रोहितको अर्धशतक, एपीएफलाई आर्मीको २३६ रनको लक्ष्य

काठमाडौं । रोहित पौडेलको अर्धशतकको मद्दतले विभागीय टोली त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर कप क्रिकेटमा अर्को विभागीय टोली एपीएफ क्लबलाई २३६ रनको लक्ष्य सुम्पेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रन जोडेको हो ।

आर्मीका लागि पौडेलले ५६ रनको अर्धशतकीय इनिङ खेले । उनले ७८ बलमा तीन चौका प्रहार गर्दै ५६ रन बनाए ।

यसअघि आर्मीका लागि पहिलो विकेटको रुपमा ओपनरद्वय सोमपाल कामी र लोकश बमले ६१ रनको साझेदारी गरे । तर, १५ औं ओभरको पाँचौ बलमा सोमपाल बसन्त रेग्मीको बलमा क्याच आउट हुन पुगे । उनी २८ रनमा खेलीरहँदा बसन्तको बलमा आसिफ सेखको हातबाट क्याच आउट हुँदै पेभिलियन फर्किए । सोमपालले ५३ बलको सामना गर्दै समान दुई चौका र छक्काको मद्दतमा २८ रन जोडेका हुन् ।

त्यस्तै दोस्रो विकेटको पुरुमा लोकेशले ३० रनको योगदान गरे । उनले ५१ बलमा ४ चौका प्रहार गर्दै ३० रन जोडेका हुन् । उनी अमर रौटेलाले फालेको २० औं ओभरको अन्तिम सुमित महर्जनको हातबाट क्याच आउट भएका थिए ।

तेस्रो विकेटको रुपमा पेभिलियन फर्किउका भिम सार्कीले आर्मीका लागि १८ रनको योगदान दिए । उनी ३५ बलमा दुई चौका प्रहार गर्दै १८ रनमा खेलिरहँदा रौटेलाको बलमा सन्दीप जोराको हाताबाट क्याच आउट हुन पुगे ।

त्यसपछि मैदान प्रवेश गरेका कप्तान विनोद भण्डारीले आर्मीको पारी सम्हाल्ने प्रयास गरे । उनले ४२ बलमा एक चौका र तीन छक्काको मद्दतमा ४२ रन जोडे । भुवन कार्कीको बलमा बोल्ड आउट हुन पुगेका भण्डारीले रोहित पौडेलसँग चौथो विकेटको रुपमा ७१ रनको साझेदारी गरेका थिए ।

कुशल मल्ल ११, बिक्रम सोब ४, करन केसी २ र सुशन भारी शुन्यमा आउट भए ।

बलिङतर्फ एपीएफका लागि अभिनास बोहराले तीन विकेट लिए । त्यस्तै अमर रौटेला र भुवन कार्कीले दुई-दुई विकेट लिए । बसन्त रेग्मी र कमल ऐरीले एक-एक विकेट लिए ।

 

 

https://wicketnepal.com/k-mayor-cup-cap-sandeep-wn21/





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]