्जुन गिरि, दामोदर बस्याल

ज्ञानोदय गोल्ड्स – सन्तोस क्षेत्री ( मार्की खेलाडी ) सुनिल धमला, रोसन क्षेत्री, निर्मल थापा, राहुक बिक, आनन्द कुमार गौड, रमेस ढकाल, देबेन्द्र सोमरे, विशाल सुनार, युवराज सेन, जितेन्द्र सहानी, मनिस पौडेल, केदार बस्नेत, प्रथम पराजुली, गोबिन्द खत्री

नुसी वारियार्स – कुसल भुर्तेल ( मार्की खेलाडी ) , दिपेन्द्र ऐरि, अजय कौसिला, सौरभ भुर्तेल , अर्जुन रायमाझि , सुनिल पौडेल , सरोज पौडेल, यम क्षेत्री, कृष्ण सेन , बिरेन्द्र ज्ञवालि, महेश राना, अंकित कंडेल , निस्चल पोखरेल, सागर सर्मा , अक्तर हुसेन

(समाचार तारा पाठकको सहयोगमा तयार पारिएको हो )





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]